Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

Fashion : तेह्रथुमे ढाकाको शान (हेर्नुस् एक दर्जन तस्बिर)

terhathume dhaka, screennepal (12)
काठमाडौं । पूर्वमा तेह्रथुमे ढाका निकै लोकप्रिय छ । लिम्बू समुदायमात्र नभएर अधिकांश पूर्वेलीहरु ढाका परिहनमा सजिँदा आफूलाई फरक अनुभूति गर्छन् । त्यो पनि तेह्रथुमे ढाकाको त बेग्लै पहिचान नै छ । पछिल्लो समय ढाकाको परिहन नेपालमा मात्र नभई बेलायत, हङकङ, जापान, सिंगापुर, कोरिया, बु्रनाईलगायत नेपाली पुगेका देशहरुमा समेत लोकप्रिय हुन थालेको छ । हातैले बुनेको भएकाले पनि ढाकाको विशेषता छुट्टै भएको हो । पहिले–पहिले ढाकाबाट टोपी, गलबन्दी, रुमाल, पछ्यारीजस्ता हल्का पहिरनमात्र बन्छ भन्ने एक किसिमको भावना थियो । तर, पछिल्लो समय ढाकाबाट आधुनिक परिहनहरु पनि बन्न थालेको छ । यसले पनि ढाका पहिरनको लोकप्रियता बढ्दै गएको पुष्टि गर्छ । ढाकाबाट बनेका गाउन, वानपिस, मेख्ली, साडी, टप्स, आउटर वानपिसजस्ता पहिरनहरु लोकप्रिय हुन थालेका छन् ।
terhathume dhaka, screennepal (11)
केही दिनअघि एक कार्यक्रममा ढाका पहिरनको शान झल्किएको थियो । कार्यक्रम थियो, गायक रुकमान लिम्बूको नयाँ भिडियो ‘हाक्पारे पालम ख्याली’ को लोकार्पण । तर, त्यहाँ देखियो तेह्रथुमे ढाकाको शान । कार्यक्रममा उपस्थित कलाकार, पाहुना र पत्रकारसमेत तेह्रथुमे ढाका पहिरनमा सजिएका थिए । ढाका पहिरनको संयोजन गरेको थियो, ‘तेह्रथुमे ढाका शप’ले ।
terhathume dhaka, screennepal (10)
यो शप ललितपुरको मिलन चोकमा छ । यस तेह्रथुमे ढाका शपको सञ्चालन निरु आङबुङ र संगीता लिंखाले गरेका हुन् । दुई वर्षअघि सञ्चालनमा ल्याएको उक्त ढाका शपले अहिले अर्डरअनुसार ग्राहकको माग पूरा गर्दै आएको छ । पछिल्लो समय दिनदिनै ढाका पहिरनको माग बढ्दै गएको सञ्चालकमध्येकी एक निरु आङबुङले बताइन् । हेर्नुहोस् तस्बिरमा तेह्रथुमे ढाकाको शान ।
शब्द : एमपी सुब्बा/तस्बिरहरु : सुनिल राजभण्डारी  
terhathume dhaka, screennepal (9)terhathume dhaka, screennepal (8)terhathume dhaka, screennepal (7)terhathume dhaka, screennepal (6) terhathume dhaka, screennepal (5)terhathume dhaka, screennepal (4)terhathume dhaka, screennepal (3)terhathume dhaka, screennepal (2)terhathume dhaka, screennepal (1)

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget