Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

यी हुन् पुरस्कार जित्ने तस्बिरहरु

श्रावण १४, २०७३- फोटो पत्रकार क्लवको आयोजनामा भएको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७३ को उपाधि दिपकरत्न बज्रचार्यले जितेका छन् । भूकम्पमा जाँदै गरेको दृश्य कैद गरिएको फोटो यो वर्षको आइएमई–ग्लोबल–आइएमई फोटो अफ द इयर ०७३  घोषित भएको हो ।  
नभेष चित्रकारको फोटोले शिखर इन्स्योरेन्स नेपाल स्माइल विधा जित्यो भने आईएमएस डेली लाइफ’ विधामा नरेश श्रेष्ठले बाजी मारे । नभेष चित्रकारले अर्घाखाँची सिमेन्ट न्युज विधाको उपाधि जित्दा नेपाल टेलिकम नेचर एण्ड वाइल्डलाइफमा रमेश कुमार पौडेल तथा  घुमफिर २०७३ कल्चर एण्ड टुरिजममा दिनेश श्रेष्ठले बाजी मारे । त्यस्तै मोडल ग्लोबल भिसा कन्सल्टेन्सी स्पोर्टस विधाको उपाधि सुरबिन्द्रकुमार पुनले जिते भने फोटो स्टोरीमा नबिन बरालको फोटो प्रथम भयो ।
आईएमएस डेली लाइफमा गोपेन राईको फोटो दोस्रो तथा प्रताप थापाको फोटो तेस्रो भयो । अर्घाखाँची सिमेन्ट न्युज बिधामा राजेश गुरुङको फोटो दोस्रो तथा लक्ष्मीप्रसाद ङाखुसी तेस्रो भए । नेपाल टेलिकम नेचर एण्ड वाइल्ड लाइफमा’मा बिसोप ताम्राकारको फोटो उपविजेता बन्दा विकास खड्गीको फोटो तेस्रो भयो । घुमफिर २०७३ ‘कल्चर एण्ड टुरिजम’मा सम्बर्दन बज्रचार्य उपविजेता तथा आभाष कर्माचार्यको फोटो तेस्रो भयो । ‘मोडल ग्लोबल भिसा कन्सल्टेन्सी स्पोर्टस’मा रोबिक उपाध्यायको फोटो दोस्रो तथा उमेश श्रेष्ठको फोटो तेस्रो भयो । ‘शिखर इन्स्योरेन्स नेपाल स्माईल’मा रजेन्द्र केसीको फोटो दोस्रो तथा सुलभभक्त श्रेष्ठको फोटो तेस्रो भयो । त्यस्तै  ‘फोटो स्टोरी’मा सागर क्षेत्रीको फोटा उपविजेता तथा नभेष चित्रकारका फोटोहरु तेस्रो भए ।
प्रतियोगिताका लागि देशभरबाट विभिन्न सात बिधामा ६ हजार ६ सय ७० फोटो प्राप्त भएको छ । दुईदिन चलेको निर्णायक चरणबाट सबै विधाका विजेतासहित उत्कृष्ट करिब १ सय ५० फोटो छानिएका छन् देशभरबाट यसपालिको प्रतियोगितालाई ८ सय ११  व्यवसायिक र एमेच्योर फोटोग्राफरले  ६ हजार ६ सय ७० फोटो पठाएका थिए ।
'फोटो अफ द इयर’ विजेताले नगद १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रत्येक विधाका प्रथम, द्वितिय र तृतीय हुनेले नगद क्रमशः ३०, २० र १० हजार रुपैयाँ  पाउनेछन् ।  काठमाडौंमा भदौ १५ देखि २१ गतेसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा  प्रदर्शनी गरिनेछ ।
 कल्चर एण्ड टुरिजममा प्रथम । तस्बिर: दिनेश श्रेष्ठ
नेचर एन्ड वाइल्डलाइफमा प्रथम । तस्बिर: रमेशकुमार पौडेल
डेली लाइफमा प्रथम । तस्बिर: नरेश श्रेष्ठ
नेपाल स्माइलमा प्रथम । तस्बिर: नभेष चित्रकार
स्पोर्टसमा प्रथम । तस्बिर: सुरविन्द्रकुमार पुन
न्यूजमा प्रथम । तस्बिर:  नभेष चित्रकार
‘कल्चर एण्ड टुरिजम’मा द्वितिय । तस्बिर: सम्बर्दन बज्रचार्य
डेली लाइफमा द्वितिय । तस्बिर: गोपेन राई
नेचर एण्ड वाइल्ड लाइफमा’मा द्वितिय । तस्बिर: बिसोप ताम्राकार
 नेपाल स्माइलमा द्वितिय । तस्बिर: रजेन्द्र केसी
न्युज विधामा द्वितिय । तस्बिर: राजेश गुरुङ
स्पोर्टसमा द्वितिय । तस्बिर: रोबिक उपाध्याय
नेचर एण्ड वाइल्ड लाइफमा’मा तृतिय । तस्बिर: विकास खड्गी
डेली लाइफमा तृतिय । तस्बिर : प्रताप थापा
नेपाल स्माइलमा प्रथम । तस्बिर: सुलभभक्त श्रेष्ठ
कल्चर एन्ड टुरिजममा तृतिय । तस्बिर: आभाष कर्माचार्य
स्पोर्टसमा तृतिय । तस्बिर: उमेश श्रेष्ठ
न्यूज विधामा तृतिय । तस्बिर : लक्ष्मीप्रसाद ङाखुसी


http://bit.ly/2avNYun

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget