Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

ज्योती मगरको तीज गीतः ‘दरमा फलफूल हैन ह्विस्की र वाइन खाइन्छ’

jyoti magar
कलाकारलाई यसै कलाकार भनेर सम्मान र इज्जत दिइएको होइन । कलाकार समाजका त्यस्ता प्रतिनधी पात्र हुन्, जसले आम मानिसलाई सकारात्मक सन्देश दिन सक्नुपर्छ । समाजमा फैलिएका विकृती र विसंगतीलाई रोक्न कदम चाल्न सक्नुपर्छ, झन् विकृती फैलाउने होइन ।
अझ, कलाकारको दायित्व त देशको कला संकृती जोगाउन अहम् नै हुनुपर्ने हो । तर, तीनै कलाकार संकृती र चाडपर्वमा संकृती जोगाउन भन्दा विकृती फैलाउन लागे भने के होला ? पक्कै पनि समाजले नै खबरदारी गर्नुपर्ने हुन्छ ।
अहिले नेपाली समाज बदलिदैछ, यो सबैलाई थाहा भएकै कुरा हौ । तर, समाज बदलिएको भन्दैमा गीतसंगीतमा छाडा प्रवृत्ती प्रवेश गराउने अधिकारी कलाकारलाई छैन ।
तीज पर्व नजिकिदै छ । तीज पर्वको आफ्नो महत्व छ । तर, तीजको अवसर पारेर विभिन्न गायक-गायिकाले सार्वजनिक गर्ने गीत र भिडियोले समाजलाई सकारात्मक भन्दा नकारात्मक सन्देश बढी दिन थालेका छन् ।
ज्योती मगरले आफूलाई गायिका भन्दा पनि छोटा पहिरन लगाएर उत्तेजित शैलीमा गीत गाउने गायिकाको रुपमा परिचित गराएकी छिन् । अब, उनको यो शैली तीजको गीतमा पनि स्पष्टै देखिएको छ ।
ज्योतीले सार्वजनिक गरेको तीज गीतमा भनिएको छ, ‘यसपालीको तीजमा दरसँगै ह्विस्की खाइन्छ ।’ यसपालीको तीजमा फलफूल होइन भुड्का खाइन्छ ।
यस्तै यस्तै भाव बोकेको तीज गीतको भिडियोमा ज्योतीले आफूलाई उत्तेजक शैलीमै प्रस्तुत गरेकी छिन् । केही हिन्दी ट्युन मिसिएको गीतको भिडियोमा ज्योती मगरसँगै संझना बुढोथोकी लगायतका मोडलले मोडलिङ गरेका छन् ।
यो भिडियोलाई शिव वीकले निर्देशन गरेका हुन् । गीतमा शब्द, संगीत र स्वर नै ज्योतीको छ । गीतको अन्तिम सम्म सुन्ने र हेर्ने हो भने कतैपनि सन्देश दिने खालको छैन । न त यसले नेपाली नारीको चित्रलाई बोकेको छ । तीजमा महिलाले लगाउने रातो सारी लगाउन छाडेर जिन्सको पाइन्ट लगाउन सल्लाहा दिइएको छ ।
साच्चै, यस्ता खालका गीतसंगीतले नेपाली समाज र नेपालका चर्चित पर्वहरुलाई कतातर्फ लैजादैछन् ? के नेपाली चाडपर्व र संकृतीको जगेर्ना गर्ने काम कलाकारको होइन ? यदि, होइन भने कलाकारलाई कलाकार भनेर सम्मान र इज्जत दिनुको अर्थ के ?

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget