Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सिन्धुपाल्चोकमा बुद्धको मूर्ति स्थापनार्थ सांगीतिक कार्यक्रम हुने

काठमाडौं, १० साउन । भूकम्पबाट ग्रस्त जिल्ला सिन्धुपाल्चोकमा बुद्धको १ सय फिट अग्लो मुर्ति तथा शिक्षालय स्थापनार्थ १४ साउनमा ‘मेरो बुद्ध मेरो नेपाल’ नामक सांगीतिक कार्यक्रम हुने भएको छ । बुद्ध, मि एण्ड नेपाल नामक संस्थाले गर्ने उक्त कार्यक्रममा नेपालका चर्चित तथा ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहने भएको छ ।
BUDDHA TICKET
आयोजक संस्थाका उपाध्यक्ष किरण केसीद्वारा जारी विज्ञप्तिमा जनाइएअनुसार कार्यक्रममा शिवहरि पौड्याल, दीपकराज गिरी, दिपाश्री निरौला, किरण केसी, मनोज आचार्य, सबिता गुरुङलगायतका कलाकारको बेजोड प्रस्तुति रहने भएको छ । त्यस्तै, कार्यक्रममा कोमल वलि, सुरेन्द्र केसी, शिव शंकर रिजाल, राजेशपायल राई, सुशील क्षेत्री, विल्सनविक्रम राई, मिलन अमात्य, सुनिता दुलाल, डिजराज पौडेल, शंकर विसी, पार्वती राई, जेनी कुँवरलगायतका कलाकारको पनि प्रस्तुति रहने भएको छ ।
बुद्ध, मि एण्ड नेपालले ७५ वटै जिल्लामा १ सय फिट फुटभन्दा अग्लो र सोही स्थानमा बुद्ध शिक्षालय स्थापना गर्ने महत्वपूर्ण लक्ष्य बोकेर स्थापना भएको संस्था भएको जनाइएको छ । साथै, संस्थाले पहिलोपटक सिन्धुपाल्चोक जिल्लाबाट यसको निर्माण गर्ने उद्देश्य लिएको जनाइएको छ । कार्यक्रम १४ साउनमा कमलादीसीथत नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget