Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

फेसबुकले ल्याएको बिकृती : न रहयाे घर न रहिन श्रीमती



बेलबारी । पछिल्लो समय सामाजिक सञ्जालमा बढेको बिकृति र यसको दुरुपयोगका कारण कतिपयको जीवन नै बर्वाद हुन थालेको छ । सामाजिक सञ्जालमा आफुसँग बिचार नमिल्ने र रिसईबी साध्नका लागी  चरित्रहत्या गर्ने क्रम त झन हवात्तै बढेको छ ।सामाजिक सञ्जालको दुरुपयोगका कारण कतिको घरवार नै उजाडिएको छ भने कतिले त मृत्युको बाटो नै रोज्न पुगेका छन । पुर्बोत्तर मोरङमा मात्र हेर्ने हो भनेपनि सामाजिक सञ्जालका कारण धेरैको घरवार बिग्रिएको छ भने धेरैले सामाजिक रुपमा अपमान सहनुपरेको छ ।
घटना १ –  करिब एक महिना अघि श्रीमान बैदेशिक रोजगारीमा रहेका मोरङको कोसीहरैचाकी एक महिलालाई आफनै नन्दले एकजना युवा सँग चिनजान गराईन । चिनजानपछि सामाजिक सञ्जाल फेसबुकमा जोडिएका उनीहरुका लागी फोन र म्यासेज सामान्य बन्न थाले । पछि फेसबुककै कारण उनीहरुको डेटिङ समेत फिक्स भयो । केही समयको भेटपछि उनीहरुको मित्रता झन गाढा हुन थाल्यो ।पछि पत्ता लाग्यो कि आफुलाई चिनजान गराएको पुरुषसँग उनको पुरानो सम्बन्ध रहेको र उनीसँग आफनै दाजुको घरवार बिगारेर भाउजुलाई घरबाट निकाली ति युवालाई श्रीमान बनाउने र भएको सम्पत्तिमा मोज गर्ने उनको नियत पत्ता लाग्यो जतिबेला उनीहरुलाई इलाका प्रहरी कार्यलय बेलबारीले पक्राउ गरी ल्यायो ।पछि परिवारको सहमतिको सो घटना सामसुम भयो ।
घटना २ –  मोरङको सुन्दरदुलारीका एक युवाले बिदेशबाटै आफनो दिदीको साथीको नाममा फेसबुक आईडी बनाए र अश्लिल तस्विरहरु सार्बजनिक गर्न थाले । ती बिवाहित महिलाले प्रहरीमा उजुरी गरिन । ती युवा दशैको मुखमा घर फर्केका बेला उनलाई प्रहरीले पक्राउ गर्यो र पाता फर्कायो ।प्रहरीको अनुसन्धानले देखायो कि दिदीको साथीलाई मन पराएका युवा उनको बिवाह अरुसँग भएपछि उनको बेइज्जत गर्नका लागी उनले त्यसो गरेका रहेछन । त्यही कारण उनको घर पनि बिग्रियो । अहिले उनी एक छोराका साथ बसेकी छिन ।
घटना ३ – मोरङको बेलबारीका एक प्रतिष्ठित ब्यत्तिले रोजगार दिने बहानामा श्रीमान बैदेशिक रोजगारीमा रहेका एक महिलासँग फेसबुकमै चिनजान पछि सम्बन्ध बिस्तार गरे । पछि सम्बन्धले अन्तिम रुप लिएपछि श्रीमान बैदेशिक रोजगारीबाट फर्किए । आफनो इज्जत र घरबार जोगाउने बहानामा उनले उल्टै ती ब्यत्तिलाई केही रकम दिएर घटना सामसुम पारे । सो घटनाको चर्चा भएपनि प्रहरी सम्म पुगेको छैन ।
घटना ४ –  फेसबुक मार्फत नै चिनजान भएका बेलबारीका एक जोडीले सम्बन्ध बढदै जाँदा झण्डै आत्माहत्या गर्नेसम्मको अबस्था आयो पछि उनीहरुको घटना पनि सामसुम त भयो तर यस्ले पुन अर्को रुप लिने पक्का नै छ । केही महिना अघि मोरङको लेटाङ भोगटेनीमा एक महिलाले बिदेशबाट पठाएको लाखौ रकमसहित आफना फेसबुक प्रमीसँग कुलेलाम ठोकेको घटना समेत सार्बजनिक भएको थियो ।यी त पछिल्ला समय देखिएका प्रतिनिधि घटना मात्र हुन । अधिकांश यो समस्या बैदेशिक रोजगारीका गएका युवाहरुको परिवारमा रहेको छ ।
महंगो मोबाईल,प्रबिधिको बिकास,र पर्याप्त सेवा सुबिधा पाएपछि उनीहरुको परिवारमा यो समस्या बढेको छ । कतिपयको त बैदेशिक रोजगारीबाट घर फर्किदा श्रीमती र कमाएको सम्पत्ति दुबै गुमाउनु परेको अबस्था छ । शुरुका दिनहरुमा यस्ता घटना देखिए सुनिए पनि प्रहरीकहाँ बिरलै आउने गरेका तर पछिल्लो समय सामाजिक सञ्जालमा चरित्रहत्या भयो भनेर उजुरी गर्नेको संस्खा बढेको र कार्तिकमा मात्र ३ वटा उजुरी आईसकेको इलाका प्रहरी कार्यलय बेलबारीका इन्स्पेक्टर मेघराज थापाले जानकारी दिए ।
आफुले यस्ता घटनामा सकेसम्म दुवैपक्षलाई राखेर सम्झाई बुझाई आगामी दिनमा यस्तो नगर्ने सहमतिमा मिलाउने गरेका र घटना थप जटिल रहेका घटनामा आफुभन्दा माथिल्लो निकायमा पठाउने गरेको समेत उनले बताए । केही महिना यता यस्ता घटनामा बृद्धि भएको समेत उनले बताए ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget