Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

निर्दोस थुनामा , बलात्कारी बल्ल समातिए



सप्तरी , वैशाख २८ गते  । तेह्र बर्षीया बालिकालाई ललाई-फकाई चार सन्तानका एक पिताले यौन शोषण गरे । गाउँभरि हल्ला फैलिएपछि बालिकाको बिहेका लागि केटा खोज्ने काम सुरु भयो । तर, यौनपिपासु पुरुषले पुनः बालिकालाई आफ्नो पञ्जामा पारे । र, प्रहरीसमक्ष बिहेका लागि तयार पारिएको केटाले नै करणी गर्‍यो भन्न लगाए ।
प्रहरीले तिनै व्यक्तिको भनाइका आधारमा बालिकासँग विवाह तय भएका केटालाई नियन्त्रणमा लिई जर्वजस्ती करणी मुद्दा चलायो । केटा अहिले पुर्पक्षका लागि थुनामा छन् ।
कुनै फिल्ममा देखाइने जस्तै यो घटना यथार्थ हो । युवक विगत दुई महिनादेखि कारागारमा छन् । स्थानीयले बारम्बार यौन पिपासुमाथि कारवाहीको आग्रह गर्दा पनि प्रहरीले मानेको छैन ।
पीडित बालिका तथा थुनामा रहेका युवकका परिवारले सोमबार सदरमुकाम राजविराजमा पत्रकार सम्मेलन नै गरेका छन् । यसैवीच बालिकासँग अवैध सम्बन्ध राख्ने पुरुष भने उनै बालिकासँग आपत्तिजनक अवस्थामा फेला परेका छन् । यस्तो घटनापछि प्रहरी चकित भएको छ ।
फिल्ममा पहिला भिलेन रुपी पात्रले अरुलाई फसाउने र अन्तिममा आएर उनकै पोल खुलेझैं यो घटनाको पर्दाफास भएको छ ।
गाउँदेखि अदालतसम्म
घटना सप्तरीको कञ्चनरुप नगरपालिकाको हो । नगरको दलित समुदायकी एक बालिकासँग सोही ठाउँका ३७ बर्षीय उपेन्द्र दास तत्माले दुई बर्षदेखि नै यौन शोषण गर्दै आएका थिए ।
सानै उमेरमा अविभावक गुमाएकी बालिका दुई वर्षअघि ११ बर्षकी थिइन् । चार सन्तानका पिता उपेन्द्रले त्यही बेलादेखि बालिकासँग यौन सम्पर्क गर्दै आएको स्थानीयको भनाइ छ । गत फागुनमा उपेन्द्रले बालिकासँग दुष्कर्म गर्दै आएको गाउँलेहरुले थाहा पाएका थिए । यसपछि उनीहरुले विवाहका लागि केटा खोजेर विवाह गर्ने सोच बनाएका थिए ।
सतना नामका केटा गाउँमै फेला परे । केटा उनीसँग विवाह गर्न राजी पनि भए । तर, यसबीचमा उपेन्द्रले पुनः बालिकालाई फकाएर प्रहरीकोमा लगे र सतनाले नै करणी गरेको भन्दै उजुरी दिन लगाएको स्थानीयले पत्रकार सम्मेलनमा बताए ।
उपेन्द्रको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कञ्चनपुरले सतनाबिरुद्व जर्वजस्ती करणी मुद्दा चलायो । फागुन २८ गते मुद्दा चलाएको केही दिनमै सप्तरी जिल्ला अदालतले पुर्पक्षका लागि भन्दै थुनामा पठाउने निर्णय गरेपछि उनी अहिले राजविराज कारागारमा छन् ।
सतनालाई प्रहरीले नियन्त्रणमा लिएलगत्तै बालिकाकी आमाले आफ्नी छोरीलाई उनले केही नगरेको भन्दै चैत ४ गते नै पुनरावेदन अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरिन् । सतनाको हकमा दायर गरिएको रिट पुनरावेदनले खारेज गरिदियो ।
पुर्पक्षका लागि बहस भइरहँदा बालिकाले समेत अदालतमा निवेदन दिँदै सतनाले केही नगरेको बताइन् । तर, अदालतले हुनेवाला दुलाहालाई छाडेन । यसबीचमा बालिका तथा सतनाको परिवारले सतनालाई छोडाउन धेरै प्रयास गरे पनि सफल हुन सकेनन् । सतना कारागारमा पुगेपछि पनि उपेन्द्रले बालिकालाई शिकार बनाइरहे ।
उपेन्द्रले आफ्नी छोरीलाई यौन शोषण गरेको भन्दै बालिकाकी आमा पटक-पटक इलाका प्रहरी कार्यालयमा उजुरी दिन गए पनि प्रहरीले उजुरी लिएनन् । पत्रकार सम्मेलनमा उपस्थित उनकी आमाकी कानुन व्यवसायी सुजित पोखरेलले भने, बारम्बार उनी प्रहरीसमक्ष उजुरी दिन गइन् । तर, प्रहरीले वास्ता गरेन ।’
आपत्तिजनक अवस्थामा फेला परे उपेन्द्र र बालिका
सोमबार दिउँसो बालिका र सतनाको परिवार पत्रकार सम्मेलन गरिरहेका थिए । यही बीचमा प्रहरीले जिल्लाको बकधुवा गाविसबाट बालिका र उपेन्द्रलाई फेला पारे ।
‘फेला पर्दा दुबैजना आपत्तिजनक अवस्थामा थिए’ इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक गौरव महतले भने, दुबैजनालाई उपेन्द्रको एकजना आफन्तको घरबाट विशेष सुराकीका आधारमा नियन्त्रणमा लिएका हौं ।’
उपेन्द्र आपत्तिजनक अवस्थामा फेला परेपछि बालिका र सतनाको परिवारले भन्दै आएको कुरा पनि सही सावित भएको छ । प्रहरी निरीक्षक महतले उपेन्द्रलाई नियन्त्रणमा राख्ने र बालिकाको स्वास्थ्य जाँच गराएर परिवारको जिम्मा लगाउने बताए ।
सतना निर्दाेष हो त ?
बालिकाको परिवारले उपेन्द्रको बहकावमा परेर बालिकाले सतनाको नाम मुछेको भन्दै आए पनि प्रहरीले मुद्दा चलाएपछि उनी जेलमा छन् । अहिले सतनाको परिवारले भनेझैं उपेन्द्र बालिकासँग आपत्तिजनक अवस्थामा फेला परेका छन् ।
के सतना निर्दाेष हुन् त ? यो प्रश्नमा प्रहरी निरीक्षक महत भन्छन्, “अब हामीले भनेर हुँदैन, अदालतले भन्नुपर्छ ।’
प्रहरी निरीक्षक महतले त्यसबेला स्थानीयहरुले सतनासँग विवाह गराउन बालिका र सतना दुबैलाई एउटा कोठाभित्र थुनेको र त्यहीबीचमा बालिकाले आफूसँग जर्वजस्ती गरेको बताएको उल्लेख गरे । उनका अनुसार एउटा कोठाभित्र त्यसरी बन्द गरिनु पनि अपराध हो ।
निरीक्षक महतका अनुसार त्यसबेला प्रमाणका आधारमा सतनाबिरुद्व मुद्दा चलाइएको हो ।
यसबारेमा जिल्ला प्रहरी प्रमुख एसपी भीम ढकालसँग कुरा गर्दा उनले आफूलाई यसबारेमा विस्तृत जानकारी नभएको र बुझेर प्रक्रिया अगाडि बढाउने बताए । -  एस. के. शान , अनलाइन खबरबाट 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget