काठमाडौं, १९ भदौ । हरितालिका तीजको अवसरमा मुलुकभरका शिवालयमाजस्तै काठमाडौंको पशुपतिनाथको मन्दिरमा पनि हिन्दू नारीहरुको बिहानैदेखि भीड लागिरहेको छ ।
पशुपतिनाथको दर्शनका लागि लामो लाइनमा बसेका तथा दर्शन गरिसकेका युवतीहरुको सेल्फी क्रेज देखिएको छ । सिमसिम परेको पानीको बेवास्ता गर्दै युवती तथा महिलाहरुको फोटोको मोह राम्रैसँग देखिन्थ्यो ।
पशुपतिनाथको दर्शनका लागि चार वटा लाइनको व्यवस्था गरिएको छ भने करिब साढे नौ लाखले दर्शन गर्ने अपेक्षा गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव गोविन्द टन्डनले जानकारी दिए ।













फोटो -: मुकुन्द कालिकोटे / कृष्ण खडका
Post a Comment