Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

अर्घाखाँची जिल्लाको संक्षिप्त परिचय

नेपालको पश्चिमाञ्चलमा पर्ने यो जिल्ला पूर्वमा पाल्पा, दक्षिणमा रुपन्देही र कपिलवस्तु, उत्तरमा गुल्मी, पश्चिममा प्यूठान र दाङ्ग जिल्लाहरुद्धारा परिेवेष्टित छ । विश्व मानचित्रमा यस जिल्लाको कुल क्षेत्रफलः ११९३ वर्ग किलोमिटर अक्षांश २७ डि. ४५ मि. देखि २८ डि. ६ मि. उत्तर, देशान्तर ८० डि. ४५ मि. देखि ८३ डि. २३ मि. पूर्व बीच यो जिल्ला अवस्थित छ । यस जिल्लाको उचाई समुन्द्र सतह देखि ३०५ मिटरदेखि २५१५ मिटर रहेको छ भने औषत वर्षा २२०० मिलिमिटर (औषत वार्षिक) छ । यस जिल्लाको तापक्रम न्यूनतम् ६.५० देखि अधिकतम् ४०० सेन्टिग्रेड सम्म हुने गर्दछ । दक्षिणतर्फ चुरे र उत्तर तर्फ मध्यपहाडी क्षेत्रहरु मिली बनेको यो जिल्ला भू-उपयोगको दृष्टिले सरकारी वन ३४ प्रतिशत, सामुदायिक वन २२ प्रतिशत, कृषियोग्य जमीन ३९ प्रतिशत, नदी नाला ५ प्रतिशत रहेको छ । राष्ट्रिय जनगणना २०११ बमोजिम जिल्लाको कुल जनसंख्याः १९७६३२ रहेको छ भने जसमा पुरुष जनसंख्याः ८६२६६ र महिला जनसंख्याः १११३६६ रहेको छ । जिल्लामा ४६,८३५ घरधुरीहरु रहेका छन् । प्रशासनिक दृष्टिले यो जिल्ला १ नगरपालिका, ३५ गाविस, ११ इलाका र २ संसदीय निर्वाचन क्षेत्रमा विभाजित रहेको छ । 



अर्घाखाँची जिल्ला

प्रदेश:            ५ 
सदरमुकाम: सन्धिखर्क
क्षेत्रफल: १,१९३ वर्ग कि.मि.
जनसंख्या: १,९७,६३२  (२०६८)
गाविस संख्या: पहिला ४२ हाल ३५
नगरपालिका(हरू): १ सन्धिखर्क
संविधानसभा निर्वाचन क्षेत्र संख्या:
भौगोलिक अवस्थिति: पहाड
सिमाना: पूर्व- पाल्पा, पश्चिम-प्युठान र दाङ, उत्तर-गुल्मी र दक्षिण- कपिलवस्तु र रूपन्देही
सबै भन्दा अग्लो स्थान: ४,१६८ मिटर
सबै भन्दा होचो स्थान : ५४४ मिटर
अक्षांश: २७ डिग्रि ५५ मिनेट देखि डिग्रि मिनेट उत्तर 
देशान्तर: ८३ डिग्री ४ मिनट ६० सेकेन्ड देखि डिग्री मिनट सेकेन्ड पूर्व
प्रमुख जातिहरू: बाहुन, क्षेत्री, मगर, कामी, दमाई, सुनार नेवार आदि
प्रमुख भाषाहरू: नेपाली, मगर आदि
संचारमाध्यम: अर्घाखाँची डट्कम, रेडियो अर्घाखाँची 
टेलिफोन कोड: ०७७

अर्घाखाँची नेपालको पश्चिमाञ्चल विकास क्षेत्र, लुम्बिनी अञ्चलमा पर्ने एउटा पहाडी जिल्ला हो। यसको सदरमुकाम सन्धिखर्क हो। पाणिनि तपोभूमि(पणेना), सात्तले गुफा/ दुर्वाशेश्वर् गुफा(खिदिम), आलम देवीको मन्दिर(मैदान), सुपा देउराली, छत्र मन्दिर(छत्रगञ्ज), नर्तनाचल पर्वत(नरपानी), परसुरामेश्वर,ऐतिहासिक पाैवा(बल्काेट) अर्घाकोट(अर्घा) यहाँका प्रमुख पर्यटकिय स्थलहरू हुन। अर्घाखाँची जिल्लाको पूर्वमा पाल्पा, उत्तरमा गुल्मी, पश्चिममा प्युठान तथा दाङ र दक्षिणमा कपिलवस्तु तथा रूपन्देही जिल्लासँग जोडिएको छ। अर्घाखाँची जिल्लाका सबै गाविसहरूमा सडक सुविधा उपलब्ध छ।

