Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

पोकेमन गो : जसको पछाडी दैनिक करोडौं दौडिन्छन्

काठमाडौं, साउन । ‘मोबाइल गेम’ को दुनियामा ‘पोकेमन गो’ ले छोटो समयमा निकै लोकप्रियता हासिल गरेको छ । विश्वका विभिन्न मुलुकमा यो गेमप्रति युवा–युवतीको क्रेज देखिएको छ ।
सोशन नेटवर्किङ साइटमा पनि यसको प्रभाव देखिएको छ । ट्वीटरमा ‘पोकेमन गो’ ह्यास ट्यागमा करिब नौ करोड ट्वीट भइसकेको छ । त्यस्तै फेशबुकमा पनि यसले महत्व पाउन थालेको छ ।
यति लोकप्रिय भइसक्दा पनि यो गेम कसले बनायो भन्नेबारेमा विश्व नै भ्रममा थियो । सुरुमा यो गेम जापानको निन्टेन्डो कम्पनीले बनाएको अनुमान गरिएको थियो ।
अन्तर्राष्ट्रिय जगतमा उक्त गेम निन्टेन्डोले ल्याएको चर्चा चलेपछि सो कम्पनीको शेयरमूल्यमा समेत निकै ठूलो बृद्धि भएको थियो । एक साता मै करिब दोब्बर सेयरमूल्य भएपछि सो कम्पनीले रहस्य खोल्दै भन्यो– हामीले यो गेम बनाएको होइन ।
निन्टेन्डोका अनुसार यो गेम ‘नियान्टिक’ नामक कम्पनीले बनाएको हो ।
कम्पनीको सो स्पष्टोक्तिसँगै उसको शेयर मूल्यमा पनि गिरावट सुरु भएको छ । जसरी शेयरमूल्य बढेको थियो, त्यसको तुलनामा अझ रफ्तारका साथ शेयर मूल्य घट्न थालेको बताइएको छ ।
यो गेम जापानमा केही दिनअघिमात्र लञ्च भएको हो । यसअघि अमेरिका लगायत विभिन्न मुलुकमा यो गेम लञ्च भइसकेको छ ।
मोबाइलबाट खेल्न सकिने यो गेममा मोबाइल क्यामेरा प्रयोग गरिन्छ । फोनको क्यामेरा एक ठाउँमा प्वाइन्ट गरेपछि तपाईको आसपास कहीँ पनि पोकेमन देखिन सक्छ । खेलमा त्यो पोकेमनलाई समात्नु पर्दछ ।
भर्चुअल दुनियाँमा अलग–अलग रुपमा रहेका पोकेमन समात्नु नै यो गेमको रमाइलो पक्ष हो ।
यो गेमका कारण गम्भीर दुर्घटनाका समाचार पनि प्रकाशमा आइरेहका छन् । पोकेमन समात्नका लागि सडकमा हिँड्दा दुर्घटनामा पर्ने गरेकोमात्र होइन, एक सहरबाट अर्को सहरमा मात्र नभई एक देशबाट अर्को देशमा समेत मानिस पोकेमन समात्न पुग्ने गरेको समाचार सार्वजनिक भइरहेको छ ।
भारतमा औपचारिक रुपमा यो गेम लञ्च नभए पनि विभिन्न माध्यमबाट डाउनलोड गरेर युवाहरुले खेल्न थालिसकेका छन् । यसै क्रममा कोलकाताको हाउडामा यो गेम खेल्दा खेल्दै एक बालक गत शनिबार राति घरबाट बाहिरिए । उनी रेल चढेर मुम्बई जान लागिरहेको समयमा प्रहरीको फन्दामा परे । सोधपुछपछि प्रहरीले थाहा पायो– उनी पोकेमनको खोजीमा मुम्बई जान लागेका रहेछन् ।
त्यसैगरी क्यानाडाका एकै परिवारका दुई दाजुभाई यो गेम खेल्दा खेल्दै अमेरिकी सीमा क्षेत्रमा पुगेको बताइएको छ । अमेरिकी सीमा सुरक्षा गस्ती टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । उनीहरु दक्षिण क्यानाडाको अल्बर्टा क्षेत्रबाट अमेरिकाको मोन्टानामा प्रवेश गरेका थिए ।
साउदी अरबमा यो गेमलाई प्रतिबन्ध लगाइएको छ । चीनमा पनि यो गेममाथि प्रतिबन्ध लगाउने तयारी भइरहेको बताइन्छ । विभिन्न मुलुकका सुरक्षा निकायले यो गेममा मोबाइलको क्यामेरा प्रयोग हुने भएकाले विभिन्न स्थानको लोकेशन र महत्वपूर्ण जानकारी चोर्नका लागि गेमको रुपमा कुनै शक्तिले सुराकी गरिरहेको त छैन भन्नेमा आशंका व्यक्त गर्दै थप अनुसन्धान सुरु गरिसकेका छन् । रुसले पनि यस प्रकारको खतरा औंल्याएको छ ।
जे होस्, पछिल्ला दिनमा पोकेमन खोज्नकै लागि दैनिक करोडौं युवा–युवती सक्रिय रहेको विभिन्न समाचार एजेन्सीहरुले जनाएका छन् । गेमको लोकप्रियतासँगै दुर्घटना र अन्य सम्भावित जोखिमका बारे चिन्ता पनि थपिन थालेको छ । (एजेन्सीहरुको सहयोगमा)
- See more at: http://imagekhabar.com/news/latest/pokeman-go/5926#sthash.Ccw3O1wZ.dpuf

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget