Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

एक चिहान : सत्र–एकतिस परिच्छेद

एक चिहान : सत्र–एकतिस परिच्छेद
निबन्ध
नागरिक अधिकार र कर्तव्य
    मानव अधिकारको इतिहास मानव र सभ्यता जतिकै प्राचीन छ । नागरिक अधिकार र कर्तव्य जति प्राचिन व्यापक, समावेशी, गतिशिल र जीवन्त छ, उत्तिकै विवादास्पद, भ्रमपूर्ण र बहुलतायुक्त पनि रही आएको छ । अहिलेसम्म कुनै पनि दार्शनिक, चिन्तक, राजनीतिज्ञ, लेखक, कानुनविद वा नागरिक अधिकारकर्मीले नागरिक अधिकारबारे सबैलाई चित्तबुझ्दो र स्वीकार्य हुने परिभाषा र व्याख्या गर्न सकेका छैनन् । सामान्यतया कुनै व्यक्तिले देशको नागरिकता प्राप्त गरे आफुले नागरिक अधिकार प्राप्त गरेको ठान्दछन् । तर के नागरिक बन्नु र नागरिकता प्रमाणपत्र नै नागरिक अधिकार हो त ? नागरिक अधिकार र प्रजातन्त्रका बीच अन्योन्याश्रित र परिपुरक सम्बन्ध रहेकोले प्रजातान्त्रिक शान पद्धतिको विस्तारसँगसँगै मानव अधिकारका सिद्धान्त, मूल्य मान्यताको तीब्र गतिमा प्चार र सुदृढिकरण भएको देखिन्छ । त्यसैले आज नागरिक अधिकारका मूल्य र सिद्धान्त विश्व राजनीति र घरेलु राजनीतिको प्रमुख केन्द्रविन्दु बनेको छ ।
 
    नागरिक अधिकारको बिचार आज विश्व भरिका लाखौँ करोडौँ मानिसका आशा, आकांक्षा र अदन्य चाहनाको प्रतिक बनेको छ । त्यसमा पनि विशेष गरी अन्याय उत्पीडन, भेदभाव र थिचोमिचोमा परेका निमुखा, गरीब, कमजोर र सीमान्तकृत र बहिस्कृत व्यक्ति, समुदाय र समुहका लागि नागरिक अधिकारको सोच, मुक्ति शान्तिपूर्ण संघर्ष र अचुक आन्दोलनको प्रभावकारी नैतिक हतियार बनेको छ । आज नेपाली समाजको विशेषता भनेको यिनै वर्ग र समुदायका मानिसहरुमा देखापरेका अभुतपूर्व सचेतना र जागरण नै हो । हाल नेपालमा नागरिक अधिकारलाई यि ३ किसिममा प्राथमिकताका साथ दिएको पाइन्छ । जस्तै ः 
१. सबै नागरिक आत्मसम्मानपूर्वक बाँच्न पाउने अधिकार
२. सबै किसिमकायातना, दुव्र्यवहार, भय, त्रास, आतंक, भोक, रोग र दासत्व मुक्तिको अधिकार 
३. सबै किसिमका स्वतन्त्रता उपभोग गर्ने अधिकार तथा शान्तिपूर्वक विरोध र विद्रोह गर्न पाउने अधिकार
    यि अधिकार लिन आज नेपाली नागरिकले मुलुकमा राजनीतिक दलहरुको आडमा नेपाल बन्द, तोडफोड, चक्का जाम, तथा विविध कार्य गर्दै आएका छन् । यस्ता अनैतिक कार्यले आफ्नो अधिकार प्राप्तिमा अर्काको अधिकार खोसिएको छ । नागरिक अधिकार प्राप्तिमा आफ्नो कर्तव्य बिर्सनु उचित हुँदैन । के हामीले आफ्नो अधिकार लिँदा अर्काको अधिकार त खोसिरहेका छैनौँ । त्यसैले नागरिक अधिकारसँगै कर्तव्यको पनि ख्याल राख्नु पर्छ । पारस्परिक छलफलद्धारा कुनै पनि समस्याको समाधान निकाल्ने संस्कृतिको निर्माणमा लाग्नुपर्छ । आफ्नो नागरिक अधिकार सुरक्षित गर्न यस्ता अनैतिक क्रियाकलाप गर्नु उचित छैन । हामी हाम्रो कर्तव्य बिर्षनु हुँदैन । 
    नागरिक अधिकार आफ्नो सुविधा हो । यो सुविधा खोजी गर्दा अरुको सुविधामाथि हस्तक्षेप नगरौँ । नागरिक अधिकारको खोजी सही पद्धतिबाट हुनुपर्छ । हामी सबै एकजुट भएर बाचौँ । एक अर्कालाई अधिकार दिन र लिन सिकौँ । आफ्नो देश समाज घर प्रतिको कर्तव्य बुझेर त्यसको सही तरिकाले पालना गरौँ । 
                “नेपालको आर्थिक विकासमा पर्यटन उद्योगको भूमिका”
    शिरताजको रुपमा हिमरत्नले सजिएको राष्ट्र नेपाल, आफ्नो अनुपम प्राकृतिक तथा सांस्कृतिक सम्पदाका कारण पर्यटन उद्योगका लागि सशक्त भूमि बन्न सक्ने देखिन्छ । प्रचारप्रसारबिना यस उद्योगको भविष्य अँध्यारोतिर धकेलिन सक्ने यथार्थलाई पनि नकार्न सकिन्न । पर्यटन प्रबद्र्धनका लागि देशका ऐतिहाँसिक, भौगोलिक, सांस्कृतिक एवम् विभिन्न नेपाली कला कौशल झल्काउने खालका स्तरीय पोष्टर एवम् पत्र पत्रिका विश्वभर फैलाउनु पर्दछ । यसका साथै पर्यटक स्वयम् पनि प्रचार प्रसारको सबल माध्यम बन्न सक्ने यथार्थको आधारमा उनीहरुको सन्तुष्टि नै पर्यटन उद्योगको सफल सम्भावनाका लागि प्रथम भरोसा मान्न सकिन्छ । यसका लागि सेवा भावनाले प्ररित हुँदै होटेलको शुल्क भन्दा सुविधालाई ध्यानमा राखेर गुणात्मक कार्य सञ्चालन गर्नु बाञ्छनीय देखिन्छ । त्यसै गरी निजी क्षेत्रमा सञ्चालित नेपालका ट्राभल एजेन्सी र ट्रेकिङ्ग व्यवसायीहरुले पनि स्वस्थ प्रतिस्पर्धाका साथ आफ्नो उद्यमशीलता बढाउनु पर्ने देखिन्छ । 
    पर्यटन विकासमा यातायातको भूमिका पनि निकै महत्वपूर्ण मानिन्छ । नेपाल भूपरिवेष्टित मुलुक भएकाले यो देश जल यातायातको सुविधाबाट बञ्चित छ । यही तथ्यलाई हृदयङ्गम गरी हामीले पर्यटन प्रवद्र्धनका लागि वर्तमान मानव जीवनको महत्वपूर्ण आधार यातायातको प्रबन्ध सुव्यवस्थित र सङ्गठित रुपबाट गर्नु अनिवार्य हुन्छ । यिनै कुरालाई साकार रुप दिन नेपालले पनि पर्यटन वर्षको आयोजना गरेको छ । आन्तरिक तथा बाह्य पर्यटनका माध्यमबाट देशको आर्थिक उन्नतीमा टेवा पु¥याउने काम गर्न सके नेपालको आर्थिक विकाशमा पर्यटन उद्योग सार्थक हुन सक्न देखिन्छ । कुनै पनि देशको पर्यटन क्षेत्रको विकासका लागि त्यहाँ रहेका सांस्कृतिक एवम् प्राकृतिक सम्पदाहरुको भूमिका महत्वपूर्ण हुन्छ । प्राकृतिक मनोरमताले भरिपूर्ण सुन्दर दृश्य तथा सांस्कृतिक विविधतायुक्त जीवनशैली र सामाजिक चाल चलन भनेका पर्यटकहरुको मन जित्ने सम्पदाहरु हुन् । नेपालको सन्दर्भमा हेर्ने हो भने पनि सन् १९५० को दशकमा सुरु भएको पर्यटन क्षेत्रको गतिविधि १९६० को दशकसम्म केबल हिमाल आरोहण एवम् हिमाली क्षेत्रको पदयात्रा गर्ने जस्ता प्राकृतिक सम्पदाहरुमा मात्र आधारित सहासिक पर्यटनमा सीमित देखिन्छ । यद्यपि यातायातको सुविधा तथा सञ्चारको क्षेत्रमा आएको परिवर्तनले १९७० को दशकबाट सुरु भएको समुहगत पर्यटन उद्योगले काठमाडौँ उपत्यकाको सांस्कृतिक सम्पदा तथा अन्नपूर्ण र खुम्बु क्षेत्रका ग्रामीण सांस्कृतिक जीवनशैली एवम् परम्पराहरु समेत पर्यटकहरुका निम्ति रुचिपूर्ण विषयका रुपमा रहँदै आएका छन् । 
    नेपाल विश्वको एक सुन्दर प्राकृतिक भूवनोट भएको स्थल हो । नेपालको आर्थिक विकाशमा पर्यटक उद्योगको ठूलो भूमिका रहन्छ । नेपाल एउटा स्वर्ग जस्तो देश छ । यहाँ कुनै मानिस लोभिन्छ । यस्तो प्राकृतिक मनोरम देशमा पर्यटन उद्योग अझ बढी विकास गर्न सके देशको आर्थिक विकासमा यसले निकै ठूलो टेवा पुराउनेछ । 
“नेपालको आर्थिक विकासमा जल सम्पदाहरुको स्थान”
    जलसम्पदा नेपालको लागि अति महत्वपूर्ण प्राकृतिक साधन हो । जलसम्पदाको सभ्यताका दृष्टिले विश्वमा ब्राजिलपछिको दोस्रो स्थान नेपालमा रहेको छ । नेपालमा जलसम्पदाका मुख्य स्रोत साना–ठूला नदीहरु हुन्, जुन ६ हजारभन्दा बढी संख्यामा छन् । यी नदीलाई आवश्यक पर्ने पानी निरन्तर रुपमा बहने हिमनदी, हिउँ पग्लेर हिमालबाट आउने पानी र वर्षाबाट उपलब्ध हुन्छ । देशमा रहेका नदीहरुको कुल लम्बाइ ४५,००० किलोमिटर छ । जसको औसत नदीको बनत्य ०.३ वर्गकिलोमिटर हुने गर्दछ यी नदीमध्ये महत्वपूर्ण नदीहरुमा कन्काई, कनला, बागमती, तिनाउ, राप्ती, बबई आदि हुन् । यी सबै नदीको सतह पानी २,००,००० मिलियन क्युबिक मिटर छ । अर्थात् नेपालको सम्पूर्ण सतही क्षेत्र १,४७,४८४ वर्ग किलोमिटर १।३० मिटरसम्मको गहिराइमा पानी देखिन्छ । यी नदीहरुले गंगालाई दीर्घकालीन औसतमा ४५ प्रतिशत र सुख्खा महिनामा ७० प्रतिशत पानीको आपूर्ति गर्ने गर्छन् । 
    पहाडी उचाइबाट अनवरत रुपमा बग्ने र हिमालयबाट उद्गम हुने भएकाले नेपाली नदीको बेग तीब्र छ । यसले नेपाललाई जलसम्पदामा विश्वको एक धनी देश बनाएको छ । नेपालको आर्थिक विकासमा जलसम्पदाको स्थान उच्च छ । नेपालका यी अविरल नदीहरुबाट ८३,०००÷– सम्म विद्यात उत्पादन गर्न सकिने अनुमान लगाइन्छ । यसले नेपालको आर्थिक अवस्थालई निकै उचाइमा पु¥याउने छ । साथै नेपालका युवाहरुको सोदेशमै मुख्य रोजगारीको अवसरका रुपमा पनि लिन सकिन्छ । यति मात्र नभएर नेपालका यस्ता जलसम्पदाको विकास गरी पर्यटन उद्योग, कृषि, विद्युत, तथा वाणिज्यको विकासमा सघाउ पु¥याउँदछ । जलसम्पदा आधुनिक अर्थव्यवस्थाको विभिन्न क्षेत्रमा उपयोगी हुन्छ । तर पनि जलसम्पदाको प्रत्यक्ष रुपमा विद्याुत उत्पादन, सिचाइ, जल यातायात, स्वच्छ पिउने पानीको वितरण गरी यसबाट पनि प्रसस्त आर्थिक लाभ लिन सकिन्छ । 
    नेपालमा रहेका अनगिन्ती ठूला–ठूला नदीहरुदेखि साना साना खोला नालासम्म, ठूला ठूला तालहरुदेखि स–साना कुण्डसम्म स–साना हिउँ पर्ने पहाडहरुदेखि विश्वकै अग्लो हिमाल सगरमाथासम्म साथै अनगिन्ती रहेका नेपालका जलसम्पदा तर्फ समयमै सबैको ध्यान पु¥याई यसबाट आर्थिक विकासमा सम्बन्धित सबैलाई प्रोत्साहित गर्दै गयौँ भने हामीले चाहेको देशको आर्थिक विकास गर्दै नेपाललाई पनि कालान्तरमा धनी राष्ट्रहरुमा समावेश गराउन जल सम्पदाको स्थान एक नम्बरमा देखिन्छ । त्यसैले हामी सम्बद्ध सबै यसतर्फ ध्यानाकर्षण हुन जरुरी छ । 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget