Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

चीनबाट जम्बो टोली आएर मर्मत गरिदियो एमए-६० विमान

NAC-MA60
२२ असार, काठमाडौं । चिनियाँ जहाज निर्माता कम्पनी एभिक इन्टरनेशनल होल्डिङ्सको ठूलो प्राविधिक टोली नेपालमा आएर मोडर्न आर्क (एमए) ६० जहाज मर्मत सम्भार गरेको छ ।
चीनबाट आएका ९ जना इञ्जिनियर र एक जना एक्चुअरीले १० दिन लगाएर जहाजको एयर फ्रेम, इञ्जिन र कन्ट्रोल सिष्टम मर्मत गरेका हुन् । यो जहाज हरेक दुई वर्षमा सर्भिसिङ गर्नुपर्ने हुन्छ ।
राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले दुई वर्षअघि चीनबाट ५६ सिट क्षमताको एमए ६० जहाज नेपाल ल्याएको थियो । यो जहाज चीनले नेपाललाई अनुदान सहयोग गरेको हो ।
नेपाल सरकारले आन्तरिक उडानका लागि चीनबाट ६ वटा विमान ल्याउने सम्झौता गरेको छ । चीनले दुईवटा अनुदान र ४ वटा सहुलियत ऋणमा नेपाल एयरलाइन्सलाई जहाज उपलब्ध गराउन लागेको हो ।
जसमध्ये अनुदान सहयोगका दुईवटा एमए ६० र वाई १२ ई जहाज नेपाल आएर व्यवसायिक उडान भरिरहेका छन् । बाँकी एउटा एमए ६० र ३ वटा वाई १२ ई विमान ल्याउन बाँकी छ । वाई १२ ई १८ सिट क्षमताको हो ।
चीनबाट ल्याएका जहाज निगमलाई घाँणो बन्दै आएका छन् । यी जहाजबाट आम्दानी भन्दा सञ्चालन खर्च बढी भएपछि निगमलाई चिनियाँ जहाज निल्नु न ओकल्नु भएका छन् ।
चीनबाट ल्याएको एमए ६० जहाज उड्ने भन्दा ग्राउन्डेड बढी भइरहेको छ । महंगो पार्टपुर्जा, चर्को इन्स्योरेन्स, जहाज विगि्रदा मर्मतका लागि चीनले खासै चासो नदिनु लगायतका कारणले निगम समस्यामा पर्दै आएको छ ।

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget