Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

कान्छी, भट्टी र देश

कान्छी, भट्टी र देश
कृष्ण सेन ‘इच्छुक’ (वि.स. २०१३–२०५९¬) राजनीति, साहित्य र पत्रकारितामा उत्तिकै दखल भएका व्यक्तित्व हुन् । सामाजिक रुपान्तरणका लागि राजनीतिक आस्था, त्याग र बलिदानको संस्कृति बोकेर अगाडी बढ्दा सहिद भएका  इच्छुक क्रान्तिकारी कवि हुन् । उनका शोकाञ्जी (२०४८) एवम् बन्दी र चन्द्रागिरि (२०५७) काव्य र इतिहासको यस घडिमा (२०५६) कविता संग्रह प्रकाशित छन् । उनका कविता र काव्यमा वर्ग र संघर्षका माध्यमबाट समाजको आमूल परिवर्तन गर्दै नयाँ समाज व्यवस्थाको निर्माण गर्ने उदात्त चेतानको अभिव्यक्ति पाइन्छ । उनी प्रगतिवादी धारका सशक्त कवि हुन् । यस वितामा नेपालको आर्थिक विकृतिलाई चित्रण गरिएको छ । प्रकृतिको सौन्दर्यले सिंगारिएको सुन्दर देश नेपालमा हिमालको सफा र ताजा हावाको पनि कान्छी जस्तको जीवनमा दुःख, कष्ट, विरह र व्याकुलता छ । यस देशमा कान्छीले चियाको कित्लीमा दुःख, कष्ट र वेदना उमालिरहेको छ । त्यस्तै उसले सक्सीको बोतलसँगै बैसालु यौवान बेचिरहेकी छ र विवसताका सुस्केरा, सन्तप्त मुस्कान र उदासी बाडिरहेकी छ । उसले भट्टी पसल थापिरहेकी छ । यिनै आर्थिक विषमता र बेचैनकिा दिन कान्छीले काटिरहेकी छ ।
कवितांशमा नेपालको आस्था आर्थिक विकृतिलाई चित्रण गरिएको छ । हिमाली सौन्दर्यको सुन्दर देशमा हिमालको सफा र ताजा हावावको पनि कान्छीको जीवनमा दुःख, कष्ट, विरह र व्याकुलता छ । यसले सक्सीका रित्ता बोतलमा बैंसालु यौवन साट्नु परेको छ । यात्रु आवत जावत गरिरहेका छन् र उसको रुपको नसा पिइरहेका छन् । उ जीवनक दुर्दशा भागिरहेकी छ । उसको भात सँगै लाज, मासुसँगै आसु र रकसी संगै श्री बेचिरहेकी छ । उ पनि  हिमालकी छोरी हो । उसका आखाबाट कोशिका अशान्त छालहरु, गण्डगीका बेचैन लहरहरु तथा ठालुका कामुक आँखाले डामिएको कर्णाली झैँ कान्छी दुःख, कष्ट र वेदना खपेका विवसताहरुलाई यहा कविले यस कविता मार्फत चित्रण गरेका छन् ।


निवेदन
                                                  मिति : २०७०।१।१

श्री प्राचार्य ज्यू
क्षेत्र विकाश उच्च माध्यमिक विद्यालय
धापाखेल, लगनखेल
                    
                          विषय छात्रवृत्ति पाउँ भन्ने बारे ।

महोदय,
    यो सविनय निवेदन गर्दछु की म यस विद्यालयको कक्षा ११ मा मढ््ने छात्र हुँ । मेरो बुवा आमा साधारण खेती किसानी गर्नुहुन्छ । उहाँ हरुले मलाई उच्च शिक्षा पढाउन निकै  हम्मे हम्मे परेको छ । हाम्रो आर्थिक कमजोर अवस्थाका कारण मैले पढ्न नसकने अवस्था आउँदैछ । त्यसैले हाल साल प्राप्त जेहेनदार छात्रवृत्ति प्रदान गर्दा मलाई पनि प्रदान गराइ पाउँ र मेरो पढ्ने इच्छा सफल हुने आशा राख्दै छात्रवृत्तिका लागि म प्राचार्य समक्ष विनम्र अनुरोध गर्दछु ।

निवेदक
विकाश के.एम.
कक्षा : ११
रोल्न : २२
हस्ताक्षर
(विकाश)
  
निमन्त्रणा पत्र

श्री...................................................ज्यू
    मेरो आयुस्मान सुपुत्र सुमन आचार्यको निम्न लिखित मिति, समय र स्थानमा बतबन्ध गरिदने योजना भएकोले उक्त कार्यक्रममा  उपसथित भई आशिर्वाद प्रदान गर िप्रसाद ग्रहण गरि दिनु हुन हार्दिक अनुरोध गर्दछु ।
मिति  : २०७१।१२।२४
समय  :  विहान ८ बजे                            प्रार्थी
स्थान : पशुपतिनाथ                            गणेश आचार्य

निमन्त्रणा पत्र

श्रीमान् जिल्ला शिक्षा अधिकारी ज्यू
नेपाल प्रज्ञा प्रतिष्ठानमा भानु जयन्तीको उपलक्ष्यमा गरिएको कवि गोष्ठीको कार्यक्रममा  यहाँको आतिथ्यमा उपस्तिीको लागि उक्त गोष्ठीमा यहाँलाई सादर आमन्त्रण गरिन्छ ।
मिति  : २०७०।३।१२                                आयोजक
समय : दिनको ११ बजे                                 भानु विद्यालय
स्थान : नेपाल प्रज्ञा प्रतिष्ठान                            काठमाण्डौ


                            बजारमा आइपुग्यो ।

    नेपाली साहित्यका सुपरिचित लेखक श्री कृष्णविलास पौड्याल द्वारा लिखित उच्च माध्यमिक तहको अनिवार्य नेपाली विषयको पाठ्य पुस्तक बजारमा आइपुग्यो । उक्त कितावमा आवश्यक सम्पूर्ण सामाग्री र नमुन प्रश्नको पनि समावेश रहेको छ । उच्चतम अंक हासिल गरी सफता प्राप्त गर्नका लगि ढीला नगर्नुहोस् ।
नामै काफी छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget