
पलेटी कसेर खानेः पहिले पलेंटी कसेर भुइँमै खाना खोन प्रचलन थियो । अहिले त्यो अनुसन्धानमा पनि खाना खाने सही तरिका सावित भएको छ । भुइँमा सुकुल ओछ्याएर पलेंटी कसेर खाँदा पाचन प्रणालीमा सुधार आउँछ । खाना आफू अगाडी हुन्छ रहन्छ । पलेंटी कसेर खाँदा अगाडि र पछाडि हल्लिएर खानुपर्छ । यस्तो आसनले पेटभित्रको विकार र एसिडलाई फाल्न र पाचन प्रणालीलाई सहयोग गर्छ ।
व्रतः व्रत अर्थात्उपबासलाई धर्मसँग जोडिन्छ । तर, यसका पछाडि विज्ञानले पनि काम गरेको हुन्छ । साताको एक दिन उपबास बस्दा पेट र पाचन प्रणालीलाई आराम दिने बताइन्छछ । सातामा एक दिन नखाँदा पाचन प्रणालीलाई कमजोर हुनबाट जोगिन्छ ।
चाँदीको चम्चाले खानेः चाँदीको चम्चा पुरानो प्रचलन हो । जुन अहिले प्रयोग त्यति गरिदैन । तर, मानिसको शरिरलाई चाँदीको मात्रा पनि आवश्यक पर्छ । चाँदीको भाँडोमा खाँदा वा भाँडोले खाँदा पनि यसको केही मात्रा शरिरलाई पूर्ती हुन्छ ।
तामाको भाँडाबाट पानी खानेः सामान्यतया पहिले पानी राख्ने र खाने भाँडा तामाको हुन्थ्यो । जस्ताृे घैला र करुवा । रातभर तामाको भाडामा राखेर पानी खाइन्छ । यसमा व्याक्टेरियाबिरोधी, फन्जाई बिरोधी गुण हुन्छ जसले हाम्रो शरिरमा भएका घाउहरुलाई निको पार्छ । तामाले पाचन प्रणालीलाई सहज गर्ने र कोलेस्ट्रोल न्यून गर्छ ।
प्लेटमा राखिएको खानाको वरपर पानी राख्नेः बुढापाकाले पानी खानुअघि प्लेट वरपर पानी जपेर फालेको देखेका छौं । त्यसैगरी खाने थाल वरिपरि पानीको घेरा हाल्ने पनि देखिन्छ । यसको पछाडि पनि वैज्ञानिक कारण छ । प्राचीन कालमा प्लेटको सट्टा खान पातमा भूइँमा राखिन्थ्यो । खानाले झिंगा र अन्य घर्सने प्राणीलाई आर्कषण गर्छ । तर प्लेटलाई पानीले घेरा लगाउँदा वा पानी छर्केर खाँदा भिंmगा त्यतातिर अलमलिन्छ । धार्मिक मानिसले खाना खाँदा आफ्नो थाल वरपर पानी घुमाएर छर्कनु पनि यही कारण हो ।
- -स्वास्थ्य खबरपत्रिका
Post a Comment