Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

कूटनीतिक समुदायलाई आज प्रधानमन्त्रीको ‘ब्रिफिङ’

काठमाडौँ, बैसाख २९ गते । प्रधानमन्त्री केपी ओलीले नेपालस्थित कूटनीतिक समुदायलाई पछिल्लो अवस्थाबारे बुधबार ‘ब्रिफिङ’ गर्ने भएका छन् ।

सत्ता परिवर्तनमा कूटनीतिक चलखेल भएको बताउँदै आएको सरकारले कूटनीतिक समुदायलाई पाँचतारे होटलमा निम्त्याएर प्रधानमन्त्री स्वयंको उपस्थितिमा नेपालको आन्तरिक मामिलाबारे जानकारी गराउन लागेको हो ।
नीति तथा कार्यक्रम र आगामी बजेटबारे समेत कूटनीतिक समुदायलाई जानकारी गराइने परराष्ट्रका अधिकारीले बताए । पहिला उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले उनीहरूलाई सम्बोधन गर्ने र मन्त्रालयमा बोलाउने भनिए पनि उच्चस्तरबाटै हुनुपर्ने भन्दै प्रधानमन्त्रीले नै उनीहरूलाई उत्तर दिने गरी तयारी भएको हो । सरकारको कदम, स्थानीय निर्वाचन, बजेट तथा अहिलेको अवस्थाबारे उनीहरूको समेत धारणा लिने उद्देश्यले सरकारले यो कार्यक्रम राखेको हो ।
कूटनीतिक क्षेत्रमा चलेको हल्ला र यथार्थबारे प्रस्ट पार्ने उद्देश्य सरकारको रहेको ती अधिकारीले बताए ।


Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget