Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

क्रान्तिकारी माओवादी विभाजित, बादल अध्यक्ष

काठमाडौँ, जेष्ठ १ गते ।  काठमाडौँः मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी शनिबार औपचारिक रुपमा विभाजित भएको छ । 


शनिबार माओवादीको नेवा राज्य समितिको कार्यालय कुपन्डोलमा बसेको केन्द्रीय समितिको बैठकमा मोहन वैद्य उपस्थित नभएपछि रामबहादुर थापा बादललाई अध्यक्ष बनाउँदै क्रान्तिकारी माओवादी विभाजित भएको हो ।



पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको एकीकृत माओवादीसँग एकताका विषयमा कुरा नमिलेपछि बादल नेतृत्वमा क्रान्तिकारी माओवादी विभाजित भएको हो ।

शनिबार कुपन्डोलमा बसेको बैठकमा १ सय १५ जना केन्द्रीय सदस्यको भौतिक उपस्थिति र एक सय ३० केन्द्रीय सदस्यको समर्थन दाबी गर्दै बादललाई अध्यक्ष घोषणा गरेको प्रवक्ता पम्फा भुसालले अन्नपूर्ण अनलाइनलाई जानकारी दिइन ।

नेता बादल पक्षले वैशाख २८ गते एमाओवादीसँग पार्टी एकता गर्ने तयारी गरेको थियो तर वैद्यलाई मनाउन भन्दै शनिबारसम्मका लागि बैठक स्थगित गरेको थियो ।

अध्यक्ष वैद्यलाई मनाउने अन्तिम प्रयास समेत असफल भएपछि बादल समूहले बादललाई अध्यक्ष बनाएर एमाओवादीसँग एकता गर्ने निर्णय गरेको हो ।

बादलको नेतृत्वमा एमाओवादीसँग एकताका लागि वार्ताटोली बनाएर एकता प्रक्रिया टुंगोमा पुर्याउने निर्णय भएको प्रवक्ता भुसालले बताइन ।

भुसालले भनिन्, ‘एकताका लागि वार्ताटोली बनाएर सम्पूर्ण विषय टुंगो लगाएर औपचारिक रुपमा एमाओवादीसँग एकता हुन्छ ।’

भुसालले एमाओवादीसँग मात्र नभएर सबै माओवादीसँग एकताको प्रयास हुने बताइन् ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget