Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

फेसबुकमा अब ४५ भाषामा पोष्ट गर्न सकिने

सोसल नेटवर्किंग साइट फेसबुक प्रयोगकर्ताका लागि खुसीको खबर छ । अब छिटै तपाइँले फेसबुमा विभिन्न ४५ भाषामा पोष्ट गर्न सक्नुहुनेछ ।
समाचार अनुसार फेसबुकले यस्तो एक सफ्टवेयर विकशित गरिरहेको छ जसको सहयोगबाट फेसबुक प्रयोगकर्ताले आफ्ना पोष्टहरु दुनियाका विभिन्न भाषामा अनुवाद गर्न सक्दछन् । उक्त सफ्टवेयरले तपाइँको पोष्टलाई कुनैपनि व्यक्तिलाई उसको मनलाग्दो भाषामा देखाइदिनेछ ।
फेसबुकको उक्त सफ्टवेयरको सबैभन्दा विशेष कुरा यो हो की तपाइँले केवल आफ्नो कुनैपनि भाषामा पोष्ट गरे पुग्छ । त्यसपछि उक्त पोष्टलाई तपाइँ दिइएका ४५ भाषामध्ये जुनसुकैमा अनुवाद गर्न सक्नुहुन्छ । उक्त सूचिमा फ्रेन्च देखि लिएर फिलिपिनो तथा लिथुआनियन जस्ता भाषा सामेल छन् ।
यद्यपि फेसबुकले हाल यो फिचरलाई केही मात्र प्रयोगकर्तामा परीक्षण गरिरहेको छ । अहिलेसम्म ५ हजार फेसबुक पेजद्धारा यो फिचरको उपयोग भएको छ । अहिलेसम्म केवल बिजनेस पेजहरुले मात्र यो फिचर उपयोग गरेकोमा अब छिटै अरु सबै प्रयोगकर्तालाई फेसबुकले यो सर्भिस उपलब्ध गराउने बताइएको छ ।

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget