Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

रीम बुटिकमा राजेशपायल र केकी (फोटोफिचरसहित)

reem 4
काठमाडौं, २२ साउन । चर्चित गायक अर्थात् नेपाली गायनका ‘मेगास्टार’ राजशेपायल राई शुक्रबार एक बुटिकमा साडी र कुर्ता सुलवार छान्दैथिए । महिलाहरुको विशेष पर्व तिज नजिकिँदै गर्नु र एक ब्याचलर गायकले सारी र कुर्ता छान्दा दर्र्शक एवं श्रोताले एक सोच्लान् ? अर्को कुरा त्यहाँ उनी एक्लै थिएनन्, उनीसँगै थिइन्, हालैमात्र ग्राजुएट पूरा गरेर चर्चामा रहेकी अभिनेत्री केकी अधिकारी पनि । गायक राजेशपायलले केहीबेर साडी र कुर्ता हेरेपछि केकीलाई भने, ‘एउटा साडी किनिदिउँ ? जवाफमा केकीले भनिन्, ‘पर्दैन । भोलीपर्सि किनौला ।’
reem
हो, नेपाली कला क्षेत्रका यी दुई हटकेक रीम फसेननेट बुटिक उद्घाटन गर्न बागबजारमा देखिए । बागबजारको सिटी स्क्वारमा सञ्चालनमा आएको ‘रीम फेसननेट बुटिक’ को शुक्रबार राजेशपायल र केकीले एकसाथ उद्घाटन गरेका छन् । यो बुटिक फेसन डिजाइनर रीमले सञ्चालनमा ल्याएकी हुन् । बुटिक उद्घाटनपछि गायक राजेशपायलले भने, ‘यस बुकिटले फेसन पारखीका चाहनालाई पूरा गर्नेछ ।’ साथै, उनले आफू ब्याचलर (अविवाहित) भएकाले कसलाई साडी किनिदिने भन्नेमै दोधारमा परेको बताए । ‘केकीलाई किनिदिउँ भनेको पदैन भन्छे’ राजेशपायलले ठट्टा गर्दै भने, ‘भोलीपर्सी अरुलाई नै किनिदिनु पर्ला ।’
reem 1
त्यस्तै, केकीले आफू खाशै फेसन कन्सस नभएको बताइन् । ‘म प्राय क्याजुअल लगाउँछु’ केकीले भनिन्, ‘फेसनप्रति मेरो खाशैं गहिरो सौख छ्रैन । आफूलाई जेले सुहाउँछ, त्यही लगाउँछु ।’ एक प्रशंगमा केकीले भनिन्, ‘ग्राजुएट गर्न पाउँदा अत्यन्त खुसी छु । हुन त ग्राजुएट गर्ने थुपै्र छन् । तर मेरो क्षेत्रका लागि ठूलो कुरा हो ।’ उनले आफू फिल्म क्षेत्रमा रहेर पनि पढाइमा मिहिनेत गरेकाले सफलता पाएको सुनाइन् ।
reem
कार्यक्रममा थुप्र्रै कलाकारको उपस्थिति थियो । कार्यक्रममा कार्यक्रम सञ्चालिका तथा समाजसेवी याङ्जोम शेर्पा, मोडल निशा पोमु, गायक रुकमान लिम्बू, रुपकुमार राई, नायिका तथा गायिका सुजता केसी, तेह्रथुमे ढाका कलेक्शनकी सञ्चालक तथा फेसन डिजाइनर निरु आङबुङलगायतको उपस्थिति थियो । कार्यक्रममा बोल्दै रीम बुटिककी रीमले बुटिक खोल्ने मनशाय पहिल्यै बनाएको बताउँदै भनिन्, ‘७ वर्षदेखिको मेरो इच्छा आज बल्ल पूरा भएको छ ।’ रीम फेसननेट बुटिकमा अर्डर अनुसार लेडिज सबै प्रकारका वेयर पाउनका साथै मोडलिङ र फोटोसुटका लागि भाडामा समेत उपलब्ध गराइने उनले जानकारी गराइन् ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget