Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सामसुङको जे५ र जे७ को २०१६ एडिशन लञ्च


सोल (दक्षिण कोरिया) ,वैशाख २२ गते  । कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले दुईओटा स्मार्टफोन लञ्च गरेको छ । कम्पनीले ग्यालेक्सी जे५ र जे७ को २०१६ एडिशन लञ्च गरेको हो । यी दुवै फोन यसअघि मार्चमा सार्वजनिक गरिएको थियो । तर, त्यतिबेला कम्पनीले यसको मूल्य भने खुलाएको थिएन । ग्यालेक्सी जे५ को मूल्य २ लाख ९० हजार वन (२ सय ५४ डलर) तोकिएको छ ।
उता, ग्यालेक्सी जे७ को भने ३ लाख ६३ हजार वन (३ सय १८ डलर) कायम गरिएको छ । ग्यालेक्सी जे७ (२०१६) मा ५ इञ्चको पूmल एच्डी सुपर इमोलेड डिस्प्ले राखिएको छ । १ दशमलव ६ गिगाहर्जको अक्टाकोर प्रोसेशरका साथमा यस मोबाइलमा ३ जीबीको ¥याम र १६ जीबीको इण्टरनल मेमोरी छ । यसलाई माइक्रो एसडी कार्डका माध्यमबाट १ सय २८ जीबीसम्म बढाउन सकिन्छ ।
जे७ मा ३ हजार ३ सय एम्एएच्को ब्याट्री राखिएको छ । फोटोग्राफीका लागि यसमा १३ मेगापिक्सलको रियर र ५ मेगापिक्सलको फ्रण्ट क्यामरा जडान गरिएको छ । यो फोन सुनौलो, सेतो र गुलाबी रङमा उपलब्ध छ । उता, ग्यालेक्सी जे५ (२०१६) मा भने ५ दशमलव २ इञ्चको एच्डी स्क्रीनसहित १ दशमलव २ गिगाहर्जको क्वाडकोर प्रोसेशर र २ जीबीको ¥याम राखिएको छ । ३ हजार १ सय एम्एच्को ब्याट्री रहेको यो फोनमा कनेक्टिभिटीका लागि स्ट्याण्डर्ड फिचर पनि छ । एजेन्सी
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget