Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

गहनाले स्वास्थ्यमा पार्ने ८ फाइदा




गहना महिला–पुरुष सबैका लागि पहिलो रोजाई हुन्छ । बढी त महिला नै मन पराउँछन् । यसले शरीरको शोभामात्र बढाउँदैंन, स्वस्थ पनि राख्छ । थाहा पाउनुस् गहनाले शरीरलाई कसरी स्वस्थ राख्छ :

१. ब्लड सर्कुलेशन बढाउँछ

सुनका गहनाले शरीर सुन्दर बनाउने मात्र नभई शरीरमा रक्तसन्चार पनि बढाउँछ र शरीरमा अक्सिजनको आपुर्ति सही तरिकाबाट गर्छ । सही रक्तसन्चारले मुटुको रोगबाट बचाउँछ । यसका साथै अन्य प्रकारका रोग लाग्ने सम्भावना पनि कम हुन्छ ।

२. संक्रमणबाट टाढा राख्छ

सुनका गहनाले हरेक प्रकारका संक्रमणबाट टाढा राख्छ । साथै कुनै पनि प्रकारका घाउ पनि चाँडै नै भरिन्छ । परम्परागत रुपमा पनि सुनका गहना लगाउनाले शरीरमा इनर्जी भरिन्छ भन्ने मान्यता रहेको पाइन्छ । रक्तसन्चार सही रहँदा मृत कोषिका पनि हट्छ र नयाँ बन्न मद्धत गर्छ ।

३. आर्थराइटिसबाट आराम

अनुसन्धानहरुका अनुसार महिलाहरु उमेर बढेसंगै गहना लगाउन कम गर्छन् । यसले उनीहरुमा आर्थराइटिसको समस्या देखिन थाल्छ । त्यसैले सुनका गहनाले आर्थराइटिसको समस्यामा आराम मिल्छ । जोर्नीमा हुने आर्थराइटिसको समस्या उमेर वृद्धिसंगै देखिन थाल्छ ।

४. शरीरको तापमान नियन्त्रित गर्छ

सुनका गहना मौसम र स्थानअनुसार तापमानलाई नियन्त्रित गर्छ । चिसोमा शरीरलाई तातो र गर्मीमा शितल राख्न मद्धत गर्छ । यसले शरीरको प्रतिरोधी क्षमतालाई पनि राम्रो बनाउँछ ।

५. सबै खालका छालाका लागि फाइदाजनक

सुनमा हुने कयौं प्रकारका खनिजका कारण यो नन–टक्सिक हुन्छ र कुनै पनि प्रकारको धातुमा सम्पर्कमा आउदा पनि रियाक्ट गर्दैन । यसलाई लगाउँदा हाइदेखि लिएर सेन्सिटिभ सबै प्रकारको छालाका लागि फाइदाजनक हुन्छ । यसको कुनै साइडइफेक्ट हुदैंन ।

६. तनाव कम गर्छ

सुनमा तनाव कम गर्ने तत्व पनि हुन्छन् । पुरानो जमानामा तनाव कम गर्न र मानसिक शान्तिका लागि महिलाहरु बढी सुनका गहना लगाउने गर्थे । यसले शरीरलाई आराम दिलाउने काम गर्छ ।

अन्य सौन्दर्यसाधनले के–के काम गर्छन् ?

निधारमा लगाइने टीकाले एकाग्रता बढाउने काम गर्छ । कानको मुन्द्रीले नाक–कान–घाँटीको समस्यामा फाइदा हुनुका साथै मुटु र कलेजोसम्बन्धी समस्या पनि कम गर्छ । इनर्जी सन्चार हुन्छ । गलामा सुनको चेन लगाउँदा ढाडको माथिल्लो भागसम्बन्धी समस्याबाट मुक्ति मिल्छ । औंठी लगाउँदा दाँत, जिब्रो, कान, छाति र अनिद्रासम्बन्धी समस्या समाधान हुन्छ । - स्वास्थ्य खबर पत्रिकाबाट
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget