Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

फाष्ट ट्रयाक भारतलाई सुम्पन हतार गर्ने प्रचण्ड खबरदार !



काठमाडौ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विष्णु रिमालले दक्षिण सँग सिधै जोड्ने फाष्ट ट्रयाक चढाउन प्रधानमन्त्री पुष्पकमल दाहालले भदौ भित्रै भारतको भ्रमण गर्न चाहिरहेको भन्दै यसबारे खबरदारी गरेका छन् । जिफन्ट बागमती अञ्चल कमिटीद्धारा आयोजित युवा प्रशिक्षण कार्यक्रममा पूर्व 

प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका रिमालले स्वदेशी पुँजी, प्रबिधि र शिपको प्रयोग गर्दै निर्माण गर्ने भनिएको आयोजना भारतलाई सुम्पन वर्तमान सरकारले हतार गरिरहेको आरोप लगाए । राष्ट्रको हित विपरित बिदेशीसँग गरिने सबै सम्झौतालाई डटेर प्रतिबाद गरिने उनको भनाई थियो । उनले भने,ʽ पूर्व सरकारले बजेटमार्फत र सर्वोच्च अदालतको निर्देशन बमोजिम दक्षिणसित जोड्ने नेपालको बाटो फाष्ट ट्रयाक (निजगढ– काठमाडौ) हामी आफैं बनाउँछौं भन्यौं । त्यसमा लाग्ने पैसा, प्रबिधि, श्रमिक, प्राबिधिक, इन्जिनियर हामी आफैं खोज्छौं । राष्ट्रले ऋण लिएर बनाउने भनेको थियो । यसले जनशक्तिको विकास र बेरोजगारी अन्त्य गर्न सकिन्छ भन्ने थियो ।ʼ रिमालले भने ।

अहिले सबैभन्दा ठूलो दल कांग्रेस सभापति शेरबहादुर देउवाले नै यो धेरै गाह्रो र नेपालीले बनाउन नसक्ने भन्न थाल्नुभएको भन्दै रिमालले भने, प्रचण्ड भदौ भित्र भारत जान हतारिनुले आशंका जन्मिएको छ ।ʼ

भारतसँग कुनै पनि नयाँ सम्झौता हुनु पूर्व २२/२५ वर्ष अगाडिको भएको पञ्चेश्वरको डिपिआरभन्दा अगाडि बढ्न नसक्नु, १९ वर्ष अगाडि भएको हुलाकी राजमार्ग सम्झौता ६ सय मिटर भन्दा बढि बन्न नसक्नुबारे प्रश्न राख्न उनले आग्रह गरे । कार्यान्वयन नजाने कुनै पनि सम्झौता नेपाललाई मान्य नहुने उनको भनाई थियो । पूर्व सम्झौता कार्यान्वयनमा गएपछि मात्र नयाँ सम्झौता गर्नसकिने उनको भनाई थियो ।

जिफन्टका महासचिव विष्णु लम्सालले युवा श्रमिकको ज्ञान, शिप र क्षमता विकास गरि न्यायिक ढंगले श्रम क्षेत्रलाई अगाडि बढाईनुपर्ने भनाई राखे । उनले यूवा बिदेशिने क्रमलाई रोक्न र स्वदेशमै रोजगारी सिर्जना गर्ने विषयमा आफुहरुले विशेष ध्यान केन्द्रित गरेको बताएका थिए ।

कार्यक्रममा महासंघका सचिव रमेश बडालले प्रस्तावित श्रम ऐनले सबै क्षेत्रका श्रमिकलाई गणना गर्ने भन्दै प्रस्तावित ऐन श्रमिकको हितमा हुने धारणा राखे ।

कार्यक्रममा अञ्चल अध्यक्ष रामहरि नेपालले जोसको बेला होश नगुमाई युवा श्रमिकहरु न्यायसंगत ढंगले देश विकास, आर्थिक विकासमा केन्द्रित हुनुपर्ने बताए । कार्यक्रममा विभिन्न क्षेत्रका युवा श्रमिकलाई सम्मान गरिएको थियो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget