Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सहमतिय सरकार गठनका लागि प्रचण्डको दौडधुप तीव्र

अोलीसँग सम्बन्ध सुधार्ने पक्षमा प्रचण्ड

santosh (6 of 6)
१३ साउन, काठमाडौं ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रवीच ७ बुँदे सम्झौता भएसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन हुने पक्का छ । यसको लागि अन्तिम तयारी भैरहेको छ । यी दुई दलवीच सत्ताको बाँडफाँटबारे बिहीबारदेखि आन्तरिक छलफल समेत हुँदैछ ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापित भएपछि बन्न लागेको नयाँ सरकारमा मन्त्रालय बाँडफाँटबारे दुवै दल गृहकार्यमा जुट्ने तयारीमा लागेका हुन् । माओवादी केन्द्रका अध्यक्ष दाहाल नेतृत्वमा बन्ने सरकारमा कुन मन्त्रालयको जिम्मेवारी कसले लिने भन्नेमा दुवै दलमा आन्तरिक प्रतिस्पर्धा तीव्र रहेको रिपोर्टर्स नेपालमा उल्लेख छ ।
प्रचण्ड दोस्रो पटक मुलुकको प्रधानमन्त्री बन्न लागेका छन् । यसअघि उनी कटवाल प्रकरणका कारण आकस्मिक रुपमा सरकारबाट बाहिरिएका थिए । आफ्नो नेतृत्वको सरकारलाई कसरी चुस्तदुरुस्त बनाउने भन्नेमा अहिलेदेखि नै प्रचण्ड गृहकार्यमा जुटेका छन् । दाहाल यतिवेला एमालेसँगको विग्रेको सम्बन्ध समेत सुधार्ने तयारीमा जुटेका छन् । त्यसको लागि उनले एमाले बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाललाई छुट्टाछुट्टै भेटवार्ता गरिसकेका छन् ।
आफ्नो नेतृत्वको सरकारमा एमालेलाई पनि साथमै ल्याउने उनको पहिलो तयारी छ । यदि त्यसो हुन नसके कम्तिमा संविधान संशोधन गर्न एमालेले आफूलाई सहयोग पुर्याईदिओस भन्ने उनको भित्रि चाहना रहेको उनी निकट स्रोतले जनायो । पछिल्लो समय उनले एमाले नेता नेपालसँग यही विषयमा केन्द्रित रहेर छलफल गरेको बुझिएको छ ।
त्यतिमात्रै होईन, प्रचण्डले संविधानमा असन्तुष्टी राख्दै आन्दोलनरत मधेशी मोर्चालाई समेत आफू नेतृत्वको सरकारमा सहभागी गराउने रणनीति लिएका छन् । मोर्चाले अघि सारेको सर्त बमोजिम उनले काँग्रेससँग मिलेर मोर्चाको मुद्दा सम्बोधन गर्नेवारे संयुक्त विज्ञप्ती जारी गर्ने तयारी गरेका छन् ।
उता भर्खरै ओली नेतृत्वको सरकारबाट बाहिरिएको राप्रपालाई समेत सरकारमा ल्याउने ध्याउनमा दाहाल छन् । आज भोलि मै राप्रपा नेपालसँग एकता गर्ने तयारी थालेको राप्रपाको पार्टी एकतापछिको सिन्यारिउ हेरेर सम्मानजनक हैसियत सरकारमा दिने उनको भित्रि मनशाय रहेको छ । त्यसको लागि उनले केही मन्त्रालय आफ्नै मातहातमा राख्ने समेत तयारी गरेका छन् । पछि सरकारमा आउने साना दललाई खुशी तुल्याउन उनले यस्ता तयारी गरेको स्रोतको दाबी छ । उनी आगामी ९ महिनासम्मका लागि मात्रै प्रधानमन्त्री बन्ने निश्चित छ । यो विचमा उनले आगामी चैत्रमा हुने स्थानीय तहको निर्वाचन सफल रुपमा सम्पन्न गर्न विभिन्न संयन्त्र समेत बनाउने तयारी गरेका छन् ।
ओलीसँग गुनासो
प्रचण्डले आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुने दाबी गरिरहेका वेला एमाले अध्यक्ष केपी शर्मा ओली उनको तगारो बन्न सक्ने उनले विश्लेषण गरेका छन् । आफ्नै समर्थनमा यसअघि प्रधानमन्त्री बनेका ओलीले आफूलाई भने कहिल्यै पनि राजनीतिक रुपमा सहयोग नगरेको दाहालको गुनासो छ ।
‘मैले ओलीजीलाई धेरै गुण लगाएँ, तर उहाँले मलाई सहयोग नै गर्ने छाँटकाँट देखाउनुभएन्, बडो दुःख लाग्छ ।’ अध्यक्ष दाहालले संसदमा प्रधानमन्त्री ओलीले राजिनामा दिँदा समेत आफ्नो नाम एकपटक समेत उच्चारण नगरेकोमा समेत गुनासो पोखे । उनले अघि थपे,‘म प्रचण्डको समर्थनमा प्रधानमन्त्री बनेको भन्न समेत उहाँले चाहानु भएन्, बरु मन्तव्यको अधिकांश समय मेरै विरुद्धमा खन्याउनुभयो, हुन त यो उहाँको स्भाविक चरित्र हो, यसमा मैले मन दुखाएको छैन् ।’ दाहालले भने ।
उनलाई ओलीलाई समेत समेटेर साझा नेता बन्न धेरै नेता तथा कार्यकर्ताको सुझाव समेत आईसकेको छ । र उनी अहिले त्यही तयारीमा जुटेका छन् ।
प्रधानमन्त्री चयन भएपछि प्रचण्डले पहिलो प्राथमिकतामा आफु सन्तुलित बोल्ने योजना बनाएका छन् । यसअघि जथाभावी बोल्ने हुँदा विवादमा फसिएको अनुभव रहेकोले उनको यो तयारीलाई स्भाविक रुपमा लिईएको छ ।
पहिलो भ्रमण भारत जाने उनको तयारी छ । प्रधानमन्त्री भएको एक महिनाभित्रैमा उनी भारत जाने तयारी रहेको स्रोतको दाबी छ । भारत भ्रमणका बेला दाहालले नेपाल–भारत सम्बन्धलाई अझ मजबुद बनाउने र परस्पर हितमा प्रयोग हुनेगरि अघि बढाउने सोच राखेको दाहाल निकट स्रोतले दाबी गरेको छ । त्यस्तै उनले अर्को छिमेकी चीनसँगपनि उतिकै प्रगाढ सम्बन्ध रहेकोले विगतको सरकारले अघि बढाएका महत्वपूर्ण सन्धिसम्झौताहरुलाई निरन्तरता दिँदै दुई देशवीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने दाबी गरिसकेका छन् ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget