Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

काठमाडौं एसियाकै प्रदूषित सहर

काठमाडौँ, चैत्र ७ गते । काठमाडौं एसियाकै सबभन्दा प्रदूषित सहर बनेको छ । सर्बियास्थित अनुसन्धानमूलक वेबसाइट 'नुम्बियोडटकम' 'पछिल्लो प्रदूषण सूचाकांक' अध्ययनले काठमाडौं विश्वमै तेस्रो प्रदूषित सहरमा परेको देखाएको छ ।

images (3)

अध्ययनका अनुसार काठमाडौंमा वायु प्रदुषणका साथै फोहोर र त्यसको उचित व्यवस्थापन नहुनाले हुने प्रदूषण उच्च विन्दुमा छ भने खानेपानीमा हुने प्रदूषण पनि उच्च विन्दुमा छ ।
एसियाको प्रदूषित सहरको सूचीमा काठमाडौं पहिलो नम्बरमा छ । फिलिपिन्सतको मनिला दोस्रो र भारतको नोयडा तेस्रो स्थानमा छ । बेइजिङ १३औं नम्बरमा छ । एसियाको यो सूचीको सबभन्दा पुछार ७४औं नम्बरमा जापानको टोकियो छ ।

विश्वकै दूषित सहरको सूचीमा काठमाडौं ९६.६६ अंकसहित तेस्रो स्थानमा परेको हो । विश्वकै सबभन्दा दूषित सहरमा मासेडोनियाको टेभोगो र दोस्रो स्थानमा इविप्टको सिकागो छ । दुवैको अंक ९९ प्लस छ ।

काठमाडौंसँगै छिमेकी मुलुक भारतका दुई सहर विश्वकै मुख्य १० प्रदूषित सहरको सूचीमा परेका छन् । भारतको नोयडा विश्वकै छैटौं, राजधानी दिल्ली आठौं र उत्तरी छिमेकी मुलुक चीनको ग्वान्झाओ सातौं प्रदूषित सहरमा सूचीकृत भएका छन् ।

विश्वमै प्रदूषित सहरको सूचीमा बंगलादेशको ढाका १४औं, ब्रजिलको साओ पाउलो १६औं, भारतको मुम्बई १७औं, चीनको बेइजिङ १८औं र पाकिस्तानको कराँची २०औं स्थानमा छन् ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget