Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

कंगनाले सबै अरोपको खण्डन गर्दै यसो भनिन्



बलिउडमा यतिखेर कंगना र ऋतिकको जुहारी चलेको छ । यो जुहारी चलेको लामो समय भइसकेको छ तर पनि रोकिने छाँटकाँट देखिएको छैन । ऋतिकको विचार बाहिर आएसँगै अब कंगना पनि बोल्न थालेकी छिन् ।

पुर्वप्रेमी अध्ययन सुमन र उनका पिता शेखर सुमनले कंगनाका विषयमा निकै नराम्रो शब्दहरु प्रयोग गरेर प्रतिक्रिया दिएपछि उनी बोल्न बाध्य भएको बताएकी छिन् । कंगनालाई शेखर सुमनले मानसिक रोगी र कालाजादु गर्ने महिलाको संज्ञा दिएका थिए । सुमनले भनेका थिए,‘कंगना मानसिक रुपमा रोगी छ र उसले मेरो छोरालाई फसाउन काला जादु गरेकी थिइ ।’

यस कुराको खण्डन गर्दै कंगनाले भनेकी छिन्,‘मेरो प्रगतिको डाहा गर्नेहरुले जे सुकै भनुन् मलाई मतलब छैन, मेरो प्रगतिमा जल्नेहरु मानसिक रोगी भनुन या डायन भनुन् मलाई कुनै असर गर्दैन ।’ उनका अनुसार सस्तो लोकप्रियता पाउन उनको नाम प्रयोग गरिएको हो ।

उनी भन्छिन्,‘जब महिलाले कुनै प्रगति गर्छै तब उसलाई डायन, बोक्सी, मानसिक रोगी लगायत नकारात्मक विचारले बयान गर्न खोजिन्छ । मैले जे गरे म जे गर्दैछु मलाई थाहा छ र मलाई यसबारे कुनै पछुतो छैन ।’

ऋतिकसँगको प्रेमसम्बन्धमा उनले यो एकतर्फी प्रेम नभइ दुईतर्फी रहेको बताएकी छिन् । उनले ऋतिकले आफ्नो एकाउण्ट ह्याक गरी इमेलहरु समेत मेटाएको आरोप लगाएकी छिन् ।

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget