Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

देशको अवस्थाप्रति पूर्वराजा ज्ञानेन्द्रको असन्तुष्टि

नुवाकोट, जेष्ठ १ गते । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको वर्तमान अवस्थाप्रति असन्तुष्टि जनाएका छन् । 


शनिबार नुवाकोटको बट्टार बजारमा स्थानीय पत्रकारहरुसँग कुरा गर्दै पूर्वराजा शाहले देशमा शान्ति आउनुपर्ने भन्दै असन्तुष्टि जनाएका हुन् ।

‘तपाईँहरुलाई देशको अहिलेको परिस्थितिबारे थाहा छँदैछ’, पाँच सय वर्ष पुरानो भैरवी मन्दिरमा पत्नी कोमलसहित पूजा गरेपछि उनले सञ्चारकर्मीसँग भने, ‘देशमा शान्ति आउनुपर्यो । सबैले सुख पाउनुपर्यो ।



महाभूकम्पको तिथीको भोलिपल्ट आफैंले कार हाँक्दै पत्नी कोमल, बुहारी हिमानी र नाति नातिनासहित आइपुगेका पूर्वराजा शाहले पत्रकारहरुसँगको छोटो कुराकानीमा देशप्रति चिन्ता जनाउँदै अहिलेको अवस्थामा सुधार आउनुपर्ने उल्लेख गरेका हुन् ।

भैरवी मन्दिरमा पूजा गरेपछि पूर्वराजा शाहले पाँच किलोमिटर तल बिदुर बजारको रुद्रेश्वर महादेव मन्दिरमा पनि पूजा गरे ।

त्यहाँ पूजा गरेपछि उनले डेढ किलोमिटर पैदल हिँड्दै स्थानीयबासीसँग भलाकुसरी गरेका थिए । त्यसक्रममा पूर्वराजा शाह र राजतन्त्रका पक्षमा स्थानीयबसीले चर्काे नाराबाजी पनि गरेका थिए ।

त्यसक्रममा स्थानीयबासीले ‘राजा आउ देश बचाऊ’ र ‘श्री ५ महाराजाधिराज अम्बर रहुन्’ भन्दै नाराबाजी गरेका थिए ।

पृथ्वी राजामार्गको गल्छी हुँदै आफैं गाडी चलाएर मध्यान्ह १२ बजे नुवाकोट पुगेका ज्ञानेन्द्र पूजापाठ र नागरिक भेटघाट गरी साँझ सवा ५ बजे काठमाडौं फर्किए ।

महाभूकम्पको वार्षिक तिथीका भोलिपल्ट नुवाकोट आएका उनले आज महाअष्ठमीका दिन गोरखकाली पूजाको अवसरमा भैरवी मन्दिरमा दर्शन गरेका हुन् ।

उनले यसअघि राजा भएको वर्ष २०५८ असोजमा दसैंको बेलामा भरवी मन्दिरमा पूजा गरेका थिए ।

  • अन्नपूर्ण पोस्ट बाट 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget