Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

अरुभन्दा अगाडि गोरखाले सपना देख्नुपर्छः डा. देवकोटा

काठमाडौं । नेपालका वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाले सबैले देख्ने सपनाभन्दा फरक र अरुभन्दा अगाडि गोरखाले सपना देख्नुपर्ने बताए । गोरखा सांस्कृति समाजको औपचारिक उद्घाटन एवं समाजको कल्याणकारी कोष स्थापनार्थ आयोजित शुभदीपावली शुभकामना आदानप्रदान एवं देउसी भैलो कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै देवकोटाले गोरखा सबैभन्दा अगाडि हुनुपर्ने बताए । देवकोटाले आजभन्दा ५६ वर्ष अगाडि मुलुकमा कुनै पनि सांस्कृतिक संस्थाहरु नजन्मिँदै गोरखा नाटक जन्मिएर विभिन्न कार्यक्रमहरु संचालन गरेको इतिहास स्मरण गर्दै गोरखाले अरुभन्दा अगाडि सपना देखेरे अघि बढ्ने गरेको बताए । उपत्यका बाहिर सबैभन्दा पहिला पुस्तकालय खोल्ने पनि गोरखा नै भएको उल्लेख गर्दै गोरखा सांस्कृतिक समाजले देखेको सपना पनि अरुको भन्दा फरक र पहिलो भएको बताए ।
deepsagar-thapa
गोरखा सांस्कृतिक समाज आफ्नो स्थापनाको पहिलो कार्यक्रम स्वरुप उद्घाटन एवं देउसीभैलो कार्यक्रमको आयोजना गरेको थियो । समाजका अध्यक्ष दीपसागर थापाको सभापतित्वमा भएको उक्त कार्यक्रममा गोरखा समाज सेवा केन्द्रका अध्यक्ष महेश गुरुङ, केन्द्रका वरिष्ठ उपाध्यक्ष वेदप्रसाद काप्री, केन्द्रका कोषाध्यक्ष विष्णु पोखरेल, गुरुङ कलाकार संघका अध्यक्ष राजु गुरुङ, महासचिव गणेश गुरुङ, विश्व युवा शान्ति संगठनका अध्यक्ष प्रकाश बाबु थापा, संचारकर्मी शुशील अर्याल, संस्थाका सल्लाहकार डा. नवि अधिकारी, रामजी पन्त, दीपक अर्याल, किशोर थापा, लगायत अतिथिहरुको उपस्थिति रहेको थियो ।
संस्थाका वरिष्ठ उपाध्यक्ष सुमन बैरागीले कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत गर्दै संस्थाको विगत र वर्तमानलाई स्मरण गरेका थिए । सम्पूर्ण नेपाल गोर्खा र सबै नेपाली गोर्खाली भएर चिनिएको अवस्थामा नेपाल राष्ट्र निर्माणदेखि अहिलेसम्म अग्रपंक्तिमा रहेको हुँदा नेपाली मौलिक कला संस्कृतिको संरक्षण एवं सम्बद्र्धनमा गोरखा सांस्कृतिक समाज अगाडि बढ्ने विश्वास व्यक्त गरेका थिए ।
mahesh-gurung
त्यसैगरी संस्थाका सल्लाहकार डा. नवि अधिकारीले आफूले जहाँ जसरी हुन्छ संस्थाको हितको लागि साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यस्तै संचारकर्मी सुशील अर्याल र भीम श्रेष्ठले संस्थालाई प्रगतिको कामना व्यक्त गर्दै आफूले सकेको साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
upendra-devkota
औपचारिक कार्यक्रमलाई समापन गर्दै समाजका अध्यक्ष दीपसागर थापाले सम्पूर्ण गोर्खालीको साथ र समर्थनले संस्थाको जन्म भएको बताउँदै भोलीका दिनमा पनि सहयोगको जरुरी रहेको बताएका थिए । आफ्नो मौलिकता के हो भन्ने बुझ्नु जरुरी रहेको बताउँदै नेपाली कला संस्कृतिको संरक्षणमा अब गोर्खालीहरु अगाडि बढ्नुपर्ने आजको आवश्यकता भएको औंल्याएका थिए । कार्यक्रम संस्थाका महासचिव सुनिल लामिछानेले संचालन गरेका थिए ।
gorkhali-suman-bairagi
औपचारिक कार्यक्रमपछि देउसी भैलोको कार्यक्रम सुरु गरि सांस्कृतिक मनोरञ्जन प्रदान गरिएको थियो । समाजकी उपाध्यक्ष रञ्जिता गुरुङ संयोजक एवं सहकोषाध्यक्ष कोपिला गुरुङ सहसंयोजक रहेको उक्त देउसी भैलो कार्यक्रममा गोर्खाका दर्जनौं कलाकारले प्रस्तुति दिएका थिए । देउसीभैलोसहित भएको सांस्कृतिक कार्यक्रमको उद्घाटनकै दिन समाजले करिब तीन लाखभन्दा माथि कलेक्सन गर्न सफल भएको छ । देउसीभैलोबाट जम्मा भएको रकम समाजले स्रष्टा कल्याणकारी कोषमा राख्ने र भैपरी आएको समयमा कोषले सहयोग गर्ने योजना बोकेको छ ।
समाजको देउसी भैलो कार्यक्रम कार्तिक १३ देखि १६ सम्म निरन्तर चल्नेछ । १४ गते आइतबार बानियाटार, मनमैजु, तार्केश्वर नगरपालिकाभित्र निम्तो दिएका गोर्खालीको घरमा खेल्नेछ भने १५ गते सोमबार वनस्थली राधाकृष्ण मन्दिर वरिपरि खेल्नेछ । त्यस्तै १६ गते पूर्व उपप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठको घरमा खेल्ने तयारी गरेको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget