Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

संविधान कार्यान्वयनमा चुनौती थपियो : प्रधानमन्त्री, ‘मधेसमा नेपालविरोधी डरलाग्दो गतिविधि’

काठमाडौं, साउन १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको राजनीतिक ध्रुवीकरणले संविधान कार्यान्वयनमा चुनौती थपिएको बताएका छन् ।
वामपन्थी नेता तुल्सीलाल अमात्यको १९औं स्मृति दिवसका अवसरमा तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा सोमबार राजधानीमा आयोजित ‘संविधान कार्यन्वयनका चुनौतीहरु’ विषयको गोष्ठीमा उनले अहिलेको राजनीतिक घटनाक्रमले संविधान कार्यान्वयनमा जटिलता थपेको बताए ।
संविधान कार्यान्वयन हुन नदिन धेरै शक्ति लागिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई बर्बादीतिर जान नदिन जटिलताकामाझ पनि संविधान कार्यान्वयन गरेरै छाड्ने बताए ।
उनले भने–‘नेकपा एमालेले संविधान कार्यान्वयन गराएरै छाड्छ ।’
उनले संविधानमा केही कमजोरी भएपनि देशकानिम्ति संविधान बनाइएको चर्चा गरे ।
प्रधानमन्त्री ओलीले २०७४ साल माघ ७ गतेसम्म स्थानीय, प्रदेश र संसदको निर्वाचन नभए देशमा संवैधानिक संकट उत्पन्न हुने बताए ।
चैतमा सरकार परिवर्तन र स्थानीय निकायको चुनाव दुबै एकसाथ हुने उल्लेख गर्दै उनले अहिले सरकारमा जानका लागि केही मान्छेहरु ‘लिगलिगे दौड’जस्तै होडबाजी गरिरहेको बताए ।
एमाले अध्यक्ष ओलीले अब बन्ने प्रधानमन्त्रीले मधेसका माग पूरा गर्छ भनेर नक्कली कुरा गरिरहेको बताउनुभयो । उहाँले मधेसका नाममा राजनीतिक गर्नेले मधेसीका निम्ति केही नगरेको आरोप लगाउनुभयो ।
एमाले नेता माधवकुमार नेपालले माओवादीसँगको सहकार्य आवश्यक रहेको बताए ।
‘असमयमा नै गठबन्धन टुट्यो । यसमा माओवादीको पनि कमजोरी छ । हतारमा पदीय आकांक्षा माओवादीले पनि गर्‍यो’–उनले भने–‘हामीले पनि ध्यान दिन सकेनौं । नीति–कार्यक्रम, बजेट पेस भइसेकेको अवस्थामा वर्तमान गठबन्धन जोगाउनुपर्दथ्यो ।’
उनले अब बन्ने सरकारले अघिल्लो सरकारले गरेका राम्रो कामलाई निरन्तरता दिनुपर्ने बताउँदै मुलुकको सार्वभौमसत्ताका लागि लड्ने जो–सुकैलाई पनि एमालेको सहयोग हुने बताए ।
पूर्वप्रधानमन्त्री नेपालले मधेसमा नेपालविरोधी गतिविधि सन्चालन भइरहेको भन्दै त्यो अत्यन्त डरलाग्दो भएको बताए ।
प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा एमाले नेता केशव बडालले तुल्सीलालले देखाएको बाटोमा हिँडेमात्र उनीप्रति सच्चा सम्मान हुने बताए । रासस
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget