Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

फेसबुक मालिकले दिनमा कमाउँछन् ४६ करोड ,संसारका १० धनी व्यक्तिको दैनिक कमाई कती ?

फेसबुक मालिकले दिनमा कमाउँछन् ४६ करोड ,संसारका १० धनी व्यक्तिको दैनिक कमाई कती ?

४६ करोड कुनै सानो रकम हैन । यो रकम जीवनभरमा कमाउन पनि मुश्कील पर्छ । तर फेसबुक मालिक जुगबर्गले एक दिनमै यति कमाउँछन् । जुगरबर्ग कमाईको मामीलामा  संसारका सबैभन्दा धनी बिल गेटस् भन्दा पनि अघि गएका छन् । फोेब्र्समा छापिएको खबर अनुसार मार्क एक दिनमा ४६ करोड २ लाख नेपाली रुपैयाँ कमाउँछन् । उनको यो कमाई संसारका सबैभन्दा धनी व्यक्ति बिल गेट्को भन्दा १० करोड बढी छ । ३२ बर्षीय मार्क जुगरबर्ग दिनहुँ ४४ लाख अमेरकी डलर कमाउँछन् । जसको नेपाली ४६ करोड २ लाख हुन आउँछ । एक अन्र्तवार्तमा उनले कुरा अरु तपाईको बारेमा के थाहा पाउन चाहन्छन् भन्ने हैन । कुरा मानिसहरु आफ्नो बारेमा के बताउन चाहन्छ् भन्ने हो । फेसबुकले पाएको सफलता पछि उनी २००७ मा अरबपती बनेका थिए । त्यस समयमा उनी मात्र २३ बर्षका थिए । जुगरबर्गसँगै संसारका १० धनी ब्यक्तिको दैनीक कमाई कती छ थाहा पाउन तलको सामाग्री पढ्नुहोस् । बिल गेट्स दिनमा  सबैभन्दा धेरै कमाउनेको दोस्रो नम्बरमा छन् विल गेटस् । उनी माईक्रोशफ्टका को –फाउंडर हुन् । ६० बर्षीय बिले विश्वकै सबैभन्दा धनी व्यक्तीको सुचिमा छन् । उनी दिनहुँ ३५ लाख डलर कमाउँछन् । जसको नेपाली ३६ करोड ८ लाख हुन आउँछ । जेफ बेजोस ६० बर्षीय जेफ बेजोस अमेजन डट कमका मालिक हुन् । उनी दिनहुँ ३३ लाख अमेरीकी डलर कमाउँछन् । जसको नेपाली रुपैयाँ ३५ करोड हुन्छ । उनी बितेका दिनमा भएका गलत कुराहरुलाई राम्रो अनुभव सम्झेर अघि बढ्ने गर्छन् । जेफले १९९४ मा कम्पनिको स्थापना गरेर १९९५ देखी काम शुरु गरेका थिए । उनी पहिले यसको नाम केडेब्रा डट कम राख्न चाहन्थे तर तीन महिना पछि उनले यसको नाम फेर अमेजन डट कम राखे । अमेनिको आर्टिगा स्पेनका अमेनिको फेशन बिजनेस म्यान हुन् । ८० बर्षका उनी दिनहुँ २४ लाख अमेरीकी डलर कमाई गर्छन् । जसको नेपाली २४ करोड १६ लाख हुन्छ । युरोपका सबैभन्दा धनी अमेनीकोले १९६३ मा टेक्सटाईल युनीट लगाएर सुरुवात गरेका थिए । १९८० मा उनले स्पेनलाई छाडेर अमेरीकामा आफ्नो पहिलो रिटेल स्टोर खोलेका थिए । सर्जे ब्रिन सर्जे गुगलका को -फाउंडर हुन् । ४४ बर्षको उमेरमा उनी दिनहुँ २३ लाख अमेरीकी डलर कमाउँछन् । जसको नेपाली २४ करोड हुन आउँछ । ल्यारी पेज ल्यारी  गुगलका को – फाउंडर हुन् । ४३ बर्षका लेरीले दिनमा २३ लाख अमेरीकी डलर कमाउँछन् । २४ करोड नेपाली रुपैयाँ हुन आउँछ । गुगलको सुरुवात ल्यारी पेज र सर्गेई ब्रिनले १९९८ मा गरेका थिए । उनीहरु त्यस समयमा क्यालीफोर्नीयाको युनीभर्सीटीमा पि एच डी गरिरहेका थिए । लेरीलाई बाल्यकालदेखी नै कम्पयुटर चलाउन मन पर्थ्र्यो । उनले एक पटक क्लासमा टिचरसँग दिन म कम्प्युटरमा सबै ईन्टरनेट डाउलोड गरेर राख्छु भन्दा सबैले उनलाई पागल भनेका थिए । तर उनले गुगलको स्थापना गरेर सबैको सोचलाई गलत साबीत गरिदिए । वारेन बफे वारेन वर्कसेयर हेथवेका सिई ओ हुन् । ८५ बर्षका उनी दिनमा २२ लाख अमेरीकी डलर कमाउँछन् । जसको नेपाली झण्डै २४ करोड हुन आउँछ । शेयर बजारका ईन्वेस्टर तथा वर्कसेयर हेथवेका सिई ओ वारेन ३७ लाख करोडको फंड चालाउँछन् । उनी प्राय बजार मुल्य घटेको समयमा सामान किन्छन् र मुल्य बढेको समयमा बेच्ने गर्छन् । कार्लोस स्लिम कार्लोस बयापारी तथा ईन्वेस्टर्स हुन् । उमेरले ७ दशक काटेका कार्लोसको दैनीक कमाई १९ लाख अमेरीकी डलर छ । जसको नोपली रुपैयाँ झण्डै २१ करोड हुन्छ । कार्लोसलाई सादा जीवन मन पर्छ । उनलाई महंगा शुटहरु लगाउन मन पराउँदैनथे । उनको कम्पनिले कम्प्युटर बेच्ने काम गर्छ । तर उनी भने कम्पयुटर प्रयोन गर्न मन पराउँदैनन् । उनलाई पुरानै शैलीका नोटबुक र पेन नै मन पर्छ । लेरी ईसीलन उनी ओरेकलका फाउंडर तथा सि ई ओ हुन् । ७१ बर्षीय लेरीको दैनीक कमाई १९ लाख अमेरीक डलर हुन्छ । जसको नेपाली झण्डै २१ करोड हुन आउँछ । माईकल ब्लुमबर्ग माईकल एल पिका फउंडर हुन् । उनी एक दिनमा १६ लाख अमेरीकी डलर कमाउँछन् । जसको नेपाली रुपैयाँ झण्डै १८ करोड हुन आउँछ । ७४ बर्षीय माईकल पनि विश्वका धनी ब्यक्तीमध्ये एक हुन् । -


Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget