Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

भारतीय कलाकार नेपाल आउँदा हर्षबढाईं गर्नेले यो तथ्य किन नबुझेका होलान् !

nepal
शनिबार हास्य कलाकार जितु नेपालले मनको बह पोखे, ‘कपिल शर्मा आएका बेला नेपाली आयोजकबाट म नेपाली कलाकारको अपमान गरियो ।’ कपिल भन्दा पाका कलाकार जितुको दोष नेपालमा जन्मिनुमात्रै देखियो । सायद, भारतमा जन्मेर कलाकारिता गरको भए  नेपालमा उनको सम्मान कपिलको जस्तै हुंने थियो । भारतीय कलाकार आउँदा नेपालमा भगवान नै आएजस्तो गर्ने र नेपाली कलाकारलाई अपमान गर्ने संस्कृति नै बनेको छ ।
नेपाल आजमा जितु नेपालको भिडियो अनुभुति प्रकाशित भएपछि गायिका जुनु रिजालले प्रतिक्रिया लेखिन्, ‘दाइ, भारतीय कलाकार आउँदा हामी नेपाली कलाकार नगएकै ठीक । सधैं अपमान हुन्छ ।’ त्यसो त जितु आफैं पनि भारतीय कलाकार आउँने कार्यक्रममा सहभागी हुंन चाहदैनथे । ‘कपिल भारतमा चर्चित भए रातारात । मपनि हास्यकलाकार भएकाले उनलाई भेट्न मन लाग्यो । मलाई मन पर्ने भएकाले गएको थिएँ । नेपाली आयोजकले मलाई उनकै छेवैमा राखे । तर परिचय नगराइदिएकाले हाम्रो बोलचाल भएन । मलाई मन्चमा राखिसकेपछि जितु नेपाल हास्यकालकार हुन् भनेर चिनाइदिएको भए सायद उनी कुरा गर्थे ।’ घण्टौं मन्चमा राखेर अन्तिममा कसरी पेन्डुलम बनाइयो भन्ने बारेमा जितुले फेहरिस्त सुनाए ।
कपिल शर्मा आउँदा मात्रै होइन, भारतीय कलाकार आउँदा हरेक पटक नेपालीको मन चसक्क हुंने गर्दछ । भारतीय कलाकारको सम्मान गर्ने नाममा नेपालीको मन दुखाइने गरिएको छ ।
सोनाक्षी सिन्हा र मल्लिका अरोरा
केही महिनाअघि सोनाक्षी सिन्हा र मल्लिका अरोरा भुकम्प पीडितको सहयोगार्थ आयोजना गरिएको कार्यक्रम अमरपन्क्षीमा सहभागी हुन लागि नेपाल आए । सैनिक श्रीमति संघले आयोजना गरेको सो कार्यक्रमको स्टेजका लागि मात्रै डेढ करोड खर्च भएको थियो । सोनाक्षीको सुरक्षार्थ र स्वागतमा जर्नेलसहितको टोली खटिएको थियो ।
प्रश्न स्वभाविक छः भारतीय सेनाका जर्नेल नेपालका नायिकालाई लिन विमानस्थल आउँछन् ? सैनिक मञ्चलाई सेनाको छातीका रुपमा अर्थाइन्छ । सेनाको छातीमा भारतीय नायिकाले धुम मच्चाएको अर्थमा सो कार्यक्रमलाई अर्थाइएको थियो ।  भुकम्प पीडितका लागि आयोजित कार्यक्रमको आयोजना गर्न करोडौं खर्चियो । तर, पैसा भने कति उठ्यो एकीन छैन । नेपाली कालाकार धुमुर्स सुन्तलीले नेपालीजनकै सहयोगबाट भुकम्प पीडित क्षेत्रमा एकीकृत बस्ती बसालेको सन्दर्भमा सैनिक मंचको सो कार्यक्रम फिक्का सावित भएको छ । भारतीय कलाकारको महिमागानमा मात्र सिमित भएको सो कार्यक्रमले नेपालीको मनोविज्ञानमाथि प्रहार गरेको छ ।
सत्रुघन सिन्हा
चौधरी ग्रुपद्वारा प्रायोजित एलजी अवार्डमा सहभागी हुन भारतका चर्चित कलाकार सत्रुघन सिन्ंहा काठमाडौँ आएको सन्दर्भ सेलाइसकेको छैन । बजारमा आइसकेको उनको पुस्तक बिमोचनसमेत गरिएको सो कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनको मर्यादा उल्लंघन भएको थियो । उपराष्ट्रपति पुनको लहरै सिन्हा, भारतीय राजदुतलगायतकाले समकक्षी जसरी कितावको बिमोचन गरेका थिए । भारतमा त्यहाँका उपराष्ट्रपतिसँगै उभिएर नेपाली कलाकार र राजदुतले किताब बिमोजन गर्न पाउँछन् ?
नेपालको सुरक्षामाथि भारतीय कलाकारको अविश्वास
एनसेलले आयोजना गर्ने भनिएको स्टेज सोका लागि कपिल काठमाडौं आउने भनिएको थियो । पछि सुरक्षा व्यवस्थालाई कारण देखाउँदै कार्यक्रम रोकियो । कपिल काठमाडौं आए र पाँच तारे होटेलमा पत्रकार सम्मेलन आयोजना गरियो । पाँच बजे पत्रकार सम्मेलन गर्ने भनिएपनि कपिल सात बजेसम्म होटेलमा रेष्ट (जितु नेपालका शब्दमा) गरिरहेका थिए । आयोजक र उपस्थित पत्रकारसमेतलाई अपमानित गर्ने शैलीमा कपिलले समयसँग खेलवाड गरेका थिए ।
अक्षय कुमारको सुटिङ
बेबीको सुटिङका लागि अक्षय कुमार नेपाल आउँदा ठमेलमा ठेलमठेल नेपालीको उपस्थिति देखियो । नेपालीले एक भारतीय कलाकारप्रति देखाएको प्रेमका कारण अक्षय भावुक बनेका थिए । तर, उनको भ्रमणपनि विवादमुक्त हुन सकेन । नेपालको एअरपोर्ट क्षेत्रमा सुटिङ गर्न दिइएको विषयले उनको भ्रमण टिप्पणीयुक्त बन्यो ।
भारतीय सिनेमा र टेलिभिजनको जबरजस्त उपस्थितिका कारण भारतीय कलाकारको लोकप्रियता नेपालमा बढ्दो छ । त्यसैले गाँठवाला कार्यक्रममा भारतीय कलाकारलाई बोलाउनु प्रतिष्ठाको विषय बनेको छ । आयोजकले आफ्नो प्रतिष्ठा बढाउँनका लागि नेपालकै प्रतिष्ठा जोखिममा पार्ने खतरा छ । चौधरी ग्रुपको कार्यक्रममा नेपालका उपराष्ट्रपति र भारतीय राजदुतलाई एकै लहरमा राखेर एकसाथ पुस्तक विमोचन गर्न लगाइनुको अर्थ के ? कपिल शर्माको छेवैमा राखेरपनि जितु नेपालको परिचयसमेत नदिनुको अर्थ के ? अमरपंक्षीमा आएका भारतीय कलाकारलाई राष्ट्राध्यक्ष आएको झैं जर्नेल खटाइनुको सन्देश के ? प्रश्न पेचिलाले उत्तर आफैं दिइरहेका छन् । नेपाल र नेपालीको स्वाभिमानमाथि घुमाउँरो शैलीमा प्रहार भइरहेको स्पष्ट छ ।
पस्तुतिः कञ्चन न्यौपाने
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget