Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

आजदेखि ट्राफिकको नयाँ जरिवाना लागू, जान्नुस् कुन कसुरमा कति ?


काठमाडौं , जेष्ठ १ गते  । ट्राफिक नियमलाई बेवास्ता गर्दै जथाभावी उल्लंघन गर्नुहुन्छ भने अाजदेखि सचेत हुनुहोला । सानो लापरवाही गर्दा दुर्घटनाको जोखिममा त पर्नु हुन्छ नै, ट्राफिक प्रहरीको फन्दामा पर्नुभयो भने ठूलो जरिवाना रकम पनि तुर्नपर्ने हुन्छ । आजदेखि ट्राफिक प्रहरीले लिने जरिवानामा भारी  वृद्धि भएको छ ।
अाज शनिबारदेखि लागू भएकाे नयाँ ऐनअनुसार न्यूनतम जरीवाना २५ रुपैयाँबाट फाल हान्दै ५ सय पुगेको छ । सरकारले अब ट्राफिक नियम उल्लंघन गर्नेबाट दह्रो राजश्व असुल्ने गरी ल्याएको नयाँ ऐन अाजदेखि कार्यान्वयन भएको हाे ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ मा पच्चीस रुपैयाँ देखि २ सय रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था थियो । पहिलेको कानुनमा २५ रुपैयाँबाट जरीवाना सुरु हुन्थ्यो भने ५०, १०० र २०० हुँदै सबैभन्दा बढी १ हजार रुपैयाँसम्म थियो ।
नयाँ व्यवस्थामा तीन प्रकारका मात्रै जरिवानाहरु छन् । जसअनुसार न्युनतम ५ सय रुपैयाँदेखि १५ सयसम्म कायम गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता राजेन्द्र भट्टले अनलाइनखबरलार्इ जानकारी दिए ।
न्यूनतम जरीवाना हुने कसुर पनि दोस्रो र तेस्रोपटक दोहोर्‍याए क्रमश: १ हजार र १५ सय रूपैयाँसम्म जरिवाना तिर्नुपर्ने नयाँ कानुनमा उल्लेख छ । यसभन्दा अघि सवारी साधनमा तोकिएकोभन्दा बढी मालसामान राखेमा, हेल्मेट नलगाई मोटरसाइकल चलाएमा, छतमा यात्रु बोकेमा २५ रुपैयाँ जरिवाना हुन्थ्यो । तर अब बढेर ५०० रुपैयाँ पुगेको छ ।
पहिलेको कानुनमा लाइसेन्सविना सवारीसाधन चलाएमा २०० सय रुपैयाँ जरिवाना हुने व्यवस्था भएकोमा अब १ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । मापसे गरेर सवारी चलाउनेको जरिवाना भने पुरानै अर्थात १ हजार नै कायम राखिएको छ ।
१५ सय रुपैयाँ जरिवाना तिर्नुपर्ने कसुरहरु अत्यधिक छन् । ट्राफिक इशारा वा संकेत पालना नगर्दा, एकतर्फीबाट सवारी चलाउँदा, मोड्न निषेध गरेको ठाउँबाट मोड्दा १५ सय जरिवाना तिर्नुपर्ने हुन्छ । यदि कुनै सार्वजनिक सवारी साधनले यात्रु बोक्न मानेन् वा तोकिएको भन्दा बढी भाडामा लिए पनि १५ सय जरिवाना तिर्नु पर्ने हुन्छ ।
५०० रूपैयाँका जरिवाना हुने कसुर
१. तोकिएको भन्दा बढी मालसामान राखेमा
२. सवारीको वजन हद निर्धारण क्षेत्रमा बढि वजनको सवारी चलाएको
३. सवारीको अन्य भागमा मानिस तथा मालसामान राखेको
४. प्रयोजन बिपरीत सवारी चलाएको
५. हेल्मेट नलगाएको
६. सवारी आवागमनमा बाधा पुर्याएको
७. अरु सवारीलाई खतरा हुने किसिमले सवारी राखेको
८. छतमा यात्रु बोकेको वा राखेको
१००० रूपैयाँका जरिवाना हुने कसुर
१. सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी चलाएको
२. सार्वजनिक स्थानमा बाधा पुग्ने गरी मालसामान वा सवारी राखेमा
३. दुर्घटनामा परेको सवारी तथा यात्रीको हानी नोक्सानी पुर्याएको वा सम्पर्कमा नआएको
४. मादक पदार्थ सेवन गरी सवारी चलाएको
५. सवारी चालक अनुमति पत्र प्राप्त नगरेको व्यक्तिलाई सवारी चलाउन दिएमा
१५०० रूपैयाँसम्म जरिवाना हुने कसुरहरु
१. ट्राफिक संकेत वा ईसारा उल्लंघन गरी सवारी चलाएको
२. सवारी अड्याउन निषेध गरिएको ठाउँ वा समयमा सवारी अड्याएको
३. सवारी मोड्न वा ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनि दिएको
४. सडकमा गलत साइड तर्फबाट सवारी चलाएको
५. एकतर्फि सडकमा सो विपरित सवारी चलाएको ।
६. अवस्था ठीक नभएको सवारी चलाएको ।
७. निर्धारित गतिभन्दा बढी गतिमा सवारी चलाएको ।
८. राती बत्ती नबाली सवारी चलाएको ।
९. सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा सवारी चलाएको ।
१०. नम्बर प्लेट नराखी सवारी चलाएको ।
११. सवारीको वजनको हद निर्धारण गरिएको ठाउँमा वजन भन्दा बढी वजनको सवारी चलाएको ।
१२. पेटी नबाँधी वा हेलमेट नलगाई सवारी चलाएको ।
१३. सवारीमा बस्ने वा राख्ने मानिस वा मालसामानको हद निर्धारित गरिएकोमा सो हद भन्दा बढी राखी सवारी चलाएको ।
१४. सार्वजनिक सवारीको चालकले यात्री लिन ईन्कार गरेको ।
१५. निर्धारित भाडा दर भन्दा बढी भाडा लिई सवारी चलाएको ।
१६. लापरवाहीका साथ सवारी चलाएको ।
१७. बाटो ईजाजत पत्र नलिई सार्वजनिक सवारी चलाएको । - अनलाइन खबरबाट 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget