Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

पप अप साथीहरुको कथाः – यौन तथा प्रजनन् स्वास्थ्यको बारेमा गरिएको कुराकानी

 पप अप साथीहरुको कथाः – यौन तथा प्रजनन् स्वास्थ्यको बारेमा गरिएको कुराकानी
मेरी स्टोप्स इन्टरन्याशनल नेपालले युवा तथा किशोरकिशोरीलाई सुखी र सुरक्षित बनाउन विविध कार्यक्रम गर्दै आएको छ । यसै अन्तर्गत पप अप भोलुन्टेयरले विभिन्न समुदाय, स्कूल र कलेजमा गएर यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी कक्ष सञ्चालन पनि गर्दै आएका छन् । धेरै युवा तथा किशोरकिशोरीको खुल्दुली मेटाउने पप अप साथीहरुको आफ्नो कथा कस्तो छ र उनीहरुले कसरी काम गरिरहेका छन् भनेर हामीले कुराकानी गरेका छौं । नेहा भटट्राई विराटनरको पप— तपाईलाई पप बन्ने रहर चै किन लाग्यो ? मलाई यूथहरुसंग काम गर्न मन लाग्छ त्यसैले मैले यो क्षेत्रमा काम गर्ने ईच्छा व्यक्त गरे । झन तालिम पछि फिल्डमा गएर काम गर्न अझ धेरै सजिलो भयो । हाम्रो समुदायका धेरै व्यक्तिलाई हाम्रो परिवार कस्तो बनाउने,बच्चा कहिले र कति जन्माउने भन्ने कुराको बारेमा खासै जानकारी हुन्न । त्यस कारणले नचाहादा नचाहादै गर्भ रहने, गर्भपतन गराउने धेरै भैरहेको छ । त्यस्तो देख्दा म आफैलाई दुख लाग्छ, किनकी उनीहरुलाई अस्थायी साधनको बारेमा जानकारी नभएको कारण यस्तो भएको हो । यो बारेमा हामीले होस्टेल, स्कुल, कलेजहरुमा जानकारी गराउँदै आएका छौ । अजय श्रेष्ठ पोखराको पप अप म आफै पनि युवा भएको कारणले मलाई पनि युवासंग काम गर्ने रहर थियो । मैले यस्तो एउटा अवसर पाए जहाँ जानेको कुरा नबुझेका युवालाई सिकाए र म आफुले पनि नयाँ कुरा सिक्ने अवसर पाए । यौन तथा प्रजनन् स्वास्थ्यको बारेमा मात्र कुरा गर्दा परिवारमा केहि भन्नु भएन ? सुरुमा त गाह्रो भएको थियो । मेरो परिवारलाई पनि यौन तथा प्रजनन् स्वास्थ्यको बारेमा जानकारी नहुदा । तर अहिले मेरो परिवारको पुरा सर्पाेट छ मलाई । मेरो फुर्सद नभएको बेलामा गाँउका अन्य मान्छेलाई पनि परिवार नियोजनको बारेमा जानकारी गराउनु हुन्छ । काम गर्दै जादा रमाईलो लागेको कुरा ? काम गर्दै जादा धेरै साथीहरु बनाउने अवसर पाए । विभिन्न ठाँउमा विभिन्न किसीमका साथीहरु पाए । उनिहरुको फरक—फरक किसीमका समस्याहरु हुन्छन् । समस्याको समाधान कसरी गर्ने भन्ने बारेमा एक अर्कामा परिचित हुदै जान्छौ अनि रमाईलो लाग्छ । काठमाडौको पप अप अमृत विष्ट — म पहिला देखि नै महिला तथा बालाबालिकासँग काम गरीरहेको थिएँ । तर, नयाँ क्षेत्रमा काम गर्ने रहर थियो त्यही बेलामा नयाँ पप अपको लागि आवेदन खुलेको रहेछ । पुरानो पपअप साथीहरुबाट जानकारी पाएँ । मेरो पनि यहि क्षेत्रमा काम गर्ने चाहानाले गर्दा म यो क्षेत्रमा आएको हो । यौन तथा प्रजनन् स्वास्थ्य मेरो लागि नयाँ विषय हो । म मात्रै होईन धेरै युवाहरुको लागि यो विषय नयाँ हुनसक्छ । जानकारी भएन पनि यौन तथा प्रजनन् स्वास्थ्यको विषयमा खासै खुलेको बोलेको पाईदैन । अनि फेमली प्लानिङ मेरो लागि एकदमै नौलो विषय हो । सुरक्षित गर्भपतनको बारेमा पनि जानकारी पाएँ जुन मेरो लागि नौलो र काम लाग्ने विषय थियो । पहिला यसको बारेमा तपाईको सोच के थियो ? मलाई धेरै लाज लाग्थ्र्याे । कसैले कण्डमको बारेमा मात्र कुरा ग¥यो भने पनि म त्यो मान्छेसँग लाजले बोल्ननै सक्दैन थिए । अहिले म यहि क्षेत्रमा काम गर्ने हँुदा यौन तथा प्रजनन् स्वास्थ्यको विषयमा जे कुरा आए पनि मलाई लाज लाग्दैन । आफुले पनि बुझेको छु र साथीहरुलाई पनि यो विषयमा बुझाउन सकेको छु धेरै राम्रो लागेको छ मलाई । काठमाडौको पप अप प्रनिता शाक्य  –तपाईलाई पपमा लाग्नको लागि कुन कुराले प्रोत्साहित गरेको थियो ? समुदायमा भएको निती नियम तोडेर पपअप मा आएको हो की जस्तो लाग्छ कहिले काहि म आफुलाई पनि । हाम्रो समुदायमा महिनावारी हुदा धारामा नजा है भन्ने धारणा अझै छ भने यौन तथा प्रजनन् स्वास्थ्यको कुरा त धेरै गाह्रो भयो । त्यस्ता धेरै समस्याहरु हाम्रो समुदायमा छन् । विस्तारै सबै कुरामा परिवर्तन ल्याउनु पर्छ भन्ने सोचको विकास भयो । पपअपमा मेरो साथीहरु अनि दाईहरु पनि हुनुहुन्थ्र्याे । उहाँहरुको कुरा सुनेपछि म यो क्षेत्रमा लागें भने मेरो समाजमा परिवर्तन हुनसक्छ भन्ने सोचका साथ म यो क्षेत्रमा लागेको हो । अहिले परिवर्तन पनि भएको छ । कहिले काहि मेरो ब्यागमा कण्डम देख्दा मेरो ममीले सोध्नु हुन्थ्र्याे के बोकेको छोरी यस्तो भनेर । मैले मेरो परिवारलाई पनि यौन तथा प्रजनन् स्वास्थ्यको बारेमा राम्रोसँग सम्झाएँ । मेरो समुदाय भन्दा अर्काे समुदायमा मैले यौन तथा प्रजनन् स्वास्थ्यको बारेमा जानकारी गराउँदै आएको थिएँ । अनि म मेरो समुदायमा पनि यो कुराको बारेमा जानकारी गराउन चाहन्छु भनेर जब मैले प्रस्ताव राखें अनि मेरो परिवारले विवाह हुनु भन्दा पहिलानै यस्तो कुरा गर्ने, विवाह पछि के हुन्छ भन्ने जस्ता धेरै कुराहरु गर्नुभएको थियो । अनि मैले समुदायमा यौन तथा प्रजनन् स्वास्थ्यको विषयमा कक्षा सञ्चालन गरेंं । त्यसपछि अहिले सामान्य तरीकाले मलाई कण्डम चाहिएको थियो ल्याईदेऊ भन्ने सम्मको मान्छे हामीले त्यही समुदायमा भेटेका छौ । त्यस्तो कुराले चंै एकदमै गर्भ लाग्छ आफैं प्रति । सबिना थापा वीरगञ्जको पपअप — के सोचले पप बन्न लाग्नु भएको हो ? वीरगञ्ज सहर भएपनि चेनताको अभाव भएको ठाँउ हो । शिक्षाको धेरै कमी छ । त्यस्तै समुदायका कारण पनि यौन तथा प्रजनन् स्वास्थ्यको बारेमा खुलेर कुरा गर्न चाहदैनन् । पप अप बनेर मेरो समुदायमा परिवार नियोजन, प्रजनन् स्वास्थ्यको बारेमा जानकारी गराउन पाएँ भने केहि हदसम्म मेरो समुदायमा परिवर्तन हुन सक्छ की भन्ने उदेश्यले म पप अप बनेको हो । समुदायमा मात्रै होईन हामी पप अपहरुको व्यक्तिगत जीवनमा पनि लागु हुने कुरा हो । हामीले जानेको कुरा अरुलाई सिकाउनु पर्छ जस्तो लागेर म यो क्षेत्रमा लागेको हो । तराई समुदायमा यौन तथा प्रजनन् स्वास्थ्यको कुरा झन चुनौती पुर्ण होला ? मलाई धेरै चुनौती आएको थियो । एकतः मेरो भाषा र उहाँहरुको भाषा मिल्दैन बुझाउन नै धेरै गाह्रो । म धेरै नेपाली बोल्छु तर, त्यहाँका स्थानीय भोजपुरी भाषा बोल्नुहुन्छ । अहिले यौन तथा प्रजनन् स्वास्थ्यको बारेमा जानकारी गराउनको लागि अलि सहज हुन थालेको छ । पपको लागि आवेदन दिदानै मैले म यस्तो क्षेत्रमा काम गर्न लागेको छु भनेर बाबा, ममीलाई जानकारी गएको थिएँ । मलाई परिवारले पनि सहयोग गरिरहेको छ । सिमा रौनियार विरगंञ्जको पप अप — काउन्सेलीङको कुरामा मलाई समस्या छैन । स्थानीय भाषा म पनि बोल्छु र उहाँहरुलाई पनि सजिलो त्यही भाषा लाग्ने हो । सुरुमा नै त कसैले पनि मान्नु हुँदैनथ्यो । तर, विस्तारै उहाँहरुले पनि हाम्रो कुरा सुन्न थाल्नु भयो । विद्यालयमा यौन तथा प्रजनन् स्वास्थ्यको बारेमा कक्षाको लागि हामीलाई समय दिनुप¥यो भन्दा विद्यालयले पनि समय दिन नमान्न,े हाम्रो कुरा वेवास्ता गर्नुहुन्थ्र्याे । तर हामीले कक्षा लिन थालेपछि शिक्षकहरुले पनि तपाईहरुको यौन तथा प्रजनन् स्वास्थ्यको विषयमा जानकारी गराउने तरीका धेरै राम्रो छ भन्नुहुन्छ । विद्यालयमा यौन तथा प्रजनन् स्वास्थ्य बारेमा कक्षा हुने भएपनि हामीले खुलेर पढाउन सकेको छैनौं भन्नुहुन्छ शिक्षकहरुले । अनि यौन तथा प्रजनन् स्वास्थ्य पढाउने दिनमा पढ भनेर हामी बाहिर जान्थ्र्याै भनेर शिक्षहरुल ेनै हामीसँग भन्नु भएको छ । महिनावारीको विषयमा जानकारी गराउँदा झनै खुशी हुनुभयो । रिशिकेश यादव —पप अप वीरगञ्ज वीरगञ्जमा कलेज, स्कुलमा कम समस्या हुन्छ । अनि समुदायमा अलि धेरै, अनि गाँउमा क्लबहरुसँग मिलेर काम गर्दा झन् धेरै समस्याहरु आउने गरेका छन् । कक्षा सञ्चालन गर्दा युवा ,युवातीसँगै अविभावक पनि आउनु हुन्छ । अनि यौन तथा प्रजनन् स्वास्थ्यको बारेमा जानकारी गराउँदा अविभावकहरु यिनीहरुले हाम्रो छोरा —छोरी विगार्ने काम गर्न लागेको भन्नुहुन्छ । हामी जवर जस्ती कुनै पनि यौन तथा प्रजनन् स्वास्थ्यको समान बाँड्दैनौ । सबैको माग अनुसार नै हो । हामीले तपाईहरुको छोरा छोरीलाई बिर्गाने काम गरेको होईन । उहाँहरुकै राम्रो को लागि यस्तो गरेको हो भन्दा पनि होईन मेरीस्टोपले यिनीहरुलाई यो सित्तैमा दिईरहेको छ त्यही भएर यस्तो गरेको हो भन्ने कुरुाहरु आउँछन् । अहिले पनि तराई समुदायमा यौन तथा प्रजनन् स्वास्थ्यको बारेमा सकारात्म परिवर्तन आएको भने छैन । मैले स्वास्थ्य विषयमा नै अध्ययन गरेको हो । यौन तथा प्रजनन् स्वास्थ्यको विषयमा मलाई अझ धेरै जान्नु थियो । त्यसैले पप बनेको हो । पहिला फिल्डमा जाँदा के भन्ने कसरी कुरा गर्ने, धेरै गाह्रो हुन्थ्र्याे । हामीले कार्यक्रम गर्दा धेरै गल्तीहरु पनि भएका थिए । अहिले राम्रो भएको छ । मेरो बाबा पनि स्वास्थ्य क्षेत्रमा नै काम गर्नुहुन्छ त्यसैले परिवारमा खासै समस्या छैन । पोखरा पप अप गोविन्द पौडेल– किन पप अप बन्नु भयो ? म यो क्षेत्रमा लागेको साढे दुई वर्ष भयो । मलाई यो एउटा सामाजीक काम हो, यौन तथा प्रजनन् स्वास्थ्यको बारेमा जानकारी हुन्छ भन्ने थाहा थियो । त्यसैले म पप अप भोलेन्टीअरमा लागेको हो । यो क्षेत्रमा लागेर मेरो परिचय बनाउन सक्छु भन्ने उदेश्यले म यसमा लागेको हो । यो कुराको बारेमा अविभावकले के भन्नु भयो ? मेरो परिवारले पनि जीवन उपयोगी सीप अर्थात शिक्षा हो भने काम गर्दा हुन्छ भन्नु भयो । हामीले परिवार नियोजनको बारेमा जानकारी गराउँदै आईरहेका छौं । युवाहरुलाई परेको समस्याको बारेमा फोन गर्न सक्नुहुन्छ जस्को लागि टोल—फ्री नम्बर पनि हामीले राखेका छांै । समस्या तपाईको छ भने समाधान हामी गर्नेछांै भनेर हामीले उहाँहरुलाई सल्लाह सुझाव दिदै आईरहेका छौं । अब कोहि नयाँ साथीलाई पप अप बन्न मन छ भने के के गर्नुपर्ने हुन्छ ? नयाँ साथीहरु पप अप बन्न चाहनुहुन्छ भने, उहाँहरुले पनि यसरी नै सामाजीक रुपमा काम गर्न सक्नुपर्छ । समस्या लिएर आउँदा यस्तो पनि समस्या भन्नु हुँदैन । बरु समाधान गर्न सक्नु पर्छ । काम गर्ने समयमा धेरै रमाईला पलहरु पनि होला एउटा सुनौन ? पोखरामा धेरै खुकुम्बासी बस्तीहरु छन् । त्यस्ता बस्तीहरुमा धेरै बालबालिकाहरु जन्मिएका हुन्छन् । सुकुम्बासी बस्तीमा बस्नुहुनेहरु थाहा हुन्न परिवार नियोजन भनेको के हो, कहाँ गए परिवार नियोजन निशुल्क हुन्छ भन्ने कुरा । हामी त्यस्तो बस्तीमा गयांै । उहाँहरुसँग कुराकानी भयो र त्यसपछि हाम्रो कार्यालयमा आएर सेवा लिनु भएको थियो । हाम्रो सेवाबाट उहाँहरुको जीवन राम्रो हुँदा हामीलाई खुशी लाग्छ । युथ एनएम तारा ढकाल, विराटनगर हाम्रो मेरीस्टोप सेन्टरमा एक जना यूवा आउनु भएको थियो । उहाँको अुनहारबाट नै थाहा भयो की केहि समस्या परेर आउनु भएको हो भन्ने । उहाँले आफ्नो समस्या भन्न खोज्नु भएको थिएन । मैल उहाँलाई सम्झाए जे समस्या छन् भन्नुस् तपाईको जस्तो समस्या भए पनि हामी समाधान गर्ने छौं, तपाईको समस्या हामी गोप्य राख्छौं भनेपछि उहाँले आफ्नो समस्या भन्नुभयो । अनि उहाँ लगातार तीन दिनसम्म आउनु भयो । पछि उहाँ धेरै नै खुशी हुनुभयो । अनि यस्तै गाँउमा गएर क्लास सञ्चालन गरिरहँदा एकजना कलेज पढ्ने भेटें । उनले म विवाहित हँु, म अहिले बच्चा जन्माउन चाहान्न तर मेरो श्रीमान परिवार नियोजनको साधन अपनाउन मान्नुहुन्न भन्नुभयो । उहाँको श्रीमान् पनि त्यहिं हुनुहुँदो रहेछ । मैले दुबै जनालाई सम्झाएँ । पछि भोलिपल्ट हाम्रो कार्यालयमा आएर ईम्प्लान्ट लगाएर जानुभयो । तुलशी शाह विराटनगरको पप अप — तपाई किन पप बन्नु भएको हो ? म पप बन्दै छु भन्ने कुरा मलाई नै थाहा थिएन । मैले काम गर्न थालेको दुई वर्ष भयो । मेरी स्टोपले आवेदन खुल्ला गरेको थियो । मैले पनि त्यहाँ आवेदन दिएँ । तर मलाई नै थाहा थिएन मेरी स्टोप भनेको के हो भनेर । अनि जस्ले मलाई फारम भर्न लगाउनु भएको थियो उहाँसँग गएर बुझे । अन्तवार्तामा पनि म पास भएँ । पछि तालिम पाएँ । अनि थाहा भयो मैले युवाहरु कै लागि काम गर्नुपर्ने रहेछ भनेर । पहिला त धेरै चुनौतीपूर्ण भयो । हामी फरक—फरक समुदायमा जानुपर्ने हुन्थ्र्याे । कहिले मुस्लीम, कहिले कृषचियन समुदायमा जानुपर्ने हुन्थ्र्याे । अनि सुरक्षित गर्भपतनको बारेमा कुरा गर्नुपर्ने हुन्थ्यो । अनि यो काम नै खतम छ भन्दै कतिले त मेरोस्टोपको काम नगर्नु पनि भने । तर मेरी स्टोपले धेरैको जिन्दगी बचाएको छ । माई वडी, माई च्वाईस भनेको त राम्रो हो नि । धेरै लाईफ सेफ भएको छ भन्ने आफैले सोचें । पछि मुस्लीम समुदायमा के थाह भयो भने गर्भपतन गर्न नपाईने भनेर कुरानले भनेको रहेछ । तर परिवार नियोजको साधन त प्रयोग गर्न सकिने भन्ने कुरा आयो । हामीले त्यहि अनुशार सम्झायौं । कृषचेन समुदायमा जाँदा तपाईहरु यूरोपियन यूनियनको पैसा खाएर यस्तो कुरा गर्न आउने भन्ने आरोप पनि लगाउनु भयो । अनि स्कुलमा ९—१० कक्षामा पढ्ने विद्यार्थीहरुले पनि आफ्नो जिज्ञासा राख्नुहुन्थ्यो । मेरी स्टोपलाई विश्वास गरेरे धेरै जिज्ञासाहरु लिएर आउनु हुन्थ्र्याे । यो क्षेत्रमा लाग्नको लागि अविभावकहरुको पनि जरुरी हुन्छ । मैले म्यानेजमेन्टमा विविएस गरेको हो । मेरो बैँकमा जागिर खाने रहर थियो तर मेरीस्टोपमा लागे पनि मलाई यहि क्षेत्र राम्रो लागेको छ । कहिले काहि काम गरिरहँदा हाम्रो आफ्नै लाईफको प्लानिङ परिवर्तन हँुदोरहेछ भन्ने कुरा मलाई थाहा भयो । युथ एन एम सीता श्रेष्ठ, पोखरा — पोखराको बारेमा भन्ने हो भने किशोर किशोरीहरु यौन तथा प्रजनन् स्वास्थ्यको बारेमा चासो लिनेहरु धेरै छन् । यहाँ धेरै सेक्स वर्कर युवा छन् । तर यौन तथा प्रजनन् स्वास्थ्यको बारेमा जानकारी भने काहिंबाट पनि पाइरहेका थिएनन् । हिबाट पनि नपाई रहेको अवस्थामा हामीले जानकारी गराएका थियौ । अनि हप्तामा एक दिन आएर कार्यक्रम गर्दीनु होला भन्नुहुन्छ । हामीले फ्रि मा कण्डम दिने हुदा हामी बाटनै लानुहुन्छ । पबित्रा कोईराला — विद्यार्थीहरुलाई कस्तो हुन्छ भने उनिहरु महिनावारी हुदा अथवा कसै संग यौनसम्पर्क भएको छ भने कुरा राख्ने मान्छे कोहि पनि नहुदा हामी कलेजमा जादा ,के छ जिज्ञासा भन्दा एमदमै खुलेर कुरा गर्नुहुन्छ । हामी पनि हाम्रो बच्चाहरुसंग यस्ता कुरा गर्देनौ अरुले पनि गर्नुहुन्न । हाम्रो बालबालीकाले पनि यस्तो प्रश्न कहिले गर्ने पनि होईन । त्यही भएर यौन तथा प्रजनन् स्वास्थ्यको बारेमा ४ वटा जिल्लामा मात्र होईन अन्य जिल्लामा पनि संचालन गर्न जरुरी छ । जो नयाँ आउनु हुन्छ यो क्षेत्रमा पहिला त तपाईले प्रतिस्पर्धा गर्न स्क्ने क्षमता बोकेर आउनु होला अनि यो क्षेत्रमा लागे पछि अन्य क्षेत्रमा जानको लागि पनि तपाईलाई सजिलो हुने छ । अविभावकले कसरी प्रोत्साहित गर्न सक्नुहुन्छ त छोरा—छोरीलाई ? हामीले कार्यक्रम संचालन गर्दा अविभावकलाई पनि संगै राख्न जरुरी छ । एउटा कार्यक्रममा महिनावारी भनेको के हो ? महिनावारीको समयमा प्रयोग गर्ने कपडा तथा प्याड प्रयोग पछि के गर्नुपर्छ जस्तो धेरै कुराको बारेमा हामीले जानकारी गराएका थियो । जानकारी भएर पनि गर्न नचाहने तथा कार्यान्वयन गर्नेको लागि परिवारको सर्पाेट नमिल्दा समस्या परेको महिलाहरुले धेरै कुरा बुझ्नु भएको थियो । भनेपछि, यौन तथा प्रजनन् स्वास्थ्यको बारेमा युवा तथा किशोरकिशोरीले जान्न उत्तिकै आश्यक छ ? सबैले यो कुरा जान्नलाई जरुरी हुन्छ । ३० वर्ष कटे पछि महिलाहरुमा पाठेघरको समस्या देखिने सम्भावना धेरै हुन्छ । यो कुराको जानकारी किशोरावस्थामा नै भयो भने समस्या नहुन पनि सक्छ । हाम्रो समुदायमा यौन हिँसा बढ्नुको कारण पनि कुरा नबुझेर नै हो । 

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget