Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सरकार फेर्न सक्ने सामर्थ्य मसँग छैन: राजदूत उपाध्याय

काठमाडौँ, बैसाख २९ गते । घरफिर्तीको तयारीमा रहेका राजदूत दीपकुमार उपाध्यायले बाहिरी प्रचारमा आएजस्तो आफूसँग सरकार फेर्न सक्ने वा सरकार बिरोधी गतिबिधिमा लाग्न सक्ने सामर्थ्य नरहेको बताएका छन् ।


भारतीय मिडियासँग बाराखम्बा रोडस्थित नेपाली दुतावास कक्षमा मंगलबार अपरान्ह कुराकानी गर्दै राजदूत उपाध्यायले ‘कसले कुन मन्चमा उभिएर के आरोप लगायो भनेर त्यसको पिछा गर्नुभन्दा आफू नेपाल सरकारको मन्त्रीपरिषद् र परराष्ट्र मन्त्रालयको औपचारिक निर्णयको आधार पहिल्याउन’ लागीपरेको बताए । ‘एउटा राजदूत भनेको सरकारले पठाएको प्रतिनिधि मात्रै हो, मेरो राजनीतिक नियुक्ती भएकाले कुनै पनि बेला मलाई फिर्ता बोलाइनु अनौठो होइन,’ उनले भने—‘तर म अब राजदूतको हैसियतमा नरहेपनि नेपाल–भारत सम्बन्धको स्थायित्व र सुदृढिकरणमा सधैंभर लागिरहने छु ।’
उनले भारतीय पत्रकारले हरेकपटकको भेटमा नेपाल–भारत सम्बन्धको कुरा भैरहेका बेला ‘चीन फ्याक्टर’ घुसाउने गरेको सन्दर्भ निकाल्दै भूराजनीतिक अवस्थितीका कारण पनि नेपाललाई भारतसँगको निकटताबाट अलग गर्न नसकिने बताए । ‘भारतसँग हामी इन्धनमा १ सय प्रतिशत निर्भर छौं, ब्यापार÷बाणिज्यमा ७० प्रतिशत निर्भर छौं,’ उनले भने—‘चीन–भारत हाम्रा निम्ति बिशिष्ट महत्वका छिमेकी हुन्, तर भारतसँगको भुराजनीतिक सम्बन्ध र रोटीबेटीको साइनोका कारण यो अवस्था आफैंमा अतुलनीय छ ।’

आगामी आइतबार काठमाडौं फिर्ने तयारीमा रहेका राजदूत उपाध्यायले नेपाल–भारत सम्बन्ध सुदृढिकरणमा व्यक्तिगत रुपमा प्रधानमन्त्री नरेन्द्र मोदीले पुर्याएको योगदानको स्मरण गर्दै अझै पनि आपुर्ती तथा पारवहनका क्षेत्रमा केही कठीनाइ महसुस गरिएको र द्धैपक्षीय सम्बन्धको थप सहजीकरणमा जनस्तरबाट बल पुग्नुपर्ने धारणा राखेका थिए ।
राजदूत उपाध्यायले नेपालकी राष्ट्रपति बिद्या भण्डारीको भारत भ्रमण आकस्मिक निर्णयबाट स्थगन गरिएको सन्दर्भ उल्लेख गरे । उनले राष्ट्रपतिको भारत भ्रमणको अर्को मिति छिट्टै तय हुने विश्वास ब्यक्त गरे । ‘राष्टपतिको भ्रमण स्थगन भएपछि मात्रै मैले सूचना पाएको हुँ,’ यो नेपाल सरकारले गर्न सक्ने निर्णय हो,’ उनले भने । तर, राष्टपतिको भ्रमण स्थगनसँगै यही कारणले आफूलाई फिर्ता बोलाइएको हो भन्नेमा आफू आश्वस्त नरहेको उपाध्यायले बताए । 

  • कान्तिपुर समाचार बाट
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget