Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

आफैँ दौडिने कारले कसरी देख्छ ?


संसारका प्रख्यात कम्पनीहरूले चालकविहीन कार दौडाउने अभ्यास जारी राखेका छन्। प्रविधि कम्पनी गुगलले आफैँ हाँकिने कारको परीक्षण सफलतापूर्वक सम्पन्न गरिसकेको छ । यस्तो अवस्थामा तपाईंलाई यस्ता कार कसरी दौडिन्छन् भन्ने चासो लाग्यो भने आउनुस्, हामी सरल तरिकाले बुझाउने प्रयास गर्छौं।


आफैँ दौडिने कार मूलतः तीन वटा अत्याधुनिक प्रविधिमाथि भर पर्छन् । ती प्रविधिका कारण अगाडि अचानक आइपर्ने व्यक्ति, जनावर वा वस्तु महसुस गरी सोहीअनुसारको गति निर्धारण गर्छन् । कारमा उपयोग हुने महत्वपूर्ण सामग्री मल्टि–डोमेन कन्ट्रोलर हो । यो कारको अगाडि राखिएको हुन्छ । यसले कारमा भएको क्यामेरा, राडार र लाइ–डारले दिने सूचना विश्लेषण र संश्लेषण गर्छ । डिजिटल नक्सा र पथप्रदर्शनको डाटामार्फत् विभिन्न निर्णयहरू गर्छ ।

क्यामेरा

यसले सडकको तस्बिर खिच्छ र सो तस्बिरलाई कम्प्युटरले व्याख्या गर्छ । यसले क्यामेराले देखेका कुराहरू मात्र विश्लेषण गर्ने हुनाले यसमा सीमितता भने छँदैछ ।

राडार

सडक वरपर भएका वस्तुहरूको सूचनाका लागि कारमा भएको रेडियो तरङ्गमार्फत् सूचना लिन्छ र निर्णय गर्न सघाउ पु¥याउँछ । यसले जस्तोसुकै मौसममा पनि काम गर्न सक्छ तर वस्तु छुट्याउन भने सक्दैन ।

लाइ–डार

कारको दायाँबायाँ दुवै दिशामा रहेका बत्तीछेउमा रहेको लाइ–डार प्रविधिले राडारले छुट्याउन नसकेको वस्तु ठ्याक्कै छुट्याउँछ । सडकको कुन ठाउँमा वस्तु छ, सडकको लाइनमा पर्छ कि पर्दैन थाहा पाउँछ । यसले अँध्यारोमा पनि काम गर्छ ।

एजेंसी
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget