काठमाडौं १२ कार्तिक | भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणका क्रममा काठमाडौं उपत्यकामा सवारीसाधन चलाउन रोक लगाइने भएको छ। अत्यावश्यक सेवाका सवारीबाहेक अन्यलाई भ्रमणका क्रममा रोक लगाइने भएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।

१८ वर्षपछि नेपालमा भारतीय राष्ट्रपतिको भ्रमण हुन लागेको छ। यही कात्तिक १७ र १८ गते भारतीय राष्ट्रपतिको भ्रमण हुन लागेको हो।
उपत्यकाको पूर्व, दक्षिण र उत्तर क्षेत्रमा सवारीसाधन चलाउन रोक लगाइने भएको महाशाखाले जनाएको छ।
उक्त दिन सवारी चलाउन नपाइने सम्भावित रुटहरू एयरपोर्ट, गौशाला, चावहिल, बौद्ध, सुकेधारा, धुम्बाराही, नारायणगोपाल चोक, सानेपा, बल्खु, कीर्तिपुर, नयाँ बानेश्वर, माइतीघर, त्रिपुरेश्वर र कालिमाटी क्षेत्र रहेका छन्। यी क्षेत्रमा रोक लगाउँदा राजधानीको सवारी आवागमन लगभग ठप्प हुने छ।
भिभीआईपीको लागि तीन वटै लेनमा कारगेट गुड्ने तथा बीचमा भिआईपीको गाडी रहने भएकाले बाटो खाली गर्नुपरेको महाशाखाले जनाएको छ
Post a Comment