Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

Video : निशाले खोजिन् दीपाका लागि ‘नेपालको छोरो’

काठमाडौं, २४ साउन । अभिनेत्री दीपाश्री निरौला र निशा सुनार असाध्यै मिल्ने साथी हुन् भन्ने धेरैलाई जानकारी भएकै कुरा हो । सधैं आफ्ना लागि तीजको गीत गाउने गायिका सुनारले यसवर्ष भने साथी दीपाश्रीका लागि गाइदिएकी छिन् । विवाह गर्ने नेपाली युवतीको उमेर घर्काइसकेकी दीपाका लागि जुन देश बस्ने भएपनि ‘नेपाल छोरो’ चाहिएको आशयको गति गाएकी हुन् ।


‘फ्रेण्डसिप डे’को अवसरमा आइतबार सार्वजनिक भएको गीत भने पत्रकार डिबी खड्काले लेखेका हुन् । गीत तीजमा युवतीले योग्य वर माग्ने कुरामा रहेपनि देशभक्ति र शन्देशले भरिपूर्ण छ । जातपातमा रहेको विभेदलाई लक्ष्य गरि भनिएको छः
‘बाहुनको होस् कि क्षेत्रीको भन्दिनँ जनजातीको
महादेव टुंगो लगाइदेऊ मेरो जीवनसाथीको’
त्यसैगरी नेपालीहरु विश्वभरि फैलिरहेका छन् । जुन देशमा बस्ने भएपनि नेपालप्रति माया गर्ने कुरालाई सम्बोधन गर्दै गीतमा लेखिएको छः
युकेमा होस् कि अम्रिका, जापानमा होस् जर्मनी
दयालु होस् मायालु होस् बुझ्ने होस् मनको मर्म नि
सौन्दर्य भन्ने कुरा नजरपिच्छे फरक हुने कुरा पनि गीतमा अटाइएको छ ः
अग्लो होस् कि होचो होस्, कालो होस् गोरो होस्
जो भएनि मेरो जीवनसाथी नेपालीको छोरो होस्
विनोद बाजुरालीले संगीत र एरेञ्ज गरेका छन् । शंकर विसीले गीतको म्युजिक भिडियो निर्देशन गरेका छन् भने अभिनय दीपाश्री र निशाको रहेको छ । विन्ध्यवासिनी म्युजिक प्रालिले बजारमा ल्याएको गीत धेरैले रुचाइरहेका छन् ।

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget