Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

ट्रम्प राष्ट्रपति बन्दा नेपालीलाई के असर गर्छ ?

khagendra-gc
डोनाल्ड ट्रम्प आप्रवासी विरोधीका रुपमा चिनिन्छन् । चुनाव प्रचारका क्रममा उनले जस्ता एजेण्डा अगाडि सारेका छन्, त्यसका आधारमा भन्दा त उनी नेपालीमात्र हैन, सबै आप्रवासीका लागि विपत्ति नै सावित हुनेछन् ।
अरु देशका आप्रवासीजस्तै नेपालीहरु पनि हजारौंको संख्यामा अमेरिकामा अवैधानिक रुपमा कार्यरत छन् । एचवानवी भिषामा काम गर्ने नेपालीहरु पनि छन् । अब ट्रम्पको जीतले उनीहरुलाई सिधा असर गर्न सक्छ ।
अमेरिकामा अहिले एक करोडभन्दा धेरै अवैधानिक आप्रवासीहरु बसोबास गरिरहेका छन् । ट्रम्पले उनीहरुलाई देश निकाला गर्ने वाचा मतदाता माझ गरेका छन् ।
यस्तै, ट्रम्पले विदेशी आप्रवासीहरुले अमेरिकीहरुको रोजगारी खोसिदिएको हुँदा कामदार भिषा (एचवानवी) पनि बन्द गर्ने र विदेशीलाई अमेरिकामा काम गर्न आउन नदिने बताइरहेका छन् ।
उनी राष्ट्रपति बनिसकेपछि एचवानवी भिषामा आप्रवासीहरु अमेरिकामा काम गर्न आउन समस्या हुन सक्छ । कतिपय अमेरिकी कम्पनीहरुले आउटसोर्सिङ गरी चीन वा भारतमा काम दिएकोमा पनि ट्रम्पले विरोध गरेका छन् । अमेरिकी कम्पनीले अमेरिकाभित्रै काम दिनुपर्ने भन्दै आउटसोर्सिङ गर्न नपाउने गरी उनले नीति बनाउन सक्छन् ।
समग्रमा ट्रम्प विदेशीहरुप्रति निकै नै अनुदार छन् । विदेशीलाई अमेरिकाभित्र काम दिने वा आउटसोर्सिङ गर्ने काममा उनको बिरोध छ ।
उनका एजेण्डाहरु त यति धेरै उग्र छन् कि उनी राष्ट्रपति भएर आफुले बोलेअनुसारको काम गर्न खोजे भने विश्वले नै विपत्ति भोग्ने छ ।
अरु देशका आप्रवासीजस्तै नेपालीहरु पनि हजारौंको संख्यामा अमेरिकामा अवैधानिक रुपमा कार्यरत छन् । एचवानवी भिषामा काम गर्ने नेपालीहरु पनि छन् । अब ट्रम्पको जीतले उनीहरुलाई सिधा असर गर्न सक्छ ।
नेपालमै बस्ने नेपालीलाई असर
ट्रम्पको नीति लागू भएमा अमेरिका बस्नेमात्र हैन, नेपालमै बस्ने नेपालीलाई पनि असर गर्ने छ । ट्रम्पले विदेशीलाई विकाश सहयोगका नाममा पैसा दिनु हुँदैन भनिरहेका छन् । उनले त राष्ट्रसंघलाई पनि डोनेसन दिनुहुँदैन भन्दैछन् ।
सम्भवतः अब नेपालले पाउँदै आएको ऋण वा अनुदान सहयोग ट्रम्पका पालामा कम हुन सक्छ । हिलारीले जितेको भए चाहिँ नेपाल र नेपालीलाई फाइदा हुन्थ्यो । उनी नेपाल पनि गइसकेकी थिइन् नेपालसँग उनको सम्बन्ध थियो ।
गरी पुर्‍याउन गाह्रो छ ।
तर, ट्रम्पले बोलेको कुरा गर्न सक्छन् र अमेरिकी नीति एवं कानुन सजिलै परिवर्तन गर्न सक्छन् भन्नेचाहिँ मलाई लाग्दैन । किनकि कानुन बनाउन दुबै सदनको साथ चाहिन्छ । सदनमा डेमोक्र्याटले जिते भने ट्रम्पले चाहेर पनि कानुन बनाउन सक्दैनन् ।
ओबामाका पालामा पनि त्यस्तै भएको थियो, हाउस रिपब्लिकनको बहुमतमा थियो । त्यसैले ओबामाले चाहेका धेरै कानुन पास हुन सकेनन् । दुबै हाउसमा रिपब्लिकनले जिते भने पनि ट्रम्पलाई आफुले चाहेअनुसारको कानुन बनाउन सजिलो हुने छैन । किनभने रिपब्लिकनका धेरै सिनियर लिडरसँग ट्रम्पको सम्बन्ध राम्रो छैन, त्यसले हाउसको मत ट्रम्पकै पक्षमा नहुन सक्छ ।
हिजो रिपब्लिकन राष्ट्रपति हुँदा पनि उनीहरुका अभिब्यक्ति आप्रवासी विरोधी नै थिए । तर, हाउस र राष्ट्रपतिवीचको शक्ति बाँडफाँडका कारण आप्रवासी विरोधी नीति बनी हाल्न सकेको थिएन । रिपब्लिकनका रोनाल्ड रेगन राष्ट्रपति हुँदा त अबैध आप्रवासीलाई आममाफी नै दिइएको थियो, जुनबेला हाउसमा डेमोक्रेटिकहरुको होल्ड थियो ।
सारमा म के भन्छु भने ट्रम्प चुनावी अभियानमा आप्रवासीप्रति जति असहिष्णु देखिन्थे, राष्ट्रपति भइसकेपछि त्यही अडानमा रहन र कानुन पास गराउन सक्दैनन् । यति ठूला निर्णय लिन उनलाई संसदको साथ चाहिन्छ नै । त्यसले अमेरिकी अर्थतन्त्रमा पर्ने असर के हुन्छ, त्यो पनि पक्कै हेरिन्छ । यदि ट्रम्पको पोलिसी लागू भयो भने त अमेरिकी अर्थतन्त्र दुर्घटनामा पर्छ जस्तो लाग्छ ।
हाम्रो रोजीरोटी बिदेशीले खाइदिए भन्दा त्यो अमेरिकी भोटरका लागि पपुलर नारा भयो र अमेरिकी जनता त्यसकै पछि लागे । तर, यो अवस्था परिवर्तन गर्न सक्ने स्थितिमा अमेरिका अहिले नै पुगिसकेको छैन ।
त्यसैले अहिले के विश्वास गरौं भने ट्रम्प विश्वव्यापीकरण, खुला सीमाना र उदार अर्थव्यवस्थाको विरुद्धमा जान सक्दैनन् । आप्रवासीलाई अप्ठेरो पार्ने गरी नीतिहरु त आउन सक्लान् । तर, ट्रम्पलाई त्यति सजिलो भने छैन ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget