Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

चिनियाँ अधिकारीहरू रुखा : एलिजाबेथ

लण्डन  , जेष्ठ १ गते । महारानी एलिजाबेथले चिनियाँ अधिकारीहरूलाई ‘धेरै रुखो’ भनेकी छन् । गत वर्ष सी जिन पिङको बेलायत भ्रमण दौरान चिनियाँ अधिकारीहरूले ‘धेरै रुखो’ व्यवहार देखाएको भनी उनी बोलेको भिडियो रेकर्ड गरिएको छ ।

एलिजाबेथले मंगलबार बकिङघम प्यालेस गार्डेनमा आयोजित पार्टीमा एक उच्च प्रहरी अधिकारीहरूसँग यसबारे कुरा गरेकी हुन् । उनले चीनका लागि बेलायती राजदूतलाई चिनियाँहरूले गरेको व्यवहारसम्बन्धमा यस्तो टिप्पणी गरेकी हुन् ।
डेभिड क्यामरुनले सोही पार्टीमा अफगानिस्तान र नाइजेरियालाई ‘मज्जैले भ्रष्ट’ भनेको विषयले बजार तातेलगत्तै महारानीको यो अभिव्यक्ति सदृश्य सार्वजनिक भएको हो । वकिङघम दरबारले चिनियाँ उच्च प्रमण्डलको भ्रमणलाई एकदमै सफल भनेको थियो । चिनियाँ अधिकारीहरूले पनि समान प्रतिक्रिया दिएका थिए ।
बेलायत सरकारले चिनियाँ लगानी भित्र्याउने नीतिअन्तर्गत राष्ट्रपति सीलाई डाकेको थियो ।
लन्डनका महानगरीय प्रहरी प्रमुख लुसी डी ओर्सीसँग कुरा गर्ने क्रममा एलिजाबेथले भनेका ती कुरा भिडियो रेकर्ड गरिएका हुन् ।
एक अधिकारीले महारानीलाई भनेका थिए, प्रमुख डिओर्सीलाई चिनियाँहरूले निकै हेपे तर उनले आफ्नो कमान्ड कायम गर्न सफल भइन् । डिओर्सीले पनि महारानीसँग थपिन्,
‘म शान्ति सुरक्षाको जिम्मेवारीमा थिएँ तपार्इंलाई थाहा थियो कि थिएन ? एकदम कठिन क्षण थियो ।’
‘हो, मलाई थाहा थियो,’ एलिजाबेथले उत्तर दिइन् । डिओर्सीले भनिन्, ‘उनीहरूले लान्कास्टर हाउसबाट निस्केपछि भ्रमण सकियो, जतिबेला मैले अनुभव ....।’
त्यसमा महारानीको जवाफ थियो, ‘उनीहरूले राजदूतसँग पनि त्यस्तै रुखो व्यवहार गरे ।’ डिओर्सीले बिट मारिन्, ‘उनीहरू त्यस्तै हुन्, धेरै रुखा अनि मेरो विचारमा अकूटनीतिक ।’

  • कान्तिपुर समाचार बाट 

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget