Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

ख्वापा नाटकघरमा गाईजात्रा




काठमाण्डौको जोरपाटी नयाँवस्तीमा रहेको ख्वापा नाट्यशाला (मास्क थिएटर)मा नाटक“टुम छ्याई” मञ्चन भइरहेको छ । “टुम छ्याई” को अर्थ हुन्छ, नेवारी बाजाको एक किसिमको बोल । जुन बोल चाहीँ मान्छे मरे पछि घाटमा लैजादा बजाइने गरिन्छ ।

देशमा बाह्रैमास गाइजात्रा भई रहेको छ । यसै अवसर पारेर यस नाटकलाई मञ्चन गरिएको कलाकार भोला अधिकारीले बताए । उत्त नाटकले विकृति विसंगतीलाई हास्यव्यंग्य मार्फत प्रस्तुत गरेको छ । ख्वापा नाट्यशालाले विभिन्न सामाजिक ,ऐतिहासिक कथालाई प्राथमिकता साथ नाटक मार्फत मञ्चन गर्दै आईरहेको छ । यस पटक ख्पापा नाट्रयशालाले नेवारी परिवेशलाई नाटकमा उतारेको छ । 

नाटकमा दुई परिवार हुन्छ । एउटा फर्सी र अर्को तिनपातेको । तिनपाने सधैँ फर्सीको स्वास्नी गुद्रुकलाई पानी खाने निउमा भेट्न आईरहन्छ । आफ्नो स्वास्नीलाई आाखा लगाउने तँ भन्दै फर्सी । तिनपानेको झगडा पर्छ । निकै कुरालाई हाँस्यव्यंग्य मार्फत टुम छ्याई ले साउन २९ गते शनिवार देखी हँसाईरहेका छ । नाटकलाई दर्शकले निकै मन पराएकालेनाटक भदौ ११ गतेसम्म चल्ने कलाकार प्रदिप नेपालले बताए ।

नाटकमा प्रदिप नेपालका अलावा अर्जुन बोहोरा, दिपुमाया तामाङ, सुरेन्द्रदेव कटुवाल,सुमित्रा मगर,उमा तामाङ,रामकृष्ण श्रेष्ठ,रवि कार्की,सुशान्त तामाङ,सम्झना मगर,भोला अधिकारी लगायतले अभिनय गरेका छन् ।

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget