Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

केयुलाई रोक्न अाइटी पार्क बन्द गरिएको हो भने त्यो दुर्भाग्य हो : डा. पाेखरेल

अाइटी पार्क स्थगनलार्इ लिएर काठमाडाैं विश्वविद्यालय (केयू) र विज्ञान प्रविधि मन्त्रालयबीच दूरी बढेकाे छ । केयूले आफ्नै नजिक बनेपा-पनाैतीमा रहेकाे सूचना प्रविधि पार्क (अाइटी पार्क) गएर काम गर्न ४ वर्षदेखि निरन्तर लबिङ गरिरहेको थियो । तर, केयु र आइटी पार्कका छुट्टाछुट्टै उद्देश्य हुँदा काम गर्न जाने अवस्था थिएन । लामो समयसम्म नचलेको आइटी पार्क चलाउन सार्वजिनिक निजी साझेदारी (पिपिपी) मोडल अपनाई सञ्चालन ल्याउने निर्देशिका बनेसँगै विश्वविद्यालयलाई पार्क जान बाटो खुलेको थियाे । तर, ओली सरकारको नेतृत्व आएपछि योजना आयोग, अर्थ मन्त्रालय र विज्ञान मन्त्रालय केयुलाई पार्कमा ल्याउने सन्दर्भमा सुरुदेखि नै नकारात्मक बन्न थाले । अन्ततः ४ ओटा युनिट मात्र सञ्चालनमा ल्याएर पार्क चल्न नसक्ने र १३७ रोपनी जग्गालाई नै कसरी प्रभावकारी रूपमा प्रयोग गरी सूचना प्रविधि क्षेत्रको हितमा काम गर्न सकिन्छ र अाइटी पार्कलार्इ पूर्णरूपमा चलाउन सकिन्छ भन्ने विषगमा छलफल अावश्यक भएकाे भन्दै मन्त्रालयले स्थगन गरायाे ।। तर स्थगन भएकाे ६ महिना हुन लाग्दा पनि पुन: सञ्चालनकाे कुनै टुंगाे लागेकाे छैन । यसैबीच लिभिगं विथ अाइसिटीले केयूका एशाेसिएट प्राेफेसर डा. मनिष पाेखरेलसँग यस विषयमा कुरा गरेकाे थियाे । प्रस्तुत छ उनीसँग गरिएकाे कुराकानीकाे सार ः
manish
एशाेसिएट प्राेफेसर डा. मनिष पाेखरेल
केयुबाट एक किलोमिटरभन्दा पनि टाढा नरहेको आइटी पार्क सञ्चालन नहुँदा केयुलाई एक प्रकारको पीडा त अवश्य पनि भइरहेको थियो । जनताले केयु आफैमा युनिभर्सिटी अनि यसको हस्पिटल पनि छ, त्यहीँछेउको आइटी पार्कलाई किन नहेरेको भन्ने प्रश्न बारम्बार गर्न थाले । सरकारले नै निर्देशिका बनाई विश्वविद्यालयलाई खुला आह्वान गर्दा हामीले विधिपूर्वक प्रस्तावना पेश गर्‍यौं र अन्तत: सम्झौता पनि भयो । भोलिपल्टदेखि नै हामीले आइटी पार्कमा गतिविधि थाल्यौं । कम्तीमा २५/३० लाख खर्चिसकेका थियौं । तर, अचानक के भयो खै केही समयका लागि काम स्थगित गर्न भन्दै आइटी विभागबाट पत्र आयो । त्यसपछि फेरि सञ्चालनकाे टुंगाे लाग्न सकेकाे छैन ।
हामीले त सम्झौता भएको भोलिपल्टै के के काम गर्ने भनेर कार्यविधि बनाइसकेका थियौं । रिसर्च एण्ड डेभलपमेन्टलाई कसरी बढाउने, सरकारी अधिकारीलाई कसरी तालिम दिने भनेर हामीले कार्यक्रम ल्याइसकेका थियौं । यति मात्रै नभई कोरियाका २ र जापानको एउटा कम्पनीसँग सहकार्य गरिसकेका थियौं । तर, जुन नियतले बन्द गरिएको भनिएको छ, त्यो आइटी क्षेत्रका लागि दुर्भाग्य नै हो । वास्तवमा राजनीतिक नेतृत्व आइटी क्षेत्रलाई जहिलेसम्म पूर्वाग्रही हुन्छ, तबसम्म केयु मात्रै होइन, हार्वर्ड युनिभर्सिटी नै आए पनि केही हुनेवाला छैन ।
काठमाडौं विश्वविद्यालयालई आइटी पार्कको जग्गा र बिल्डिङ चाहिएको नभई दशकौंसम्म नचलेको आइटी पार्कमा एक किलोमिटर नजिकैको केयुले बेवास्ता गरेर बसिरहन नसकेकाले आफूहरू पार्कमा जान इच्छुक भएका हाैं । हामीसँग पर्याप्त जग्गा, पूर्वाधार र मेनपावर छ । यस्ता ४/५ तलाको बिल्डिङ केयुले आफ्नै क्षमतामा बनाउन सक्छ । हामी आइटी पार्कमा जानुको एउटै उद्देश्य भनेको बेवारिसे पार्कलाई सञ्चालनमा ल्याउने र आइटी इन्डष्ट्रीलाई आकर्षण गर्नु थियो ।

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget