
छाडा छोडिएका कुकुरका कारण दिन प्रतिदिन नगर क्षेत्रमा समस्या उत्पन्न भएपछि त्यस्ता कुकुर नियन्त्रणका लागि कुकुरको निःशुल्क बन्ध्याकरण शिविर शुरु गरिएको बिर्तामोड नगरपालिकाका कार्यकारी अधिकृत रवीन्द्रप्रसाद वस्तीले बताउनुभयो ।
जिल्ला पशुसेवा कार्यालय झापा र हार्ट नेपाल पोखराको सहकार्यमा शिविर शुरु भएको हो । शिविरको उद्घाटन नगरपालिकाका कार्यकारी अधिकृत वस्तीले गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला पशु सेवा कार्यालय झापाका प्रमुख माधव दाहाल , हार्ट नेपाल पोखराका डाइरेक्टर खगेश्वर भट्टराई, राजनीतिक दलका प्रतिनिधि लगायतले कुकुरको बन्ध्याकरण गरिनुले यसबाट हुनसक्ने सम्भावित रोगबाट बच्च सकिने धारणा राख्नुभएको थियो ।
कुकुरको बन्ध्याकरण संगसंगै कुकुरलाई जुकाको औषधि र रेविज विरुद्धको भ्याक्सिन पनि दिइने नगरपालिकाका प्रसाशन शाखा प्रमुख मेघराज वास्तोलाले बताउनुभयो । शिविर १० गतेसम्म सञ्चालन हुने छ ।
Post a Comment