Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

नालापानीमा

नालापानीमा
बालकृष्ण समको जन्म वि.सं. १९५९ माघ २४ गते ज्ञानेश्वर, काठमाडौँमा सम्भ्रान्त राजा परिवारमा भएको थियो । उनको आइ. एसीसम्मको अधययन गरेको थिए । उनी कवि, कथाकार तथा निबन्धकार पनि हुन् । उनले रचेका कृतीहरुमा मुटुको व्यथा, अन्धवेग, मुकुन्द इन्दिरा, प्रेमपिण्ड, अमर सिंह, स्वास्नीमान्छे आदि आदि नाटक प्रसिद्ध छन् । उनी नेपाली साहितयका दुखान्त नाटक परम्पराको थालनी र विकास गर्ने नाटककार हुन् । उनले सामाजिक, ऐतिहासिक र पौराणिक विषयको प्रयोग गरी उत्कृष्ट कसिममा पूर्णाङ्की र एकाङ्की नाटकको रचना गरेका छन् । उनले रचेको एक चर्चित ऐतिहासिक लघु नाटक वा एकाङ्की ‘नालापानी’ हो ।

यस नाटक देशभक्ति भावनाले भरिएको नाटक हो । यसमा देशको प्रगाढ माया ममता प्रकट भएको छ । धरतीका भाषामा नाटककार समले देशको रक्षाका लागि धैर्य गर्नुपर्ने र काँतर नभई वीरताको प्रदर्शन गर्नुपर्ने, जन्मभूमिको लाज बचाउन छिः भन्ने काम गर्न नहुने एकबाजी मनै चोला लिएर आएको मानिसले ममता छाडी यश कमाउनु पर्ने, आँसु बगाएर होइन् रगत बगाएर मातृभूमिको ऋण चुक्ता गरी सन्तोषले जिउनु पर्ने, आँशु बगाएर होइन रगत बगाएर मातृभूमिको ऋण चुक्ता गरी सन्तोषले जिउनु पर्ने जस्ता देशभक्तिका भावनाले भरिएका युक्ति व्यक्त गरिएको पाइन्छ । नाटककार सम भाषाप्रेमी देशभक्ति भाव भएका व्यक्तित्व मानिन्छन् । 
नरे कार्की युद्धमा घाइते भएर अङ्ग्रेजको शिविरमा गएको सनसनीपूर्ण घटनामा यो एकाङ्की रचिएको छ । यसै बखत धरतीले नेपाली वीरहरुलाई ढाढस दिँदै नरुन्, धैर्य लिन आफ्नो काँतर स्वर नेपाली जातीलाई छः नभनाईकन जन्म भूमिको लाज बुचाउन भनेको छ । त्यस्तै एक दिन मर्नैपर्ने भएकाले ममता छोडी अमर बनेर यश राखन मेरो काखमा तपतप रगत चुहाइस् भने मातृऋण तिर्छस् भन्दै नेपाली वीरहरुलाई देशको रक्षा गर्न प्राणाति दिएर प्रोणोत्सर्ग गर्न भनिएको छ । 
१ हार्दिक बधाई
नेपाल अधिराज्यको गरिमाशाली प्राज्ञिक थलो नेपाल प्रज्ञा प्रतिषठानामा २०७१।११।२४ मा सम्पन्न राष्ट्रिय प्रतिभा पुरस्कार वितरण कार्यक्रममा सहयोगी साथी सक्षम कार्कीले राष्ट्रिय प्रतिभा पुरस्कार पाएकोमा उहाँको अझै प्रगतिको, सफलताको शुभकामना व्यक्त गर्दै हार्दिक बधाइ ज्ञापन गर्दछु ।
कृष्ण थपलीया
धादिङ, बेसी

२ शुभकामना
तमु ल्होसारको शुभकामना
सम्पूर्ण आफन्त, इष्टमित्र र शुभचिन्तकहरुलाई २०६७ को तमु ल्होसारको उपलक्षमा जीवनमा सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गर्दछौँ ।
रामनाथ सापकोटा
झिल्तुङ, धादिङ

३ हार्दिक श्रद्धान्जली एवम् समवेदना
हार्दिक श्रद्धान्जली एवम् समवेदना
जन्म                                                            मृत्यु
१९९० बैसाख १०                                             २०६७ बैसाख २९
     यस पुज्यखोला गाउका समाज सेवक दायावीर कार्की जसले यस गाउँमा विद्यालय स्वास्थ्य चौकी, झोलुङ्गे पुल निर्माण गर्नुभएको थियो । उहाँको यही २०६७ बैसाख २९ गते हृदयघातका कारण ७७ वर्षको उमेरमा  असामयिक निधन भएको खबरले हामीलई धेरै दुखि तुल्याएको छ । यस दुखद घडिमा  स्वर्गीय दयावीर कार्की प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछौँ र हाम्रा आत्मीय दीदी (श्रीमती) धनमती कार्की र उहाँका सम्पूर्ण शोकाकुल परिवार र आफन्त जनमा शोकलाई शहन गर्न सकने शक्ति प्राप्त होस् भन्दै हार्दिक समवेदना प्रकट गर्दछौँ ।
हरिहर कार्की
अध्यक्ष
नमुना विद्यालय शैक्षिक परिवार
गोदावरी ललितपुर
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget