Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

‘हरिया चुरा’मा रश्मीको छमछमी (भिडियो)

काठमाडौं, १० साउन ।
‘तीजैको बेला भएर भेला
नाँचौ गाऔँ, रमाइलो होला’
गायिका पुर्णकला बिसी र गायक गोपाल नेपाल जिएमको स्वरमा नयाँ तीज गीत ‘हरिया चुरा’ सार्वजनिक भएको छ । अघिल्लो सातामात्र गोपालले विष्णु खत्री क्षत्रीसँग मिलेर ‘दिदीको पाउ ढोग’बोलको गीत सार्वजनिक गरेका थिए ।
rashmi naresh
महिलाहरुको महान चाँड तीज नजिकिदैँ गर्दा लोकदोहारी गायक–गायिकामा तीज गीत निकाल्ने लहर नै चलेको छ । जसअनुरुप गोपालको दुई तीज गीत एकसाताभित्र सार्वजनिक भएका हुन् । ‘हरिया चुरा’मा पनि ‘दिदीको पाउ ढोग’मा अभिनय गरेका मोडलद्धय रश्मी तामाङ र नरेश जोगीले नै अभिनय गरेका छन् । यसअघिको गीतमा दिदीभाई बनेर नाँचेका रश्मी र नरेश ‘हरिया चुरा’मा प्रेम जोडीका रुपमा नाचेका छन् ।
युवराज थापा र कल्पना कार्कीले सँयुक्त रुपमा लेखेको यो गीतमा युवराज थापाको संगीत रहेको छ । गीतको भिडियो निर्देशन विक्रम चौहानले गरेका हुन् ।
भिडियो हेर्नुस् :



Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget