Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

हारजित

हारजित
‘हारजित’ कथा नोहराम गुप्ता (भवानी भुक्षु) ले लेखेका हुन् । यिनको जन्म वि.सं. १९६६ साल जेठ २१ गते पश्चिम तराईको कपिलबस्तु जिल्लाको तौलिहवा गाउँमा भएको थियो । यिनले हिन्दिीमा कुलभूषण र नेपालीमा स्वास्थ्ययन गरेका छन् । यिनलाई शिष्ट र मर्यादित योनवादी कथाकार भनिन्छ । हारजित यिनको उत्कृष्ट मनोवैज्ञानिक कथा हो । यस कथामा अलगुवाली बुहारी मनोहर महतोका घरमा आश्रय लिन गएको र त्यसले सृजना गरेको समस्यालाई रोचक र आकर्षक ढंगबाट प्रस्तुत गरिएको छ । 

मनोहर :  
यस हारजित कथाका दुई चरित्र पात्र मध्ये मनोहर महतो एक सम्पन्न पात्र हुन् । उनी गाउँका आश्रयदाताका रुपमा चित्रित छन् । दुःख कष्ट पर्दा गाउँलेहरु उनकैबाट सरसापट चलाउँछन् । यस कथामा उनी घुरहु महतोका प्रतिद्धन्द्ध पात्र हुन् । 
घुरहु :
यस हारजित कथाका दुई पात्र मध्ये घुरहु महतो एक प्रमुख पात्र हुन् । उनी समाजका आत्माका रुपमा चित्रित छन् । गाउँमा अन्याय भयो भने अन्याय स्थापनार्थ यिनलाई गुहारिन्छ । उनी यस हारजित कथामा मनोहर महतोको प्रतिद्धन्द्ध पात्रका रुपमा छन् । 
सोनवा :
सोनवा यस हारजित कथाको प्रमुख पात्र हो । ऊ अलगुवाकी बुहारी हो । ऊ लक्ष्मीजस्ती घरायसी कामधन्दा, घरगृहस्थीमा परिआउने यावत् काम मर्दले झैँ गर्दथिई । सोनवा खपिनसक्नु भएर घर छाडेर मनोहरकहाँ गएर बसेकोले यसबाट उत्पन्न द्धन्द्धलाई आधार बनाएर कथाको चित्रण गरिएको छ । 
    यस कथामा गोटीहवा गाउँको रहनसहन, रीतिरिवाज र भाषाशैलीको प्रयोग गरिएको छ । यस कथाका दुई चरित्र मनोहर महतो र घुरहु हुन् । उनीहरु एक आपसका प्रतिद्धन्द्ध हुन् । मनोहर महतो गाउँका आश्रयदाताका रुपमा चिनिन्छन् । दुःख कष्ट पर्दा गाउँलेहरु उनकैबाट सरसापट चलाउँछन् । अर्कातिर घुरहु महतो समाजका आत्माका रुपमा चिरपरिचित देखिन्छन् । गाउँमा अन्याय प¥यो भने न्याय स्थापना गर्न यिनलाई गुहारिन्छ । यि दुवै व्यक्तिको हारजितको टक्कर यस कथामा चरमोत्कर्षणमा पुगेको छ । सुनवाइका काण्डमा घुरहुको केही चल्ने होइन भन्ने अड्कलबाजी गाउँलेले गर्न लागेका छन् । मनोहरलाई षड्यन्त्र गरेर होरहा खान बोलाई गाउँका गण्यमान्य मानिस भेला भएर सोनवा काण्ड मिलाउने योजना भयो । उक्त भेलामा घुरहुले आफ्नी छोरी रतियालाई सोनवाका सट्टामा मजदुरी राखेर अलगुवालाई बुहारी फिर्ता पठाउने काममा घुरहुको जीत भएको छ । तर रतियालाई विदाई गरेर ससुराको जिम्म लगाउँदा मनोहर महताले जुन उदारता देखाउँछन् त्यस घटनाले घुरहुको मानसिकतामा गम्भीर असर परेको देखिन्छ । 
    यस कथामा हारजित दुवैको भएको देखिन्छ । कसैले नहारेको र कसैले नजितेकोले यस कथाको नाम हारजित रहन गएको हो । 
प्रतिवेदन
श्रीमान् सभापतिज्यू,
त्रिचन्द्र क्याम्पस,
घण्टाघर, काठमाडौँ । 
विषय : प्रतिवेदनबारे । 
    आज २०७१ फाल्गुण २५ गते त्रिचन्द्र क्याम्पस घण्टाघर काठमाडौँमा सम्पन्न भएको यस क्याम्पसको वार्षिक महोत्व कार्यमा यस क्याम्पसका सम्पूर्ण शिक्षक विद्यार्थी तथा विभिन्न भागबाट आएका अतिथि एवम् सहभागीहरुलाई निम्ता गरिएको थियो । 
    कार्यक्रमलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका निम्ति त्यहाँ मूल समिति सक्रिय रहेको थियो यस गोष्ठी समारोहमा क्याम्पसको परिचय, पुरस्कार वितरण, विभिन्न सांस्कृतिक कार्यक्रम तथा सम्मान कार्यक्रम पनि गरिएको थियो । नेपालमा उच्च शिक्षाको थालनी र विकासमा अगुवाई गर्दै आएको त्रिचन्द्रबाटै नेपाली भाषा तथा साहित्यको यस क्याम्पसका प्रमुखका प्रा.डा. हरिप्रसाद पराजुलीले बताउनुभयो । नेपालको पहिलो कलेज भएको नाताले यहाँबाट शिक्षा आर्जन गरी जाने विद्यार्थीहरु र यहाँ अध्यापन पेशामा लाग्ने प्राध्यापकहरुको यो देशको चौतर्फी विकासमा महत्वपूर्ण योगदान रहेको तापनि हिजोको त्यो स्थिति र आजको स्थितिमा भने फरक भएको, हिजो यहाँ अध्ययन गर्ने विद्यार्थीहरु र अध्यापन गर्ने प्रिन्सिपल, विद्यार्थी र प्राध्यापक राजनीतिक सिद्धान्तमुखी, राजनीतिक दलमुखी बढी भएको छन् । यसले क्याम्पसमा नकारात्मक पभ्रभाव पारेको निष्कर्ष उक्त गोष्ठीले निकालेको थियो । 
    क्याम्पसलाई राजनीतिक सिद्धान्तमुखी, दलमुखी बनाउन दिनु नहुने । शिक्षा जस्तो संवेदनशील कुरामा राजनीतिक सिद्धान्तको समस्याबारे समयमै सबै सचेत हुनुपर्ने तथा विद्यार्थीहरु, अध्यापन गर्ने प्रिन्सिपल र प्राध्यापकहरु शिक्षामुखी हुने बारे गहन छलफल गरी अन्त्यमा सभापतिको सारगर्मिक मन्तव्य सहित गोष्ठी विसर्जन भएको थियो । 
प्रतिवेदन
सिता थापा
भ्रमण प्रतिवेदन 
श्रीमान् क्याम्पस प्रमुखज्यू,
पद्मोदय उच्च मा.वि. दाङ,
घोराही ।
विषय : भ्रमण प्रतिवेदन । 
यस संयुक्त उच्च मा.वि.मा प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा नेपालको ऐतिहासिक पुरातात्वीक महत्वको स्थल गोरखा दरबार ३० जना विद्यार्थीहरु २०६९ साल २० गते प्रस्थान ग¥यौँ । हाम्रो बस त्यहाँबाट विहान ८ बजे निस्केको हामी धानखोला गएर खाजा खायौँ । त्यसपछि तराइको फाँटहुँदै हामी बुटबलमा खाना खाएर हामी मस्र्याङ्दी हाइड्रो प्रोजेक्टलाई चिहाउँदै साँझ आँबु खैरेनी र मजुवा खैरेनी हुँदै दरौंदीको किनार किनारै गोरखाको उकालो चढ्दै राती गोरखा बजार गयौँ । गोरखाको रमणीय बजारमा सुस्ताएर थफाइ मारेपछि भोलीपल्ट गोरखकालीको र गोरखनाथको पुजा गरी गोरखाको ऐतिहासिक धरोहर बनेको गोरखा दरबारको अवलोकन गरी राम शाहको न्यायको चौतारीमा बसेर चारैतिरको विहङ्गावलोकन गरी हामीले गोरखकालीको स्वादिष्ट परिकार खाँदै र रमाइलो गर्दै हामी त्यहीँ बास बस्यौँ । भोलीपल्ट त्यहाँको रमझम र प्राकृतिक दृश्यको मनोरम छटाको आस्वादन गरी भोलीपल्ट पुन हामी दाङ फर्किर्याैँ । गोरखा दरबारको ऐतिहासिक महत्वको अवलोकन अनि साथीहरुको सोहार्दता एवम् गोर्खालीको मित्रवत् व्यहार हाम्रा लागि अनुपन उपलब्धी सावित भएको थियो । 
प्रतिवेदन
रमेश ओली

बस दुर्घटनाको प्रतिवेदन 
श्री डाइरेक्टरज्यू,
नेपाल यातायात व्यवसाय समिति
दाङ, घोराही ।
विषय : बस दुर्घटनाको प्रतिवेदन । 
    २०७१ वैसाख २२ गते विहान ३ बजे काठमाडौँबाट घोराही आउँदै गरेको रा. ४ प २८५५ नं. को बस धानखोलामा खस्दा १२ जनाको मृत्यु हुन जानुको साथै २० जनाको म्भिर अवस्थामा उपचार भइरहेको त्यहाँ उद्धारमा खटिएको नेपाल प्रहरी उपरिक्षक दिवस कार्कीले बताउनु भयो । गाडी दुर्घटनाको बारेमा छानविन गर्दा ड्राइभरले लापरवाई गदाृ १२ जनाको मृत्यु हुन गयो भने अरु गम्भिर अवस्थामा मृत्युसँग लडिरहेका छन् । यस्ता घटनाहरु हुन नदिन सम्बन्धित निकायको चास्रो जानु आवश्यक देखिन्छ । यस्ता घटनाहरुलाई सामान्य रुपले लिँदा विगतमा पनि धेरै यस्ता लापरबाहीका कारण घटीरहेको देखिन्छ । त्यसैले ठाउँठाउँमा चेक जाँच गरी चालकलाई बेलैमा सतर्क बनाए यस्ता घटना दोहोरिन कम हुने थियो । 
प्रतिवेदक
सक्षम कार्की 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget