Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

जय ओलिदेब बाबा

जय ओलिदेब बाबा
समाचार बुटवलबाट आएको हो । देवीप्रसादले बिहानै बाथरूममा झुक्किएर धारा खोल्दा हललल पानि आए पछि खुशिले आत्तिदै श्रीमतीलाई सुनाए । श्रीमतीले यो कुरा जाँच गर्न भान्सामा धारा खोल्दा धाराबाट हललल दुध आयो । उनले छिमेकीलाई सुनाइन् । छिमेकीले जाँच्दा धाराबाट ग्यास निस्क्यो । त्यसैमा उसले खाना पकाइन् । उनले खुसी भएर अरबमा भएका श्रीमानलाई सुनाउन खोजीन् तर चार्ज नभएर ल्यापटप खुलेन र बिजुलि आउन अझै चार घण्टा बाँकी थियो । तर अचम्म हावाबाटै ल्यापटइप चार्ज भयो र उनले श्रीमान् सँग कुरा गरिन । बिदेशमा भएका श्रीमानले यो सबै ऒलिदेब बाबाले गर्दा भएको हो भन्ने चाल पाएर ५०० पर्चा छापेर बाडन श्रीमतीलाई अराए । श्रीमतीलाई ऒलिदेब बाबाको गुणगान गाउँदै ५०० पर्चा छापेर बाडिन् उनको बिग्रेको नोकिया ११०० मोबाइलमा वाइफाइ आयो र जस्तो सुकै पासवर्ड पनि ह्याक गर्न थाल्यो । यो खबर थाहा पाएका गुल्मीका एक ब्यक्तिले १००० पर्चा बाडे उनको इनारमा पानीको सट्टा पट्रोल आउन थाल्यो । पाल्पाका एक ब्यक्तिले २०० पर्चा बाडे हेर्दा हेर्दा उनको बारीमा रात भरिमा स्याउ, सुन्तला, आप लटरम्म् भयो । कपिलवस्तुमा ३०० पर्चा बाडेका मिथिलेसको खेतमा खनेको कुलोबाट बिजुलि निस्क्यो । यो खबर झुटो भनि पर्चा च्यातेका गोर्खाका तोरणको भर्खरै किनेको आइफोन माइक्रोम्याक्समा बदलियो । त्यस्तै डडेल्धुराका डमरू प्रसादले पर्चा च्यात्दा मोटरसाइकल साइकलमा बदलियो । अरू जस जसले यो खबर झुटा हो भने सबैको केहि न केहि खति भयो । तपाइ यो खबर अरूलाइ बाडनु होला रातभरिमा अचम्मको खबर आउने छ । जय ओलिदेब बाबा । स्रोत : नेपाल समाचार दैनिकमा छापिएको यो सामाग्री हामीले हरी सिम्खडाको फेसबुकबाट लिएका र्हौ । 

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget