Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

राहातको खाद्यान्न बीचमै गायब, नक्कली भर्पाइ बनाएर रकम झ्वाम्

काठमाडौ , वैशाख ३० गते  ।  २०७१ कार्तिक ८ गते परेको असिनाले अन्नबाली क्षति भएपछि सरबारबाट पीडितकालागि आएको राहतको खाद्यन्न जुम्लाको गोठी ज्युलाबाटै रातारात गायब भएको तथ्य खुलेको छ। पीडितलाई बाँडेको नक्कली विवरण बनाएर खाद्य संस्थान सुर्खेतबाट लाखाैं भुक्तानी लिएको तर राहतकाे खाद्यान्न बीचमै गायब पारिएको रहस्य बाहिर आएपछि यसबारे समिति गठन गरेर छानविन थालिएको छ।


असिना पीडितका लागि ल्याईएको राहतको खाद्यन्न कोटडाँडा गाविस–१ देखि ४ वडा सम्मका असिना पीडितले पाउनुपर्ने थियो। पीडितका लागि आएको ५४ क्विण्टल खाद्यन्न बीचमै रातारात गायब भएको हो। असिना पीडितले खाद्यन्न नपाएको र जुम्ला जिल्लाको सिंजास्थित गोठी ज्युला बजारमा गोदाममा राखिएको विवरण सार्वजनिक भएपछि जिल्ला खाद्य व्यवस्थापन समिति मुगुले पाँच सदस्यीय छानविन समिति गठन गरेको थियो। वैशाख १६ गते गठन गरिएको समितिको टोली २८ गते गोठी ज्ुयला पुगेको र लालसिंह बुढाको घरमा रहेको गोदाम हेर्दा केहिदिन अघि खाद्यन्न उठाईएको पाईएको छानविन समितिका संयोजक एवं जिल्ला प्रशासन कार्यालय मुगुका नायब सुब्बा धनप्रसाद पाण्डेले जानकारी दिए।




असिना पीडितको खाद्यन्न बुझाईसकेको भन्दै फर्जी विल–भर्पाई बनाएर सुर्खेतदेखि मुगुसम्म खाद्यन्न पु¥याउने जिम्मा लिएका पुरु दमाईले ३ हजार ३ सय चालिस क्विण्टलको ढुवानी रकम १९ लाख ५० हजार एकबर्ष अघि नै नेपाल खाद्य संस्थान सुर्खेतबाट बुझिसकेको विवरण फेला परेको छ।




कोटडाँडा गाविसका लागि आएको ३० केजी परिमाणका एक सय ८३ बोरा खाद्यन्न गोठी ज्युलामा गोदाम गरि राखिएको अवस्थामा भेटिएको थियो। गोदाममा घर मालिक लालसिंह बुढा र ईलाका प्रहरी चौकी हाटसिंजा जुम्लाका प्रहरी चौकी ईन्चार्ज गुञ्जबहादुर मगरको रोहबरमा प्रहरी मुचुल्का गरि दुईवटा ताला लगाईएको थियो। तर छानविन समिति गठन भईसके पछि रातारात गोदामको खाद्यन्न उठाईए पनि प्रहरीले कुनै चासो नदिएको समितिले जनाएको छ। घर मालिकको भाडा नदिए पछि लगाईएको ताला ढुवानी ठेकेदार पुरु दमाईले खटाएका व्यक्तिहरु सेरी गाविस वडा नम्बर ८ का जनक टमटा, जगत मल्ल र घर मालिक लालसिंह बुढाको सहमतिले ताला खोलेर खाद्यन्न लिएको प्रहरी चौकी हाटसिंजाका ईन्चार्ज मगरले बताए।




घर मालिक बुढाकाअनुसार मुगु जिल्ला सेरी गाविसका जगत मल्लले घर भाडा ९३ हजार पछाडि दिने भन्दै खाद्यन्न वैशाख तेस्रो साता ट्याक्टरमा हालेर मुगु जिल्लाको खमाले गाविस तर्फ लगेका हुन्। तर त्यसरी लिएको खाद्यन्न कुन अवस्थामा कहाँ गयो भन्ने कसैलाई जानकारी समेत नरहेको छानविन समितिका सदस्य मिलनकुमार सेजुवालले बताए । उता कोटडाँडा गाविसका स्थानीयले राहतको खाद्यन्न नपाएको भन्दै जनक टमटा, जगत मल्ल लगायतका ढुवानी कर्तालाई घेरेपछि वैशाख ३० गते बिहीबारसम्म खाद्यन्न पुर्याउने कागज ईलाका प्रहरी चौकी कोटडाँडामा गरेपनि उनीहरु सम्पर्कमा नै नरेको कोटडाँडा–३ का स्थानी खडकजंग शाहीले बताए।




राहतको खाद्यन्न ढुवानीको मुख्य जिम्मा पाएका पुरु दमाईले आफूले ढुवानीको सबै रकम टमटालाई दिईसकेको र खाद्यन्न वितरण गरेको भर्पाई समेत आफूलाई बुझाएको बताए। मुगुका निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद भटटराईले यसबारे समिति बनाएर छानविन थालिएको बताए।




गोठी ज्युलामा रहेको गोदाममा रहेको १ सय ८३ प्याक खाद्यन्न मध्ये अहिले कुहिएको तीन बोरा खाद्यन्न मात्र रहेको छ। अरु सबै खाद्यन्न रातारात गायब बनाईएको स्थानीयले बताए।

- सुमन मल्ल , नागरिक न्यूजबाट
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget