Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

भारतसँगको सहमतिले चीनसँग दुरी बढ्दैनः प्रधानमन्त्री प्रचण्ड

Prachanda
२ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यलाई लिएर नेपालमा उठेको प्रश्नको जवाफ दिएका छन् ।
भारतको चारदिने राजकीय भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले आफ्नो भ्रमणले दुई देशको सम्वन्धलाई थप सुदृढ भएको दाबी गरे । उसो त प्रचण्डले नयाँदिल्लीबाटै आफ्नो भ्रमण सफल भएको दाबी गरेका थिए ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले आफू र भारतीय प्रधानमन्त्री मोदीले जारी गरेको २५ बुँदे वक्तव्यले चीनसँगको सम्वन्धमा असर नगर्ने बताए ।
सहमति भएका विषयहरुमा अन्तराष्ट्रिय मञ्चहरुमा एउटै मत बनाएर जाने सहमति भएको भन्दै उनले यो कुनै नयाँ कुरा नभएको बताए ।संयुक्त राष्ट्रसघको स्थायी सदस्यका लागि भारतलाई नेपालले २००४ देखि समर्थन गर्दै आएको उनले बताए ।
यसले चीनसँगको सम्बन्धलाई असर गर्दैन भन्ने प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भने, ‘भारतसँगको सम्वन्धको आफ्नै आयाम छन् र चीनसँगको सम्वन्धका आफ्ना आयामहरु छन् । त्यही आयामहरुको परिचालनले हाम्रो छिमेकीसँगको सन्तिुलित नीतिमा कुनै पनि असर पर्दैन ।’
भारतीय स्वागत राम्रो
प्रधानमन्त्री प्रचण्डले संयुक्त वक्तव्यमा संविधानको विषय परेको भन्दै भइरहेेका आलोचनाको खण्डन गरे । सबैको सहमति जुटाएर कार्यान्वयन गर्ने प्रयास विश्वका सबैलाई थाहा भइसकेको भन्दै उनले यसमा भारतको स्वागत र समर्थन राम्रो भएको बताए ।
उनले अघि भने, यसलाई गलत अर्थ लगाउने गरी जानु अचित छैन । यसले सकारात्मक वातावरण बनाउनेतिर अगाडि बढ्ने कुरा प्रष्ट संकेत गर्छ ।’
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget