Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

हलिउड अभिनेताको पान परागले दिमाग खराब (भिडियोसहित)

लस एञ्जलस, ५ कार्तिक (एजेन्सी) । हलिउडका चर्चित अभिनेता पियर्स ब्रोसनन यतिखेर एक विज्ञापनका कारण चर्चासँगै विवादमा तानिएका छन् । हालै उनले भारतको पान मसालाको विज्ञापन गरेका थिए । उक्त भिडियोलाई लिएर उनी सोसल मिडियामा खुबै छाए । एक अन्तर्राष्ट्रिय स्टारले पान मसालाको एड गरेपछि उनी मजाकको पात्र समेत भए । उनलाई अहिले संसारका आफ्ना फ्यानले उडाइरहेका छन् । उक्त विज्ञापनमा देखिएपछि यी अभिनेताले यतिधेरै आलोचना सहनु परेको छ कि उनले माफी नै माग्नु परेको छ ।
आफ्नो फ्यानबाट आलोचित बनेका पियर्सले अन्ततः आफ्नो गल्तीबारे मुख खोल्न बाध्य भए । उनले माफी माग्दै भने, ‘यो कुरा मलाई थाहा थिएन । म केमा बोलिरहेको छु भन्ने थाहा नहुँदा गल्ती भयो ।’ उनले एक सुर्तीजन्य प्रोडक्टको विज्ञापन गरेको भन्ने थाहा नभएको स्पष्टीकरण दिएका छन् । उनले भने, ‘यस प्रोडक्टबारे मलाई बताइँदा एक मुख सफा गर्ने वस्तु भनियो ।’ उनले यस्तो किसमको विज्ञापन गर्ने आफ्नो सोच र उद्देश्य नभएको पनि बताए । उनका अनुसार आफ्ना पहिलो पत्नी, छोरी र केही साथीहरुलाई क्यान्सर भइसकेकाले सुर्तीजन्य वस्तुको एड गर्ने आफ्नो सोचभन्दा बाहिरको कुरा भएको बताए ।
पियर्स ब्रोसनन जेम्स बोन्ड सीरीज फिल्मबाट चर्चित छन् । उनले हलिउडमा थुप्रै हिट फिल्म दिएका छन् ।



Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget