
यसमा शिक्षकले पढाउने विषय बस्तुदेखि कक्षा आए/गएको समय समेत पर्नेछ । सरकारी विद्यालयमा नियमित नजाने र कक्षामा गएर समयसम्म नपढाउने शिक्षकको बानीसुधार्न यो अभियान सुरु गर्न लागिएको हो ।
प्राथमिक तह माथिका विद्यार्थीले शिक्षकको मूल्यांकन गरी तथ्याङ्क राखी अनुभव र सुझाव दिनेछन् ।
त्यसलाई प्रधानाध्यापकले प्रमाणित गर्ने शिक्षा कार्यालय र रिड नेपालले आयोजना गरेको कार्यक्रममा जिल्ला शिक्षा अधिकारी चैतन्यप्रसाद निरौलाले जानकारी दिए ।
विद्यार्थीले नै शिक्षकको मूल्यांकन गर्ने भएपछि विद्यालयको पढाईको गुणस्तर बढ्नुको साथै शिक्षकमा राम्रो पढाउने र समयमै विद्यालय जान बाध्य हुने अपेक्षा गरिएको छ ।
Post a Comment