
यस पटक शब्द चिन्तन संरक्षण मण्डल, शब्द चिन्तन संघ र शब्द चिन्तन युवा संघको संयुक्त आयोजनामा सो कार्यव्रmम भइरहेको बुझिएको छ । सधैं यस दिन विभिन्न अनुष्ठानको साथमा सत्सङ्ग हुँदै नै आइरहेको मा यस वर्ष शब्द चिन्तन संघको राष्ट्रिय अधिवेशन समेतको कार्यव्रmम जोडिएको आयोजकले बताएका छन् ।

कार्यव्रmमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै शब्द चिन्तनका प्रधान संरक्षक स्वामी दुर्गादासले वितेको एक वर्ष भित्रमा भएको महत्त्वपूर्ण कार्यको जानकारी गराउनु भएको थियो । स्वामीको लिखित सम्बोधनमा शब्द चिन्तन संरक्षण मण्डल सञ्चालनको महाविधान जारी गरिएको व्यहोरा उल्लेख छ ।

कार्यव्रmममा बोल्ने सहभागीहरूले सद्गुरु भक्तशँकुको बारेमा प्रकाश पार्ने जमर्को गरिरहेका छन् । शब्द चिन्तन दर्शन अबको विश्वलाई मार्गदर्शन गर्ने दर्शन भएको उनीहरूको दाबी छ । राष्ट्रिय सत्सङ्ग तथा अधिवेशन २६ गतेसम्म चल्ने र शब्द चिन्तन संघको नयाँ कार्यसमितिको निर्वाचन समेत हुने बताइएको छ ।
Post a Comment