
२३ साउन, काठमाडौं । इरानमा सन् २०१० मा पक्राउ परेका परमाणु वैज्ञानिकलाई फाँसी दिइएको छ । उनलाई फाँसी दिइएको उनको परिवारले जानकारी दिएको बीबीसीले जनाएको छ ।
शाहराम अमोरीको आमाले बीबीसीलाई बताएअनुसार उनका छोराको शव अन्तिम संस्कारको लागि परिवारलाई सुम्पिएको छ ।
उनका अनुसार ममोरीको गलामा डोरिको निशान छ । जसले उनलाई फाँसी दिइएको प्रष्ट हुन्छ ।
उनका अनुसार ममोरीको गलामा डोरिको निशान छ । जसले उनलाई फाँसी दिइएको प्रष्ट हुन्छ ।
अमोरीको अन्तिम संस्कार गरिएको छ । उनलाई अमेरिकाबाट फर्किएसँगै हिरासतमा लिइएको थियो । र, गोप्य स्थानमा राखिएको थियो ।
अमेरिकाको सीआईएले आफूलाई जवरजस्ती हिरासतमा लिएको बताउँदै आएका थिए । रिपोर्टहरुका अनुसार अमोरी इरानको परमाणु कार्यक्रमबा बारेमा गोप्य जानकारी राख्दथे ।
१९७७ मा जन्मिएका अमोरी २००९ मा हजमा गएपछि हराएका थिए ।
अमेरिकामा देखिएका उनले अमेरिकाको सीआईएले आफूलाई नियन्त्रणमा लिएको जनाएका थिए । उनले इरानको परमाणु कार्यक्रम बारे जानकारी लिन सीआईएले आफूमाथि गहिरो मनोवैज्ञानिक दवाव दिएको जनाएका थिए ।
सन् २०१० मा तेहरान फर्किएका उनको भव्य स्वागत गरिएको थियो । उता अमेरिकाले भने अमोरी आफ्नो इच्छा अनुसार अमेरिका आएको र महत्वपूर्ण जानकारी दिएको बताएको थियो ।
Post a Comment