जिल्लाको नामाकरण

अर्घाखाँची नामाकरणका सम्बन्धमा प्राप्त जनविश्वास अनुसार यस जिल्लाको अर्घा भन्ने स्थानमा रहेको भगवती मन्दिरमा अर्घको रूपमा दहि चढाउँदा देवी निस्किएकीले सो नामबाट अर्घा शब्दको उत्पत्ति भएको हो भन्ने बुझिन्छ। खाँची शब्दको उत्पत्ति भने सरकारले कर असुल गर्ने ठाउँ वा व्यक्तिलाई खजाञ्चि भन्ने प्रचलन भएकोले त्यसैबाट अपभ्रंश भई हुन गएको हो भन्ने बुझिन्छ। यसरी यस जिल्लाको नाम अर्घाखाँची रहन गएको भन्ने जनविश्वास पाइन्छ।

जिल्लाको संक्षिप्त इतिहास

नेपाल एकिकरण पूर्व वाइसे राज्यहरूको रूपमा रहेका अर्घा र खाँची दुई राज्य यस क्षेत्रमा रहेको र एकीकरणको शिलशिलामा ती दुई राज्यलाई तत्कालिन पाल्पा राज्यमा गाभिएको थियो। एकिकरण पछि अर्घा र खाँची मिलेर अर्घाखाँचीको नामाकरण भएको हो। २०१८ सालसम्म यो जिल्ला गुल्मी जिल्ला अन्तरगत पर्दथ्यो भने नेपाललाई ७५ जिल्लामा विभाजन गरे पश्चात यो छुट्टै जिल्लाको रूपमा स्थापित भयो।

भौगोलिक अवस्थिति

अक्षांश: २७ डिग्रि ५५ मिनेट देखि डिग्रि मिनेट उत्तर
देशान्तर: ८३ डिग्री ४ मिनट ६० सेकेन्ड देखि डिग्री मिनट सेकेन्ड पूर्व
सिमाना: पूर्व- पाल्पा, पश्चिम-प्युठान र दाङ, उत्तर-गुल्मी र दक्षिण- कपिलवस्तु र रूपन्देही
क्षेत्रफल: १,१९३ वर्ग किलोमिटर
सबभन्दा होचोस्थान: ५४४ मिटर
सबभन्दा अग्लोस्थान: ४,१६८ मिटर

प्रहरी / प्रशासन  उजुरी वा गुनासो

पत्राचार गर्ने ठेगाना                        
जिल्ला प्रशासन कार्यालय 
सन्धिखर्क, अर्घाखाँची
फ्याक्स : +९७७-०७७-४२०२०९
सम्पर्क नम्बर
प्र.जि.अ फोन नं‌ :+९८५७०७७७७
            +९७७-०७७-४२०१३३
स.प्र.जि.अ फोन नं‌ :९८४१५०२७१३
            +९७७-०७७-४२०२०८
(प्रशासन शा.खा)
फोन नं‌ : +९७७-०७७-४२०२०८
(लेखा शा.खा)
लेखापाल
फोन नं‌ : +९७७-०७७-४२०२०८
मो नं         +९८५७०६३०७०
(Passport शा.खा)
ना.सु फोन नं‌ :+९८४७०६१५११
               +९७७-०७७-४२०२०८
(Notice Board)
+१६१८०७७४२०२०८
(नागरिकता शा.खा)
ना.सु फोन नं‌ :+९८४७३६०३१० 
              +९७७-०७७-४२०२०८
इमेल :  daoarghakhanchi@moha.gov.np
प्रहरी सेवाको लागी
फोन नं‌   : १००(निशुल्क) 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget