Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

युट्युवमा ३२ लाख पटक हेरियो ‘वडा नं ६’ !

ब्यवसाहिक सफल चलचित्र ‘वडा नं ६’ युट्युवमा पनि हिट भएको छ । मे १७ मा अपलोड गरेको यो चलचित्रलाई हालसम्म ३२ लाख बढीले अवलोकन गरिसकेका छन् ।  हुन त यो चलचित्रको ‘सुर्के थैली’ बोलको गीतले यु–ट्युवमा देशमै नम्बर वान रेकर्ड समेत बनाएको छ । अहिलेसम्म गीत ८६ लाखबढी दर्शकले हेरिसकेको पाइएको छ ।magne-and-deepa
चलचित्रमा हाास्य टेलिश्रृखला ‘तितो सत्य’,‘जिरे खुर्सानी’ र ‘मेरी बास्सै’समूहका कलाकारको अभिनय रहेको छ । उज्वल घिमिरेको निर्देशन रहेको चलचित्रमा दीपाश्रीसागै दीपकराज गिरी, जितु नेपाल, प्रियंकार्की, केदार घिमिरे, सीताराम कट्टेल, सन्दीप क्षेत्री, दयाहाङ राईलगायतका कलाकारको अभिनय छ । टेलिभिजन मार्फत दर्शकको मन जितेका हाास्य कलाकारको निर्माण र अभिनय भएका पनी चलचित्र युट्यवमा पनि धेरै हेरिने निर्माण पक्षको अनुमान छ ।
चलचित्रमा माओवादी द्वन्द्वका बेलाको मार्मिक कथामा बिषयबस्तु बनाइएको छ । आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको ‘वडा नं ६’ दीपकराज गिरी र दीपाश्री निरौलाको प्रस्तुति, निर्मल शर्माको कार्यकारी निर्माण र जितु नेपाल, केदार घिमिरे, सीताराम कट्टेल, कुञ्जना घिमिरे, निशान बजगाईं, सुमन गिरीको लगानीमा तयार भएको हो । यो टिमले अहिले ‘छक्का पन्जा’ चलचित्र बनाएको छ ।

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget